×

NMB BANK
NIC ASIA

कालीमाटी क्षेत्रमा बजार अनुगमनः अखाद्य वस्तु बरामद

असोज १२, २०७९

NTC
Premier Steels

कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा धुन लागेका चामल चिउरालगायतका खाद्यवस्तु बरामद गरिएको छ । आज काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा÷प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा ÷ प्याकेट बरामद गरेको हो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ ।

Muktinath Bank

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरूमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङ्ग्रेन चामल छन् । त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुगमनमा क्रममा ७ वटा पसलहरु हेरिएका थिए । यसमा खाद्य पसल, मिठाइ पसल हेरिएको थियो । यस क्रममा संगम स्वीटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो ।  
स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौँ महानगरपालिकाले ‘काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । 


Advertisment
Nabil box
Kumari

अनुगमनमा महानगरको अनुगमन तथा मुल्याङ्कन एकाई, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरुको सहभागिता थियो ।  

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x