×

NMB BANK
NIC ASIA

टीकापुरमा पाँच महिनामा लागुऔषधका ७० मुद्दा दर्ता

असोज १६, २०७९

NTC
Premier Steels

इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुर्व्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुर्व्यसनीको संख्या बढ्न थालेको बताए । 

Muktinath Bank

दुर्व्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि  शनिवार टीकापुरस्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । छलफलमा उनले ७० वटा मुद्दा दर्ता भएको र दुर्व्यसनीको संख्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे । प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागुपदार्थ सहजरुपमा भित्रने गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘खुला नाका छ, सवारी साधन जाँचमा कडाइ गरेका छौँ, लागु पदार्थ सेवनकर्तालाई पुनःस्थापना केन्द्रमा पठाउने गरेका छौँ’, उनले भने, ‘लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरीका घटना वृद्धि भएको छ ।’


Advertisment
Nabil box
Kumari

भारतमा रु २ हजार २ सयदेखि २ हजार ४०० प्रतिग्राम पाइने ब्राउन सुगर नेपालमा रु १८ हजारदेखि २० हजारसम्म पर्ने पुनस्र्थापना केन्द्र सञ्चालक कल्पेश कुँवरले जानकारी दिए । उनले भने, ‘कतिपय प्रयोगकर्ता वितरक हुने गरेका छन् ।’ 

Vianet communication

स्थानीय सरकारले लागुऔषध नियन्त्रणका बारेमा खासै चासो नदिएको उनको भनाइ थियो । अर्का सञ्चालक उपेन्द्र बटालाले तीन महिना पुनःस्थापना केन्द्रबाट उपचार लिएपछि बेरोजगार बस्नुपर्दा कुलतबाट बाहिर आउन नसकेको घटना पाएको बताए । ‘दुर्व्यसनीलाई कुलतबाट टाढा राख्न शारीरिक, मानसिक र आध्यात्मिक परिवर्तन आवश्यक पर्छ’, उनले भने, ‘अभिभावक सचेत नहुँदा घटना लुकाउने र उल्टो संरक्षण गर्न लाग्ने गरेको पाइन्छ ।’ 

यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागुऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी भएको बताए । ‘लागुऔषध प्रयोग गरेपछि कस्तो व्यवहार देखाउछ भन्ने बारेमा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ’, उनले जोड दिँदै भने, ‘पुनःस्थापना केन्द्रले तीन महिना खान नदिने मात्र हो, त्यसपछि अभिभावकको हातमा हुन्छ ।’ 

टीकापुरस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुर्व्यसनी रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको बताए । उनले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी गराए । 

नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुर्व्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनपर्ने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x