×

NIC ASIA

सरकारले ‘छापामार’ शैलीमा निर्वाचन घोषणा गर्‍यो : सुवास नेम्वाङ

साउन १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टीका बही खाता बोकेर पार्टी निर्वाचनमा जाने बताएका छन् । 

Muktinath Bank

सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफल समेत नगरी ‘छापामार’ शैलीमा निर्वाचन घोषणा गरेको बताउँदै मंसिर ४ गते हुने निर्वाचनबाट जनताले दूधको दूध पानीको पार्टी छुट्टाउने दावी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस चौतारी नेपाल, रुपन्देहीले बिहीवाार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नै नेता नेम्वाङ भने, ‘२८ वर्ष सरकार चलाएको कांग्रेस पनि बहीखाता लिएर जनतामा जाओस्, हामी (एमाले) ८ वर्ष सरकार चलाएको पार्टी पनि बही खाता बोकेर जनतामा जान्छौं । त्यसको वास्तविक फैसला जनताले गर्नेछन् ।’


Advertisment
Nabil box
Kumari

अहिलेको गठबन्धनलाई दुषितको संज्ञा दिँदै नेता नेम्वाङले थपे, ‘यो गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत छ । यो गठबन्धनसँग एमाले एक्लै चुनाव लडन तयार छ । तर, आवश्यक परे अन्य पार्टीसँग छलफल गरेर गर्न तयार छौं ।’ 

Vianet communication

नेम्वाङले प्रतिनिधिसभा विघटनको विषयमा पनि आफूहरूले जनतालाई स्पष्टसँग बुझाउने नेता नेम्वाङको भनाइ छ । जनता र एमालेको दबाबकै कारण सरकारले चुनाव घोषणा गर्न बाध्य भएको बताउँदै उनले जनताको आर्शिवाद आफूहरूलाई हुने बताए । 

अहिलको नेपालको निर्वाचन प्रणालीबाट कुनै पनि पार्टीको बहुमत नआउने उनको भनाइ छ । 

संघीयता खारेजीको विषयमा बाहिर निराधार हल्लाहरू आएको भन्दै उनले एमाले संघीयतालाई बलियो बनाउने गरी निर्वाचनमा जाने स्पष्ट पारे ।

उनले सरकारले राष्ट्र बैकमा गर्भनर महाप्रसाद अधिकारीले अमेरिकाबाट अवैध रुपमा आउन लागेको ४० करोड रुपैयाँ रोकेपछि उनीविरुद्ध प्रहार भएको बताए । 

‘महाप्रसाद अधिकारीले ४० करोड अवैध रकम ल्याउन खोज्दा उहाँमाथि कारवाही भयो । अहिले एम अधिकारी महाप्रसाद होइनन भनेर एमालेले आधिकारिक रुपमा भन्दा पनि हुने भन्ने सरकार पक्षबाट हो भन्ने भनिरहेको छ । हो भने, सरकारले कारबाही गरेर देखाओस् ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x