×

NMB BANK
NIC ASIA

राजनीतिक खिचातानी

एकीकृत समाजवादीभित्र अविश्वास र अफवाहको भयानक खेल, बोलचालै नहुनेगरी बिग्रियो आले र श्रेष्ठको सम्बन्ध

मन्त्रीबाट फिर्ता बोलाएपछि ‘भिलेन’को भूमिका आले !

असार १२, २०७९

NTC
Premier Steels

एकीकृत समाजवादीले जेठ २२ गते गरेको मन्त्री फेर्ने निर्णय २२ दिनपछि आइतबार कार्यान्वयन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादीका तर्फबाट मन्त्रीहरुको नियुक्ति गरेकी छन् ।  यद्यपी, नयाँ नवनियुक्त मन्त्रीहरुले भने शपथ लिन बाँकी नै छ । 

Muktinath Bank

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उक्त पार्टीमा ठूलै रस्साकस्सी र भाँडभैलो निम्तिएको थियो । सरकारबाट नहट्नका लागि मन्त्रीहरुले भरमग्दुर प्रयास गरेका थिए । नयाँ सिफारिस भएका मन्त्रीहरुले पनि आफूहरुलाई शपथ ग्रहण गराउन चर्को दवाव सिर्जना गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ २२ को सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गरेपछि आक्रोशित भएका मन्त्रीहरुले सोही दिन पार्टी अध्यक्ष माधव नेपाललाई भेटेर निर्णयको विरोध गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीको सिफारिस कार्यान्वयन गराउन भनेका थिए । ​


Advertisment
Nabil box
Kumari

त्यतिमात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उनीहरुले सहयोग मागेका थिए । २२ गते आइतबार बिहान माधव नेपालसँग मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएका प्रधानमन्त्री शेरबहादुर देउवाको मुड दिउँसोसम्ममा फेरिएको थियो । 

Vianet communication

मन्त्रीहरुले संसदमा भइरहेको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन पाउने माग गरेको थिए । कतिपय मन्त्रीले भने पार्टीको सिफारिस कार्यान्वयन गराए सरकार ढाल्नेसम्मको धम्की प्रधानमन्त्री देउवालाई दिएको उक्त पार्टीका नेताहरु बताउँछन् ।

यसबीचमा मन्त्री सिफारिस भएका र मन्त्री रहेका सांसदहरु बीच चरम अविश्वासको खेल भएको पाइएको छ । एकीकृत समाजवादी पार्टीमा गत चैत महिनामै मन्त्री हेरफेर गर्नुपर्ने कुरा उठेको थियो । सुरूमा मन्त्री बनाउँदा ६ महिनाको लागि मात्रै बनाइएको भन्दै मन्त्रीका आकांक्षी सांसदहरुले कुरा उठाउन थालेका थिए । 

आइतबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर बिदा भएकी मन्त्री रामकुमारी झाँक्रीले भनिन्, ‘केही साथीहरुले तपाईं मन्त्री नियुक्त भएको कुन महिना, कुन दिन हो ? भन्दै प्रश्न गर्न थालेका थिए । उहाँहरुले काउण्ट डाउन सुरु गरेपछि हामीले पार्टी अध्यक्षलाई भेटेर मन्त्रीबाट फिर्ता बोलाउँदा पहिल्यै हामीलाई जानकारी दिइयोस् । मिडियाबाट थाहा पाउन नपरोस् भनेका थियौं । तर, अन्ततः त्यही भयो । हामीले त्यसैको विरोध गरेका हौं ।’

बिदाइ कार्यक्रममा यसो भनिरहँदा मन्त्री झाँक्रीको आँखाबाट अश्रुधारा बगेका थिए । उनी भक्कानिएर बोल्नै सकेकी थिइनन् । पार्टीले मन्त्रीबाट हटाएको निर्णयको सबैभन्दा धेरै विरोध गर्नेमध्ये झाँक्री पनि थिइन् ।
उनीहरूको विरोध पार्टी अध्यक्ष माधव नेपालसँग चर्काचर्कीदेखि संसदीय दलको बैठक बोलाउन हस्ताक्षर गर्ने र पार्टीमा निवेदन बुझाउने अभियानसम्म पुगेको थियो ।

एकीकृत समाजवादी भित्र विशेषगरी ‘सम्मानित नेता’ झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसाल हावी भएको एक नेताले जानकारी दिए । उनीहरुकै विशेष रुचीमा मन्त्री फिर्ता बोलाइएको एक सांसदको दावी छ । त्यसबाहेक नेता, सोमप्रसाद पाण्डे पनि उक्त खेलमा निर्णय खेलाडी बनेको उनले बताए । 

