×

NMB BANK
NIC ASIA

कृषिमा यान्त्रिकीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै, किसानलाई सहज

भदौ ४, २०७९

NTC
Premier Steels

ट्रयाक्टर, थ्रेसर मशिन सहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ ।  

Muktinath Bank

विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आएका उनले पछिल्ला वर्षमा ट्रयाक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको र आम्दानी पनि भइरहेको अनुभव उनले सुनाए ।


Advertisment
Nabil box
Kumari

‘गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो,’ उनले भने, ‘कृषियन्त्रले खेती गर्न निकै सहज भएको मात्र नभई छरछिमेकमा बेला बखत काम पाउँदा आम्दानी पनि भइरहेको छ ।’

Vianet communication

धनगढी उपमहानगरपालिका–१३ निवासी कृषक राना गाउँका अन्य किसानसँग खेती गर्दा प्रयोगमा आएका आधुनिक कृषियन्त्रको फाइदाका बारेमा छलफल गर्दै थिए ।

ललितसिंह राना गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै थिए । उनले भने, ‘उतिबेला राँगा वा गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौं, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।’

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उनीहरूको भनाइ छ । उनले भने, ‘हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।’

उनले घरमा रहेको राँगा र गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलर सहितको कृषियन्त्र जोडेका छन् ।

कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै तराई क्षेत्रका किसानले खेती गर्दा गोरु र राँगा पाल्नुपर्ने बाध्यता बिस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु र राँगा पाल्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका कतिपय साना किसानले भने अहिले पनि गोरु र राँगा पाल्ने गरेका छन् ।

कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पुर्‍याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रपसाद शर्मा कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताउँछन् ।

पहाडका जिल्लाको तुलनामा तराईका जिल्लामा कृषियन्त्रको प्रयोग दर बढेको जनाइएको छ ।

उनले भने, ‘जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै १ हजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।’

कृषि कार्यक्रमअन्तर्गत सञ्चालित ‘कस्टम हाइरिङ सेन्टर’मार्फत कृषकलाई सहुलियत भाडादरमा कृषियन्त्र उपलब्ध गराएर कृषि सम्बन्धी काम हुने गरेको पनि छ । सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ ।

कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्रयाक्टर, रोटाभेटर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायर लगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ ।  

‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ । नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेशा अन्तर्गत कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ । – सिद्धराज भट्ट/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x