×

NMB BANK
NIC ASIA

काभ्रे घटना : श्रीमतीसँगको ‘डिभोर्स’ पछि सँगै बस्थे राजाराम, कान्छीको नाममा थियो सबै सम्पत्ति

कात्तिक २०, २०७४

NTC
Premier Steels

काभ्रे, ९ साउन– शुक्रबार बनेपा बसपार्कमा रहेको गौतम भोजनालयमा एकै परिवारका चार जना मृत भेटिए ।
रहस्यमय रहेको अनुमान गरिएको मृत्यु प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान जारी राखिरहँदा घटनाका विषयमा नयाँ तथ्यहरु सार्वजनिक भइरहको छ ।

शुक्रबार होटल सञ्चालन गर्दै अाएका  राजाराम दाहाल, बाबु हरिभक्त दाहाल, अामा हरिमाया दाहाल,  बहिनी रञ्जनाको मृत्यु भएको थियो । 

बनेपा बसपार्कमा होटल व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती रहेको र अंशबारे विवाद रहेको तथ्य सार्वजनिक भइसकको छ । कान्छी श्रीमती ल्याएसँगै राजारामकी जेठी श्रीमती छुट्टै वस्दै आएकी थिइन् ।

अंश विवादका बारे बुझ्न राजारामकी कान्छी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । घटनाबारे थप रहस्य खुल्दै गएको छ ।

बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले उनकी कान्छी श्रीमती पूजा दाहालसँग घटना हुनुभन्दा आठ महिना अघि नै सम्बन्ध विच्छेद गरेको तथ्य खुलेको छ । सम्वन्ध बिच्छेद भएपनि उनीहरु संगै वस्दै आएका थिए ।

जेठी श्रीमतीलाई अंश नदिने प्रपञ्चका साथ आफ्नो नाममा रहेको जग्गा बसपत्रगरि सम्बन्ध विच्छेद गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

मृतक हरिभक्त दाहालका छोरा राजाराम दाहालले कान्छी श्रीमतिलाई ८ महिना अघि नै अंश दिएर २०७३ साल मंसिर १२ गते सम्बन्ध विच्छेद गरेको पाइएको हो । जेठी श्रीमतीलाई अशं नदिने उद्देश्यका साथ आफ्नो नाममा रहेको जग्गालाई बकस पत्र गरी सम्बन्ध विच्छेद गरिएको हुन सक्ने बताइन्छ ।

पूजाले श्रीमान राजाराम, ससुरा हरिभक्त र सासू हरिमाया दाहालको नाममा रहेको सम्पती २०७३ मंसिर ७ गते आफ्नो नाममा बकस पत्र गराई २०७३ साल मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

त्यसको चार दिन पछि मंसिर १२ गते जिल्ला अदालत काभ्रेबाट सम्बन्ध विच्छेद गरेको प्रमाण लिएको देखिन्छ ।
सम्बन्ध विच्छेदअघि आफ्नी मितिनीे निर्मला थापाको श्रीमान पशुपति श्रेष्ठको नाउँमा यस अघिनै गोप्य रुपमा राखिएको साविक दक्षुटोल १ मा रहेको कित्ता नं. ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पूजाले सम्बन्ध विच्छेद गरेको २३ दिन पछि पुस ५ गते बकस पत्र गरी लिएकी थिइन् ।

२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा गाविस वडा नं. ८मा रहेको ०–८–३–२ क्षेत्रफलको बारी आफ्नो नाउँमा अशं बुझिलिए । जसको कित्ता नम्बर ९६३ रहेको छ । कित्ता नम्बर ७३० बाटै छोरा राजारामले ०–८–३–१ जग्गा अशं बुझिलिए ।

तर मंसिर ७ गते पूजाले सासू हरिमाया दाहालबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरबाट ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकस पत्र गरि लिइन् ।

७ गते सासूबाट जग्गा बकस पत्र गरी लिएपछि मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई मंसिर १२ गते आफ्नो छोरा बाबु राजाराम दाहालसँगै रहने संझौता गराई आफुले सम्बन्ध विच्छेद गरेको अदालतका एक कर्मचारीले बताए ।

सम्वन्ध बिच्छेद गर्ने तर संगै वस्ने भएका कारण यो विषयलाई आम सर्वसाधारण र छिमेकीले शंकाको रुपमा हेरेका छन् ।

बनेपाको पक्की घर र जग्गा पूजाले आफ्नो नाउँमा ल्याइन् । यसो गर्दा उक्त घर जग्गा सौता कमलालाई दिनु नपर्ने उनको बुझाइ रहेको पारिवारीक श्रोतको भनाइ छ । 

सबै सम्पती आफ्नो नाउँमा ल्याएपनि कानूनी मान्यता नदेखिने र कुनै न कुनै दिन उक्त सम्पती जेठी श्रीमतीको छोराले पाउने देखेपछि उनले सम्बन्ध विच्छेदका लागि राजारामलाई दवाव दिएको आशंका गरिएको छ ।

श्रीमतिको विस्वासमा परेका राजारामले श्रीमतिको योजना अनुसार सवै जग्गा जमिन उनकै नाममा गरिदिए । तर उनीमाथिको दवाव भने कायम रहेको थियो ।

सम्पति जवरजस्ति लिएपछि कान्छी श्रीमतीले पूजाले राजारमलाई मानसिक दवाव दिने गरेकी दाबी राजरामका अाफन्तले गरेका छन् ।

पूजाले श्रीमानलाई आफ्नो घरमा पनि बस्न नदिने र माइतीले दिएको होटल पनि बेचिदिने भनेरे राजारामलाई दवाव दिने गरेको र त्यसैका कारण उनको परिवारले यस्तो निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरुले बताएका छन् ।

पूजा आफ्नो इच्छा अनुसार मात्र होटलमा वस्थिन् ।

घटना घटेको दिन दिउँसो राजाराम कि बहिनी रञ्जनाको बिहेको कुरा चलेको र बिवाहको लागि लाग्ने खर्च समेत पूजाले म दिन सक्दिन जे गर्नु छ आफैं गर्नु भनेर माइत हिडेकी आफन्तहरुको दाबी छ ।

आफूले सवै सम्पत्ति पूजानको नाममा गरिदिएपछि राजरामले विवाहको खर्चको व्यवस्था गर्न पूजासँग आग्रह गरेका थिए । तर उनले त्यसलाई अस्विकार गर्दै आइतबारसम्ममा होटल खाली गर्न चेतावनी दिएको राजारामका एक साथीले बताए ।

उनले दिएको दवावमा राजारामको परिवार परेको र घटना स्थलमा विषको भाडो भेटिएकाले यो हत्या वा आत्महत्या भन्ने एकिन हुन सकेको छैन ।

अनुसन्धान व्यूरोले शव काठमाडौं लगेको भएपनि पारिवारिक कुरा नमिल्दा पोष्टमार्टमसमेत हुन सकेको छैन । गाउँका वडा अध्यक्षसहित बसेर जेठी श्रीमतीका छोरा छोरीका लागि पनि राजारामको सम्पत्ति बाडँफाड गर्न खोजिएको भएपनि पूजाले त्यसलाई अस्विकार गरेकी छिन् । जसका कारण पोष्टमार्टम हुन सकेको छैन । सम्पतिको कुरा मिलाएर पोष्टमाटम गर्ने तयारी भएको पारिवारीक स्रोतले बतायो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x