‘उहाँ भन्नचाहिँ अध्यक्षले मेरो कुरा केही सुन्नुहुन्न भन्नुहुन्छ । पर्दा पछाडिको सबैभन्दा ठूलो भिलेन उहाँ नै हो’, एकीकृत समाजवादीका एक नेताले भने । 
मन्त्रीबाट फिर्ता बोलाएपछि भने सबैभन्दा ‘भिलेन’को भूमिका भने पर्यटन मन्त्री प्रेमबहादुर आलेले निर्वाह गरे । शुरुमा उनले नै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई दबाब र प्रभावमा पारे । पार्टी अध्यक्षलाई निर्णय कार्यान्वयन गराउन चुनौती दिए । उक्त निर्णयको सबैभन्दा चर्को विरोध उनैले गरेका थिए । 

यतिसम्मकी गत बुधबार पार्टी अध्यक्ष माधव नेपालको घरमा भएको छलफलमा ठूलै चर्काचर्की भएपछि माधव नेपालीकी श्रीमती गायत्री नेपाल आएर हस्तक्षेप गर्नुपरेको थियो । 
उक्त छलफलमा सहभागी एक मन्त्रीले भने, ‘अध्यक्षको निवासमा भएको छलफलमा सबैभन्दा चर्को स्वरमा विरोध गर्ने प्रेम आले नै थिए । रामकुमारी झाँक्री पनि चर्को स्वरमा बोलेकी थिइन् । ठूलै चर्काचर्की भएपछि गायत्री कमरेड आएर कमरेडहरु घरै थर्कियो त भनेकी थिइन् ।’

उक्त छलफलमा पार्टीको निर्णय कार्यान्वयनमा सघाउन नेपालले मन्त्रीहरुलाई अनुरोध गरेका थिए । उक्त छलफल पछि अवस्था झन बिग्रियो । मन्त्रीहरु पार्टी अध्यक्षप्रति झनै आक्रोशित बने । मन्त्री आलेले हस्ताक्षर अभियान शुरू गरे । उनले १० जना सांसदहरुलाई हस्ताक्षर गराउन सफल भए ।

तर, एकअर्काविरूद्ध अविश्वास सिर्जना गराउने खेल पनि आलेले नै शुरु गरेका थिए । हस्ताक्षर संकलन भइसकेपछि आलेले सबैभन्दा पहिले आफ्नै क्याविनेटका मन्त्री कृष्ण कुमार श्रेष्ठविरुद्ध गलत प्रचार गराए । 
यी सबै विषयमा जानकार रहेका एक नेताले भने, ‘हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाइसकेपछि प्रेम आलेले नै माधव नेपाल निकट सांसदहरुलाई श्रेष्ठले संसदीय दलको नेता बन्न उक्त हस्ताक्षर प्रयोग थालेको हल्ला फैलाइदिनुभयो । त्यसले पार्टी भित्र अविश्वास थप गहिरो बनायो ।’

त्यति मात्रै होइन, आलेले प्रधानमन्त्री देउवालाई पनि श्रेष्ठले हस्ताक्षर संकलन गरेर सरकार ढाल्न लागेको खबर पुर्‍याए । आलेका यी हर्कत श्रेष्ठ जानकार रहेको र प्रतिवाद नै गर्नुपर्ने अवस्था आएको एकीकृत समाजवादीका एक नेताले बताए । अहिले आले र श्रेष्ठबीच पार्टीमा सम्बन्ध सुमधुर छैन । 

अर्कोतर्फ, मन्त्री सिफारिस भएका सांसद र सरकारमा रहेका मन्त्रीहरुले सकेसम्म अध्यक्ष नेपाल र नेता झलनाथ खनालको बीचमा अविश्वास सिर्जना गर्ने प्रयास गरेका थिए । समाजवादीका पदाधिकारी तहका एक नेताले भने, ‘मन्त्री हुन लागेका र मन्त्री भइरहन नपाएका सांसदहरु नै पार्टी भित्र अविश्वास सिर्जना गर्ने प्रयासमा लागे । झलनाथकोमा गएर अध्यक्षविरुद्धका कुरा गर्ने र अध्यक्षकोमा उनीहरू नै आएर झलनाथलाई गाली गर्ने अवस्था बन्यो ।’ 

त्यति मात्रै होइन, अर्का मन्त्री श्रेष्ठले त सरकारबाट हट्नुपर्दा पार्टी समेत छाड्ने धम्की अध्यक्ष नेपालसामु दिएका थिए ।
मन्त्री फेर्ने निर्णयको वैधतामा प्रश्न उठाउँदै दिएको निवेदनमा निवर्तमान पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा, निरादेवी जैरुले हस्ताक्षर गरेका थिए ।

