पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
भदौ १३, २०७९
विगत १० दिनदेखि अस्ट्रेलियाको डार्विनमा १६ वटा मुलुकका वायुसेनाले एक्सर्साइज ब्ल्याक पिच नामक सैन्य अभ्यास गरिरहेका छन् ।
अभ्यासमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसिया, नेदरल्यान्ड्स, न्युजील्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, सिंगापुर, थाइल्यान्ड, यूएई, बेलायत र अमेरिका सहभागी छन् ।
सेप्टेम्बर ८ सम्म चल्ने उक्त अभ्यासमा १०० भन्दा बढी विमान र २५ सयभन्दा बढी सैनिकहरू सहभागी छन् । अभ्यासका कमान्डर एयर कोमोदोर टिम आल्सोपले यस अभ्यासमार्फत विभिन्न देशबीचको सहयोग थप मजबूत हुने र क्षेत्रीय स्थिरता प्रवर्धन हुने अवसर प्राप्त भएको बताए भनी अस्ट्रेलियाको डिफेन्स न्युजले खबर दिएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यो अभ्यास पछिल्लोपटक सन् २०१८ मा गरिएको थियो । बीचमा कोभिडका कारण आयोजना नगरिएको यो अभ्यास पुनः सञ्चालन गरी अस्ट्रेलियाले आफ्ना सहयोगी राष्ट्रहरूसँग अल्पकालीन रणनीति र प्रक्रिया साझा गर्ने अनि १६ देशका वायुसेनाबीच सहकारवाहीलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
क्षेत्रीय स्थिरताका लागि यो अभ्यास गरिएको भनी अस्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य सक्रियतालाई इंगित गरेको हो । चीनले यस क्षेत्रमा आक्रामकता देखाइरहेको आरोप लगाउँदै अस्ट्रेलिया लगायतका मुलुकले आवागमन स्वतन्त्रता कायम राख्न मिलेर कारवाही गर्ने आफ्नो संकल्पको प्रदर्शन यस अभ्यासमार्फत गरेका हुन् ।
अस्ट्रेलियाले आयोजना गरेको यस अभ्यासमा अमेरिका पनि संलग्न छ र भरपूर समर्थन गरिरहेको छ । चीनको उदयलाई रोक्ने अमेरिकी हिन्द–प्रशान्त रणनीतिअनुकूल क्षेत्रीय मुलुकका सेनाको संयुक्त अभ्यास हुँदा अमेरिका खुशी हुनु स्वाभाविक हो ।
चीनलाई रोक्नका लागि आफ्नो मात्र प्रयास पर्याप्त नभएको कुरा अमेरिकालाई थाहा छ । आफ्नो समकक्षी प्रतिस्पर्धीलाई रोक्नका लागि उसले साझेदार तथा सहयोगीहरूको सञ्जाल निर्माण गर्नुपर्ने भएको छ ।
डिफेन्स न्युज डट्कमका रब विटम्यानका अनुसार, धेरैथरी मापदण्डमा हेर्दा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका भर्खर दौडन शुरू गर्दा चीन भने वर्षौंदेखि दौडिरहेको छ । चीनको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो हुन लाग्दा चीनले सैन्य आधुनिकीकरणलाई पनि तीव्र बनाएको छ ।
चीनसँग संसारको सबभन्दा विशाल जलसेना छ भने हिन्द–प्रशान्त क्षेत्रमा चीनबराबरको स्थल र वायुसेना कसैसँग पनि छैन । अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्रको सवालमा पनि चीन अमेरिकाभन्दा निकै अगाडि छ ।
