×

डोटीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

साउन १, २०७९

डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । 

मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेलसमेत किन्न सकेका छैनन् । यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए । उनले भने, ‘मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा प¥यौँ ।’ सोनुका अनुसार डोटीका पसलहरूमा खानेतेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।


Advertisment

दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य रु ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी एक किलोको रु ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताए । उनका अनुसार तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।


Advertisment

तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मुल्यवृद्धि भएपछि यहाँ पनि मूल्यवृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताए । उनले भने, ‘तरकारी, खानेतेल सबै तराईबाट आउँछ, उता भाउ बढेका कारण यहाँ महँगो भएको हो, हामीले आफूखुशी मूल्य बढाएका छैनौँ ।’ रासस
 

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x