×

एकै नगरपालिकाका ३ नेता बने माओवादी केन्द्रीय सचिव

भदौ ५, २०७९

बागलुङ नगरपालिकाका ३ नेता नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकसाथ पुगेका छन् ।

शिक्षामन्त्री समेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य केन्द्रीय सचिवमा चुनिएका छन् ।


Advertisment

शनिवार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य थिए । शर्मा विक्रम संवत् २०६८ सालमा शिक्षामन्त्री बनेका थिए ।


Advertisment

शाक्य अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन् । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जिल्लाले केन्द्रीय नेतृत्व पाउनु सुखद् रहेको बताए ।

‘अग्रज, पार्टीमा योगदान दिनुभएका र योग्य व्यक्तित्व नेतृत्वमा पुग्नुभएको छ,’ उनले भने, ‘यससँगै जिल्लामा पार्टी निर्माण र संगठन सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने हाम्रो विश्वास छ ।’

उनले जिल्लाले नेताहरू जन्माए पनि जनस्तरमा पार्टी निर्माणको गति अपेक्षितरूपमा अगाडि बढ्न नसकेको उल्लेख गरे । स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङलाई चयन गरेको छ । 

बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ । 

दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिवमा चयन भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x