×

NMB BANK
NIC ASIA

तिलोत्तमामा बजेट विवाद चर्कियो, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमा तालाबन्दी

साउन १, २०७९

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आइतवार तालाबन्दी गरेका छन् । 

Muktinath Bank

नगर सभामा विवाद बढ्दै जाँदा अधिकृत ज्ञवालीले एकपक्षीय ढंगबाट काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वका प्रतिनिधिले ताला लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवारको नगर सभामा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरेपछि एमालेका जनप्रतिनिधिले नाराबाजी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाको १२औं नगर सभाको तेस्रो र चौथो बैठकको उपस्थित र गणपुरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधि बताएका छन् । उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगर सभाका एकैदिनका बैठकमा अलग–अलग उपस्थिति गराउने गरेको आरोप लगाइन् । 

Vianet communication

‘हामीले गरेको उपस्थिति पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकाले नैतिक हिसाबले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य छैनन्,’ चौधरीले भनिन्, ‘आइतवार बोलाइएको नगर सभाको चौथो बैठकमा सबै जनप्रतिनिधि उपस्थित भए पनि एमालेका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थित भएर पनि हाजिर गरेनन् । एमालेका उपस्थित बाँकीलाई हस्ताक्षर गर्न दिइएन । यो काम प्रमुख प्रशासकीय अधिकृतको योजनामा भएको हो ।’

नगर प्रमुख रामकृष्ण खाँणले घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति गरेको माइन्यूट अनाधिकृत व्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताइन् । एमाले र कांग्रेसबीच विवाद हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन । 

एमालेका जनप्रतिनिधि समयमा बैठकमा नआएको नगर प्रमुख खाँणको दाबी छ । ‘१ बजे भनेको बैठक २ बजेपछि आएर सभा अध्यक्षले सही गरेपछि सही गर्न पाइन्छ ? यो खेतमा मजदुरी गर्न आएजस्तो होइन । बाटोमा आउँदै थिए, बस पाइएन भनेजस्तो होइन । नगर सभामा मर्यादित भएर आउनुपर्‍यो नि ?’ प्रमुख खाँणले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x