×

NMB BANK
NIC ASIA

नायिका एवं निर्देशक झरनाको आग्रह– आफूलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपना त्यागौँ

भदौ ११, २०७९

NTC
Premier Steels

नयाँवर्षको अवसरमा गत वैशाखमा साउथको ठूलो बजेटको चलचित्र ‘केजीएफ २’सँग नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको थियो । उक्त समय साउथ चलचित्रसँग भिड्ने आँट गर्दा निर्देशक झरना थापाले कसैबाट साथ, सहयोग र समर्थन नपाएको गुनासो गरेकी थिइन् ।

Muktinath Bank

उनले भनेकी थिइन्, ‘ए मेरो हजुर ४’ प्रदर्शनको पूर्वसन्ध्यामा उनले भनेकी थिइन्, ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ, भोलि तपाईंले पनि लड्नु पर्ने नै छ । बूढी मरी भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन मेरो विनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरू, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ? यो तथ्यलाई विचार गर्नुहोला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनेजस्तै यतिबेला विदेशी चलचित्रको मारमा शुक्रवारदेखि प्रदर्शनमा आएको दुई नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’ परेका छन् । प्रदर्शनको पहिलो दिन शुक्रवार प्रदर्शकहरूले बलिउड चलचित्र ‘लाइगर’लाई उच्च शो दिँदा नेपाली चलचित्रहरू न्यून शोमा खुम्चिनुपरेको थियो । 


Advertisment
Nabil box
Kumari

शो राम्रो नपाएको भन्दै चलचित्र ‘प्रकाश’ टिम आक्रोशित नै बन्यो । ‘प्रकाश’का अभिनेता प्रदीप खड्का, निर्माता महेन्द्र अधिकारी र लेखक विकास सुवेदीले पत्रकार सम्मेलनको आयोजना गरेरै असन्तुष्टि पोखे । तर, उनीहरूको पक्षमा एकाध चलचित्रकर्मीहरू मात्र बोल्न अघि सरेको देखियो ।

Vianet communication

अहिले ‘प्रकाश’ र ‘प्रकाश’ विदेशी चलचित्रको चपेटामा परेपछि निर्देशक एवं अभिनेत्री झरना थापाले आफूलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपन त्याग्न चलचित्रकर्मीहरूमा अनुरोध गरेकी छन् । उनले नेपाली चलचित्रमाथिको आक्रमणको प्रतिकारमा सबै एक हुनुपर्ने बताएकी छन् । झरनाले फेसबुकमा लेखेकी छन्–​

‘हिजो हामी (ए मेरो हजुर–४) लाई झम्टेको चितुवा (विदेशी फिल्म) ले आज ‘प्रकाश’ र ‘राधा’लाई पनि बाँकी राखेन । त्यतिबेला हामीले त्यो चितुवाको एक्लै प्रतिकार गर्नु परेको थियो । आखिर यस्तो एकल लडाइँ  कहिलेसम्म ? जसलाई पर्छ, ऊ मात्रै चिच्याउनु पर्दाको आघात हामीले रामैसँग भोगेका छौँ । त्यसमाथि हामी एकअर्कासँग नै लड्ने गरेका छौँ । ‘लालसिंह चड्डा’लाई एक्लै छोडिदियौँ । अर्को हप्ता भने तीन–तीन वटा नेपाली फिल्म आपसमा भिड्यौँ । एक–अर्काको अस्तित्व स्वीकार नगर्ने, अरुको पीडामा कहिल्यै नबोल्ने, आफूलाई पर्दा मात्रै हारगुहार गर्ने हाम्रो स्वार्थीपना आजकै दिनबाट निर्मूल गरेर नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा हामी सबै एक हुनुपर्छ । हिजो हामीलाई चिथोरेको चितुवाले आज गर्दन नै समातेको छ । यस्तै भइरहे, भोलि पूरै इन्ड्रस्टी नै निल्ने छ । चेतना भया, जय नेपाल÷जय नेपाली चलचित्र ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x