पाँचथरको फालेलुङ गाउँपालिका ७ सिदिनमा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ । एकै परिवारका अन्य दुई जना वेपत्ता भएकाले खोजी कार्य भइरहेको छ ।
जिल्ल प्रहरी कार्यालय पाँचथरका अनुसार सिदिनमा पहिरोका कारण तीन जना वेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य खघि बढाइएको थियो । खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको र अन्य दुई जना अझैसम्म वेपत्ता नै रहेको प्रहरीले जनाएको छ ।
शव फेला परेको व्यक्तिको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य जारी छ ।