×

NIC ASIA

कांग्रेस केन्द्रीय समिति बैठक- स्थानीय निर्वाचनको समीक्षा गर्दै गठबन्धनलाई कसरी अगाडि बढाउने निर्णय गर्ने

असार २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समिति बैठकले गठबन्धन र पार्टीलाई कसरी अगाडि बढाउने भनेर निष्कर्ष निकाल्ने बताएका छन् । 

Muktinath Bank

सोमवारबाट केन्द्रीय कार्यालय सानेपामा शुरू भएको बैठकबारे जानकारी दिँदै उनले स्थानीय निर्वाचनको समीक्षाका आधारमा कमीकमजोरीहरूलाई केलाउने र गठबन्धन एवं पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बैठकको मूल उद्देश्य भनेको शुभेच्छुक, भ्रातृ संगठनलाई गति दिन सबै क्षेत्रलाई समेटेर संगठन निर्माण गर्ने भन्ने हो, त्यसका लागि प्रस्ताव गएको छ, त्यो अगाडि बढ्छ,’ उनले भने, ‘निर्वाचन समीक्षाको आधारमा के कमी कमजोरी भयो, गठबन्धनमा कहाँ कमजोरी भयो भन्ने विषयमा छलफल हुन्छ । त्यसपछि गठबन्धन र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्छौँ ।’


Advertisment
Nabil box
Kumari

साथै उनले पार्टी अब निर्वाचन केन्द्रित भएर अगाडि बढ्ने बताए । ‘पार्टी पूर्णरुपमा क्रियाशील हुन्छ, सोहीअनुसार निर्वाचन परिचालन अभियान अगाडि बढ्छ,’ उनले भने । 

Vianet communication

सोमवारको बैठकमा दुई वटा प्रतिवेदन पेश भएका छन् । निर्वाचन परिचालन समिति संयोजक उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिको संयोजकसमेत रहेका प्रवक्ता महतले आ-आफ्नो समितिको प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । अहिले पार्टीका सातै प्रदेशका प्रमुखहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । 

बैठकमा केन्द्रीय सदस्यहरूले पनि सल्लाह सुझाव राख्नेछन् । सोही आधारमा सशक्त ढंगले पार्टीलाई अगाडि बढाउने प्रवक्ता महतले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x