शनिबार केन्द्रीय कमिटीको बैठक शुरु हुनुअघि प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले भने हस्ताक्षर फिर्ता गरेका थिए ।  हस्ताक्षर गर्दा पनि र फिर्ता गर्दा पनि आले नै सबैभन्दा अगाडि देखिए । 

निवेदन दिने खतिवडा, झाँक्री, श्रेष्ठ र एक सासंदले भने हस्ताक्षर फिर्ता गरेनन् । हस्ताक्षर फिर्ता गराउन भने माधव नेपालमा सम्धीसमेत रहेका नेता सोमप्रसाद पाण्डे सक्रिय भएका थिए । उनले हस्ताक्षर फिर्ता गर्ने सांसदहरु धनबहादुर बुढा, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी लगायतलाई निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासन दिएको उनीहरु निकट एक नेताले जानकारी दिए । 
‘हिजो के आश्वासनमा हस्ताक्षर गर्नुभएको थियो थाहा भएन । अहिले चाहिँ निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनमा हस्ताक्षर फिर्ता गर्नुभएको रहेछ । फिर्ता नगर्नेले चाहिँ किन फिर्ता गर्नुभएन थाहा पाउन सकिएन’, एक नेताले भने । 

नेताहरुबीच अविश्वास सिर्जना गर्न माहिर खेलाडी आलेले अन्ततः सबैभन्दा शुरुमा पार्टी अध्यक्षलाई भेटेर आफूले राजीनामा गर्ने जानकारी गराएका थिए । 
पार्टी केन्द्रीय कमिटीले मन्त्री फेर्ने सचिवालय र स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेपछि आइबार विहानै अध्यक्ष नेपाललाई भेटेर आलेले आफूले राजीनामा गर्ने जानकारी गराएका थिए । 
नेपालसँग गरेको प्रतिवद्धता अनुरुप उनले साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रीको जिम्मेवारीबाट हटेको घोषणा गरेका छन् । त्यस्तै अर्का मन्त्री रामकुमारी झाँक्री पनि सहरी विकास मन्त्रालयबाट विदा भएकी छिन् । पत्रकार सम्मेलन गर्नुअघि उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएकी थिइन् । पार्टीले नयाँ मन्त्री सिफारिस गरेको पत्र पठाएपछि राजीनामा दिइरहनु नपर्ने बताएपछि उनले मन्त्रालयमा आएर पत्रकार सम्मेलन गरेकी थिइन् ।

पार्टीभित्रको यो सबै खेलमा साक्षी किनारा बनेका एकीकृत समाजवादीका सांसद र अरु नेताहरुले भने पार्टीमा विधि, पद्धति र प्रक्रियाको प्रश्न उठाएका छन् । त्यसबाहेक, सरकार र राजनीतिक नियुक्तिमा अवसर दिँदा भूगोल, समावेशिता र राजनीतिक योगदानको अवमूल्यन भएको उनीहरुको तर्क छ । 

‘नेताका वरिपरिका मान्छेलाई अवसर सिर्जना गराउन मात्रै हामीले विद्रोह गरेका होइनौँ । विधि, पद्धति र प्रक्रिया मिचिएकै कारण नयाँ पार्टी बनाउन बाध्य भएका हौं । त्यही अवस्था दोहो¥याउने हो भने केपी ओली र माधव नेपालमा के फरक भयो र ?’, एक केन्द्रीय सदस्यले असन्तुष्टि सुनाए । 

उनीहरुको अर्को असन्तुष्टि सरकारमा एउटै पार्टीले दुई जना गैर सांसदलाई मन्त्री बनाएको भन्नेमा छ । केही समयअघि कानून व्यवसायी गोविन्द बन्दीलाई कानून मन्त्री बनाइएको थियो । उनी एकीकृत समाजवादी निकट छन् । त्यसैगरी, अहिले यसअघि राष्ट्रिय सभाका सदस्य रहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाइएको छ ।
भूगोल, समावेशिता सबै कुरा त्यागेर पैसा र पहुँचको भरमा मन्त्री बनाइएको पनि ती नेताहरूको आरोप छ । 

एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेरबदलले ल्याएको यो हलचल मन्त्रिपरिषद पुनर्गठनसँगै साम्य हुने देखिँदैन । मन्त्रीबाट हटेका सांसदहरुले आगामी दिनमा निर्वाह गर्ने भूमिकाले पार्टी कस्तो अवस्थामा रहन्छ भन्ने निर्क्यौल हुने देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x