×

NMB BANK
NIC ASIA

गठबन्धनका दलबीच ५ वर्ष सहकार्य गर्ने सहमति भएको छ : गगन थापा

मंसिर १, २०७९

NTC
फाइल फोटो
Premier Steels

आसन्न निर्वाचनमा काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्र चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमाले पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् ।

Muktinath Bank

थापाले आफूलाई भाबी प्रधानमन्त्रीका रूपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जीत सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा छन् । यसअघि २०७४ सालको निर्वाचनमा ३ हजार ४१८ मतान्तरले भट्टराईलाई हराएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जीत सुनिश्चित भएको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०७४ सालको निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादी लगायतका दलको समर्थन छ । 

Vianet communication

बुधवार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटिएका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जीत सुनिश्चित भएको बताए । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उनको भनाइ छ । 

‘मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वाभाविक हो तर बन्दै गरेको शहर हो,’ उनले भने, ‘केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।’

थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताए । ‘उहाँहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ,’ थापाले भने । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । 

आफ्नो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएमा गर्ने भन्नेमा पनि रहेको उनले बताए ।

‘संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस् भन्ने हो,’ उनले भने, ‘त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले ५ वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x