ती क्षेप्यास्त्रलाई अमेरिकाको मौजुदा क्षेप्यास्त्रनिरोधी प्रणालीले रोक्न सक्दैनन् । त्यसबाहेक चीनले अमेरिकी जहाजहरूलाई खतरामा पार्नका लागि एन्टी–शिप क्षेप्यास्त्रहरू पनि तैनाथ गरेको छ ।
यी सबै कारणले गर्दा हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई एकछत्र राज गर्नबाट रोक्न अमेरिका एक्लै समर्थ नरहेको देखिन्छ । त्यस प्रयोजनका लागि उसलाई सहयोगीहरूसँग समन्वय जरूरी छ ।
त्यही समन्वयको खोजीमा युरोपेली मुलुकहरूलाई समेत अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा सशक्त उपस्थितिका लागि प्रेरित गरिरहेको छ । अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले केही महिनाअघि सार्वजनिक गरेको दस्तावेजमा चीनलाई पनि नेटोका लागि खतराका रूपमा चित्रण गर्नु नै हिन्द–प्रशान्त क्षेत्रमा नेटोको विस्तारको बाटो खन्नका लागि हो ।
त्यही सिलसिलामा जर्मनीले हिन्द–प्रशान्त क्षेत्रमा सैन्य उपस्थिति जनाउन खोजेको देखिएको छ । पिच ब्ल्याक अभ्यासमा सहभागी हुन जर्मनीका १३ वटा युरोफाइटर जेट विमानहरू लगातार २४ घन्टा उडेर डार्विन पुगेको खबर छ ।
अनि सन् २०२२ को आरम्भमा जर्मन युद्धपोत बायर्न फ्रिगेट सात महिनाका लागि हिन्द–प्रशान्त क्षेत्रमा खटिएको पनि हो । पिच ब्ल्याक अभ्यास सकिएपछि जर्मन विमानहरू ताइवान नजिकैको वायुक्षेत्र हुँदै आउने बताइएकाले चीनलाई सन्देश दिने उद्देश्य पनि जर्मनीले लिएको देखिन्छ जबकि जर्मनीको सुरक्षाका लागि चीन जोखिम हुँदै हैन । रुस–युक्रेन द्वन्द्वमा युक्रेनलाई चाहेजति सहयोग गर्न नसकी पश्चिमलाई लज्जान्वित गराएको आरोप जर्मनीलाई लागेपछि शायद त्यसको क्षतिपूर्ति गर्न पनि ऊ हिन्द–प्रशान्त क्षेत्रमा सक्रियता बढाउन खोज्दैछ ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा तङ स्याओचीले तयार पारेको सामग्रीमा जर्मनीलाई अमेरिकाको पछि लागेर चीनविरुद्धको खेलमा सहभागी नहुन भनिएको छ । त्यसले पनि यस अभ्यासमा अन्य युरोपेली मुलुकहरूको तुलनामा जर्मनीको सहभागितालाई चीनले बढी चासो दिएर नियालिरहेको देखिन्छ ।
यस अभ्यासमा सहभागी अन्य मुलुकका पनि आ–आफ्नै स्वार्थ छन् । भारत पनि आफ्ना चारवटा सुखोई विमान लिएर अभ्यासमा भाग लिन पुगेको छ । हिमालय क्षेत्रमा चीनको चरम रणनीतिक दबाब खेपिरहेको भारतलाई आफू कमजोर नरहेको र आफ्ना सहयोगीहरूसँगको समन्वय प्राप्त रहेको सन्देश चीनलाई दिन यस अभ्यासले सहयोग गरेको भारतीय विश्लेषकहरू बताउँछन् ।
यस अभ्यासले हिन्द–प्रशान्त क्षेत्रका साथै युरोपेली मुलुकहरूलाई पनि सँगै आउने अवसर दिएकाले चीनसँग संघर्ष भएको खण्डमा यस क्षेत्रका मुलुकलाई पश्चिमको एकताबद्ध समर्थन प्राप्त गरिने आशा जगाएको देखिन्छ । चीनको सैन्य गतिविधिमा वृद्धिका कारण आफूहरूको सुरक्षामा जोखिम आइलागेको अनुभव गर्ने मुलुकहरूले अभ्यासलाई सकारात्मक रूपमा लिइरहेका छन् ।
