मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिको बैठक पुन बसेको छ । शनिवार बिहान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक बयान लिएको समितिको बैठक अपराह्न पुनः बसेको हो ।
सिंहदरबारमा जारी बैठकमा समितिका सदस्यहरूले महाभियोगबारे आ आफ्नो धारणा राखिरहेका छन् । नेकपा एमालेका सांसदहरूले हालसम्म प्राप्त प्रमाण र बयानकै आधारमा जबरामाथिको महाभियोग पुष्टि हुन नसक्ने तर्क गरिरहेका छन् ।
एमाले सांसद कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङफे लगायतले समितिले छोटो समय पाएका कारण पर्याप्त प्रमाण जुटाउने काम हुन नसकेको बताए । उनीहरूले अरु कसैले आरोप लगाएको, जबराले फैसला उल्ट्याएको, उनका आफन्तका नाममा सम्पत्ति देखिएकै आधारमा महाभियोग पुष्टि हुन नसक्ने बताए ।
एमाले सांसद तुम्बाहाङफेले फैसला उल्ट्याएकै आधारमा महाभियोग पुष्टि हुने हो भने अधिकांश न्यायाधीशहरू कारबाहीको दायरामा आउने बताइन् । उनले अदालतमा फूल बेन्चले गरेको कतिपय फैसलाहरू उल्टिएको दृष्टान्त प्रस्तुत गर्दै रन्जन कोइरालाको मुद्दाकै सन्दर्भलाई लिएर जबरामाथिको महाभियोग पुष्टि नहुने बताइन् ।
समितिले शनिवार नै प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाउने तयारी गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...