×

NMB BANK
NIC ASIA

प्रहरी महानिरीक्षक सिंहले गरे विधिविज्ञान प्रयोगशाला निरीक्षण

असार १०, २०७९

NTC
Premier Steels

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगञ्जको शुक्रवार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गरेका छन् ।

Muktinath Bank

केनाइन कार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरूको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्त्वपूर्ण रहेको बताए । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्धार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले भने, ‘निरीक्षणको उद्देश्य केनाइन कार्यालयको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु हो ।’


Advertisment
Nabil box
Kumari

केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरूबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।

Vianet communication

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरू अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिए ।

निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्त्वपूर्ण हुने बताए । प्रयोगशालालाई आधुनिकीकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेशकुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरू एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x