×

निर्वाचन आयोगको कल सेन्टरमा के–के आउँछन् जिज्ञासा ? यस्ता छन् जवाफ

कात्तिक ९, २०७९

‘कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?’ टोल फ्री नम्बर ११०२ मा आएको जिज्ञासामा जवाफ यसरी दिइन्छ, ‘नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन ।’

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टमा आम मतदाताबाट अनेक प्रकारका जिज्ञासा आउने र आयोगको कल सेन्टरबाट जवाफ दिई समाधान गर्ने क्रम चलिरहेको छ । 
    
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको कल सेन्टर सेवामा कात्तिक ८ गतेसम्ममा आएका कूल १ हजार ५०२ कलमध्ये १ हजार १९७ वटा कल रिसिभ भई १ हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ । सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।


Advertisment

स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नमा ‘आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता २०७९ ले रोक लगाएको’ जवाफ दिइएको छ ।


Advertisment

आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो भन्ने प्रश्न पनि कल सेन्टरमा आउने गरेको छ । त्यसबारे आयोगको जवाफ छ, ‘होइन, सञ्चारमाध्यमका सामग्रीमा आचारसंहिता उल्लंघन भए/नभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपालमार्फत हुने गर्दछ ।’
 
आगामी निर्वाचनमा मतपत्र कतिवटा हुन्छ र रंग कस्तो हुन्छ भन्ने प्रश्नको समाधान यसरी गरिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रूपमा ४ वटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनको लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्र तथा प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्र हुनेछ ।’

विक्रम संवत् २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिह्न अगाडि राखी दोस्रो, तेस्रो हुने दलको क्रमशः निर्वाचन चिह्न राखिन्छ । तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारको हकमा उम्मेदवारको नामको वर्णानुक्रमानुसार निर्वाचन चिह्न राखिन्छ ।

मत हाल्ने तरिकाबारे सोधिएको प्रश्नमा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी १ नम्बरको मतपेटिकामा मतपत्र खसाल्नुपर्दछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फको कालो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नम्बर २ मा मत खसाल्ने, तत्पश्चात प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी ३ नम्बरको मतपेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचनतर्फका लागि कालो रंगको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका ४ नम्बरमा मतपत्र खसाल्नुपर्छ भन्ने उत्तर दिइएको छ ।

निर्वाचनमा विभिन्न संघसंस्थाले निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन् ? आयोगबाट उम्मेदवारको मोबाइल नम्बर उपलब्ध गराउन मिल्छ कि मिल्दैन ? आयोगबाट मतदाता शिक्षाअन्तर्गत नमूना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ कि गराइँदैन जस्ता जिज्ञासा पनि कल सेन्टरमा आएका छन् । आयोगले मतदाता शिक्षा प्रयोजनार्थ ७५३ वटै पालिकाले नमूना मतदानको लागि मतपेटिका प्राप्त गर्ने स्पष्ट पारेको छ ।  

विगत वर्षदेखि हाम्रो दलले दशैंतिहारमा चियापन गर्ने परम्परा छ । यसपालि यसैबीचमा निर्वाचन परेकाले आचारसंहिता विपरीत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा कुनै राजनीतिक दलको झण्डा, निर्वाचन चिह्न, उम्मेदवारको तस्वीर अंकित पर्चा, पोस्टर, ब्यानर नराखी सामान्य ढंगले चियापान गर्न बाधा छैन भनी जवाफ दिइएको छ ।

टोल सुधार समितिले फूटबल प्रतियोगिता आयोजना गर्न पाउने कि नपाउने ? उम्मेदवारबाट उद्घाटन गर्न मिल्ने कि नमिल्ने ? सार्वजनिक संस्था वा क्लबको तर्फबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना/कार्यक्रम र कुनै पनि राजनीतिक दललाई सम्बद्ध नगरी सम्मान कार्यक्रम गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा पूर्व निर्धारित प्रतियोगिता आयोजना गर्न बाधा नपर्ने तर कुनै राजनीतिक दलको नेता तथा उम्मेदवारले उद्घाटन गर्न मिल्दैन भन्ने जवाफ दिइएको छ ।

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x