×

NMB BANK
NIC ASIA

इन्धनको अचाक्ली मूल्यवृद्धिबारे पूर्वमुख्यसचिव लीलामणि पौडेलको ३ बुँदे टिप्पणी

असार ८, २०७९

NTC
Premier Steels

पूर्वमुख्य सचिव लीलामणि पौडेलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले विकासका काममा नकारात्मक असर परेको बताएका छन् । मूल्यवृद्धिले जनताको दैनिकी एकदमै कठिन हुँदै गएको र गरीबले जीवन धान्ने नसक्ने अवस्था आएको उनले बताएका हुन् । 

Muktinath Bank

सामाजिक सञ्जाल फेसबुकमा बुधवार स्टाटस लेख्दै पौडेलले यो मूल्यवृद्धिप्रति ३ बुँदे टिप्पणी पनि गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भारतले असहज परिस्थितिमा ४० प्रतिशतभन्दा बढी नाफा लिनु भारतीय आय कर्पोरेसनको ज्यादती भएको बताएका छन् । यस्तै आयल निगमका कर्मचारीले ११ किसिमका भत्ता सुविधा लिएको सत्य हो भने असहज परिस्थितिमा भत्ताहरू स्थगित गर्न सकिँदैन भनेर उनले प्रश्न पनि गरेका छन् । ‘के सरकारले कर घटाएर भए पनि मूल्यवृद्धिलाई वाञ्छित सीमभित्र राख्न सक्दैन ?,’ उनले प्रश्न गरेका छन् । साथै उनले सरकार, कर्मचारी र व्यवसायी जिम्मेवार बन्नुपर्ने पनि धारणा राखेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तो छ पौडेलको ३ बुँदे टिप्पणी

Vianet communication

१) भारतमा करीब भारू ५५ पर्ने इन्धन नेपाललाई भारू ८० भन्दाबढीमा बिलिङ गरिएको भन्ने समाचार छापिएको छ । असहज परिस्थितिमा ४०% भन्दा बढी नाफा एकल आपूर्तिकर्ता भारतीय आयल कर्पोरेशनको ज्यादती नै हो ! यसमा शहर निगम बोल्न पर्दैन ?

२) आयल निगमका कर्मचारीले भ्रमण भत्ताबाहेक ११ किसिमका भत्ता/सुविधा लिएको समाचार छ । यो सत्य हो भने यस असहज परिस्थितिमा भत्ताहरू स्थगन गर्न सकिँदैन ? असंवेदनशीलताको हद भयो यो त ! डिलर र ढुवानीकर्ताले बढेको मूल्यको प्रतिशतमा कमिसन लिन नपाए हड्ताल गर्ने धम्की दिएपछि सरकारले बढेको रकममा प्रतिशतले कमिसन/नाफा दिएपछि हड्ताल रोकिएको रे । त्यसपछि पनि करीव २२℅ मूल्य बढिसक्यो । जति मूल्य बढ्छ पाइरहेको नाफा नघट्ने गरी कमिसनको प्रतिशत घट्दै जानु पर्ने होइन र ? यो व्यवसायीको दादागिरी र सरकारको लाचारी भएन र ?

३) नेपालमा दक्षिण एशियामै सबैभन्दा महँगो पेट्रोलियम पदार्थको मूल्य छ भन्ने तुलनात्मक तालिका हालै मिडियामा आएको छ । के सरकारले कर घटाएर भए पनि मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्न सक्दैन ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x