भदौ २, २०७९
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । बिहीवारै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित प...
काठमाडाैं | असार १८, २०७९
आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला आयोजना गरेका छन् ।
‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेला शनिबार शुरु भएको हो । भेलाको प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई आमन्त्रण गरिएको छ ।
स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धिकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । भेलाले आगामी चुनावमा कसरी सहभागी हुने भन्ने बारेमा निश्कर्ष निकाल्ने बताइएको छ ।
साहुले पेश गरेको अवधरणा पत्रमा हतार गरेर अहिल्यै पार्टी नबनाउने भनिएको छ । तर, समानुपातिक मतको लागि भने विकल्प खोज्नुपर्ने भनिएको छ । वैकल्पिक शक्तिका रूपमा आउन चाहेका दलहरू मिलेर एउटै वैकल्पिक शक्ति बनेको खण्डमा उनीहरूलाई समानुपातिक मतमा सघाउन सकिने साहुले पेश गरेको अवधारणा पत्रमा उल्लेख छ ।
उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् ।
यी हुन् प्रस्तावित मापदण्ड
१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।
२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।
३. सांसद वा मन्त्रीले देश(विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।
४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।
५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।
६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।
७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।
८. उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै: निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।
९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।
१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन ।
११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ ।
१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।
१३. सांसद वा मन्त्री बनेर घुस खान्न, कुनै अनियमितता गर्दिन, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिवद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरूमा पनि दलीय भागबण्डको संसदमा खुलेर विरोध गर्ने प्रतिवद्धता जनाउनुपर्नेछ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । बिहीवारै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित प...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रतिनिधि सभाको बुहमतले हुबहुँ पारित गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित भएको छ । बिहीवार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थि...
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतदान शुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो । यसअघि प्रतिनिधि...
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...