×

NMB BANK
NIC ASIA

भोजपुरबाटै उम्मेदवार बन्ने मुख्यमन्त्री राजेन्द्र राईको चाहना

भदौ १२, २०७९

NTC
Premier Steels

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो निर्वाचन क्षेत्र भोजपुर नछाड्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सुनसरीको शनिवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभातर्फ उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । सुनसरीको सिफारिसमा नाम परेपछि उनले भोजपुर छाड्नसक्ने अनुमान गरिएका थिए । 

Muktinath Bank

सुनसरीले निर्णय गरेको २४ घन्टा नबित्दै नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका मुख्यमन्त्री राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भोजपुर नछाड्ने स्पष्ट पारेका हुन् । गठबन्धनमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि भोजपुर माओवादीले नछाड्ने बताइरहेको छ । भोजपुरबाट हाल माओवादी केन्द्रका सुदन किराती सांसद छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री राईले भोजपुरे जनताले माया र विश्वास गरेसम्म सांसद, मन्त्री बन्ने र केही नभए भुइँमा बसेर पनि भोजपुरे जनताको सेवा गर्ने आफ्नो चाहना रहेको भन्दै सांसद, मन्त्री बन्न अन्त जाने कुनै सोच तथा चाहना नरहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिस्वास गरीराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो शून्य दशमलव १ प्रतिशत पनि चाहना र सोच छैन र भोजपुरे जनताले माया  विस्वास गरेसम्म म सांसद र मन्त्री, केही नभई भुँइमा बसेर नि भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद र मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच र चाहना छैन ।’ 

Vianet communication

उनको नाम भोजपुरबाट पनि सिफारिस गरिएको छ । दुवै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको मूल्यांकन र चाहनाको आधारमा भएको समेत उनले बताएका छन् । 

‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्नपर्छ नै । हाम्रो पार्टीको गठबन्धनबाटै चुनाव लड्ने निर्णय छ त्यसैले  उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु, गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन र नेताले चुनाव लड्नै पर्छ र सांसद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय ग¥यो भने म उम्मेदवार नबन्न तयार छु’ उनले लेखेका छन ।

सजिलो देख्दा उछिन पाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस नभएको भन्दै उनले पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार रहेको समेत बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x