×

NIC ASIA

आठ महिनामा भित्रिए तीन लाख २६ हजार विदेशी पर्यटक

भदौ १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ ।

Muktinath Bank

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन । तुलनात्मकरुपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बोर्डले जनाएको छ । सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । वर्षको सुरुआतदेखिनै पर्यटक आगमन सुधार (७५ प्रतिशतसम्म) ‘रिभाइब’ भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको उनको भनाइ छ । “अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बङ्गलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ”, निर्देशक लामिछानेले भने । 

Vianet communication

इन्धनको मूल्यवृद्धिभएसँगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महङ्गो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उनले बताए । 

अगष्टमा १६ हजार एकसय ४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार पाँच सय चार, युरोपबाट तीन हजार दुई सय २७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल आएका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x