×

घनश्यामलाई ओलीको जवाफः तरबार लिएकासँग मित लगाउन सकिँदैन

भदौ ११, २०७९

फाइल तस्वीर

नेकपा एमालेका नेता घनश्याम भुसालले राखेको चुनावमा वामपन्थी तालमेलको प्रस्तावमा अध्यक्ष ओलीले ‘तरबार लिएकासँग मित लगाउन नसकिने’ जवाफ दिएका छन् ।

एमालेको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले भुसाललाई जवाफ दिएको बैठकमा सहभागी एक नेताले बताए । 


Advertisment

नेता भुसालले एमालेको पोलिटब्युरो बैठकमा आगामी चुनावमा एमालेले वामपन्थीसँग तालमेल गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । आगामी चुनाव एमालेले हार्ने अवस्था रहेको र वामपन्थी तालमेल गर्दा प्रशस्त सिट जित्ने अवस्था रहेको भुसालले बताएका थिए ।


Advertisment

अध्यक्ष ओलीले भुसालको प्रस्ताव इन्कार गरेका छन् । भुसालको प्रस्ताव केन्द्रीय कमिटीको एजेण्डामा समेत समावेश नगरेका ओलीले एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन नसक्ने भन्दै उनीहरूसँग चुनावी तालमेल नहुने बताएका हुन् । 

भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव पोलिटब्युरो बैठकमा राखेका थिए । 

ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरूसँग एकता र सहकार्य हुन सक्दैन । तरबार लिएकासँग मित लगाउन सकिँदैन ।’

बैठकमा ओलीले नेताहरूलाई पार्टीको नीतिविपरीत नहिँड्न र विरोधीहरूको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत सचेत गराएका छन् ।

एमालेमा भुसाललगायतका केही नेताहरूको ओलीको भूमिकाप्रति प्रश्न उठाउने गरेका छन् । 
 

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x