×

NMB BANK
NIC ASIA

‘महापुरुष’ हेर्न ओइरिए दर्शक, हल भरिभराउ

कात्तिक १२, २०७९

NTC
Premier Steels

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ हेर्न हलमा दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

Muktinath Bank

चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार बक्स अफिसमा १ करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गर्दै बम्पर ‘ओपनिङ’ गरेको छ । शुक्रवार बिहानैदेखि उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको थियो । धेरै हलहरू शुक्रवार ‘हाउस फूल’ देखिएका थिए । शनिवार पनि बिहानैदेखि देशभरका हलमा दर्शकको उपस्थिति बाक्लो छ । लेखक एवं निर्देशक प्रदीप भट्टराईले बिहानैदेखि अधिकांश हलहरू ‘हाउस फूल’ रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रले दर्शकहरूबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । एकै परिवारका २८ जनासम्मले ‘महापुरुष’ हेरेका छन् । बालकदेखि वृद्ध हरेक उमेर समूहका दर्शकहरू हलमा देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

शनिवार चलचित्रको व्यापार शुक्रवारको भन्दा स्वाभाविक बढी हुने देखिएको छ । आइतवार पनि सार्वजनिक बिदा भएका कारण चलचित्रलाई फाइदा हुने देखिएको छ । प्रदीप भट्टराई लिखित एवं निर्देशित ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्णका साथमा गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय छ ।

Vianet communication

अभिनेता हरिवंश, निर्देशक प्रदीपसहित गौरी, रविन्द्र सिंह, अरुण, अन्जना, राजाराम लगायतका कलाकारहरू हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । म्याक्स दिपेश खत्री निर्मित चलचित्रको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ स्वयं छन् ।

‘महापुरुष’ निर्देशक भट्टराईले यसअघि ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ जस्ता हिट चलचित्रहरू दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x