चीनले चाहिँ यस अभ्यासलाई स्पष्ट रूपमा आफ्नो घेराबन्दीका लागि चालिएको रणनीतिक कदम मानेको छ । ताइवानमा अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले भ्रमण गरी तनाव चर्काएलगत्तै यो अभ्यास गरिनु चीनका लागि आक्रोशित बनाउने विषय भएको छ ।
अमेरिका र चीनबीचको तनाव बढिरहेको बेलामा चीनलाई लक्षित गर्दै पिच ब्ल्याक बाहेक अन्य अभ्यास पनि अमेरिका र उसका साझेदारहरूले गरिरहेका छन् ।
अमेरिकाले जापान र दक्षिण कोरियासँग मिलेर ब्यालिस्टिक क्षेप्यास्त्र खोजी तथा पहिचान अभ्यास अमेरिकाको हवाईमा सम्पन्न गरेको थियो । पसिफिक ड्रागन नामक उक्त अभ्यास अगस्ट ८ देखि १४ सम्म आयोजना गरिएको थियो ।
त्यस्तै अगस्ट २२ देखि सेप्टेम्बर १ सम्म अमेरिका र दक्षिण कोरियाले उल्ची फ्रीडम शील्ड अभ्यास गरिरहेका छन् । दक्षिण कोरियामा भइरहेको यस अभ्यासमा सैन्य विमान, युद्धपोत, ट्यांक र हजारौं सैनिकहरू समेत संलग्न रहेको अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
यी अभ्यासहरूमार्फत अमेरिकाले चीन (र उत्तर कोरिया) लाई उत्तेजित बनाउन खोजिरहेको चिनियाँहरूको बुझाइ छ । ग्लोबल टाइम्समा छापिएको एक सामग्रीअनुसार, अमेरिका र उसका साझेदारहरूका यस्ता अभ्यासले कोरियाली प्रायद्वीपको परिस्थिति थप बिगार्नेछ । अनि यस क्षेत्रमा हतियारको होड पनि बढाउनेछ ।
खासमा चीनलाई मनोवैज्ञानिक रूपमा दबाब दिन पश्चिमले यी अभ्यासहरू गरिरहेको देखिन्छ । यसबाट उत्तेजित भई चीनले प्रतिकारवाही गरेमा उसलाई दोषी ठहर गर्दै उसमाथिको आक्रमणलाई जायज ठहर्याउने पश्चिमको मनसुबा हुन सक्छ । तर चीनले युद्ध नभई ग्रे जोन कारवाहीमार्फत यसको जवाफ फर्काउन सक्ने विश्लेषकहरू बताउँछन् । हुन पनि चीन युद्धका लागि तयार भइसकेको भए पलोसीको भ्रमणलगत्तै ताइवान नजिक सैन्य अभ्यास मात्र नगरी युद्धै गर्थ्यो होला ।
रुससँग मिलेर चीनले पश्चिम तथा उसका साझेदारहरूलाई पनि रणनीतिक रूपमा उत्तेजित बनाउन सक्ने अनुमान कतिपयले गरेका छन् । त्यसरी उत्तेजित बनाएर कुनै गलत कदम चाल्न बाध्य पार्ने अनि त्यसविरुद्ध आफ्नो कठोर कारवाही चाल्नका लागि जायज ठहर्याउने योजना चीनले बनाउन सक्ने बताइएको छ ।
चीन र पश्चिम (अनि उसका क्षेत्रीय साझेदार) बीचको यो ‘माइन्ड गेम’ अझै केही समय चलिरहने देखिन्छ । यसमा दुवै पक्षले स्पष्ट जीत हासिल गर्न गाह्रो भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय हितलाई सम्बोधन गरेको सन्देश दिन चाहिँ उनीहरू सफल हुनेछन् ।
तर यसमा हुन सक्ने सानो गल्तीले पनि हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा संरचनालाई चाहिँ तहसनहस बनाउन सक्ने जोखिम छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...