×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन, सेनाबाट हतियार सापटी लिएर काम चलाउँदै प्रहरी

मंसिर २, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा निकायले जनाएका छन् । 

Muktinath Bank

२ दिन पछाडि अर्थात् ४ गते हुने निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षात्मक तयारीका सबै काम पूरा भएको जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाले निर्वाचनका लागि ७५ हजार सैनिकहरू खटाएको जंगी अड्डाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सैनिक प्रवक्ता सहायक–रथी नारायण सिलवालका अनुसार मतपत्र छपाइदेखि हवाइ गस्तीसम्म गरेर ७५ हजार सैनिक यो चुनावका लागि प्रत्यक्ष रूपमा खटिएका हुन् ।

Vianet communication

‘७७ वटै जिल्लामा एकीकृत सुरक्षा योजनामा खटिने सैनिक, मतपत्र छपाइको समयमा खटिएका सैनिक, एयरफोर्स लगायतमा खटिएका सैनिक र विमानस्थल सुरक्षामा खटिएका सैनिक पनि यो ७५ हजारमै पर्छन्,’ सिलवालले लोकान्तरसँग भने ।

सेनाले तेस्रो घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेछ ।  

यस्तै नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी र ७१ हजार ६९३ प्रहरी कर्मचारी सुरक्षाका लागि खटाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सुरक्षाका लागि प्रहरीले देशका ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी र म्यादी प्रहरी परिचालन गरेको बताए । 

मतदानस्थलसहित सम्पूर्ण सुरक्षाका लागि प्रहरीले सबै काम पूरा गरेको डीआईजी राईले बताए । 

प्रहरीले निर्वाचन सुरक्षाका लागि सरकारबाट बजेट पाएका १ सय ८०, अनुदानमा पाएका ५० र भाडामा रहेका १ हजार ४ सय गरी १ हजार ६३० वटाभन्दा धेरै सवारी साधनहरू परिचालन गरेको प्रवक्ता राईले बताए ।

उनका अनुसार आवश्यकताका आधारमा ती सवारी ७७ वटै जिल्लामा वितरण गरिएको छ ।

प्रहरीले यसपालि सञ्चारका साधन खरिद नगरेर भएका सञ्चार सेटबाट र निर्वाचनमा खटिएका कमान्डरको मोबाइलबाट सूचना आदानप्रदान गर्न लागेको छ ।

‘हामीले अहिले निर्वाचनमा खटिएका कमान्डारको मोबाइलमा पैसा राखेर सूचना तथा सञ्चारका लागि व्यवस्था गरेका छौं,’ प्रवक्ता राईले लोकान्तरसँग भने । 

उनका अनुसार मोबाइल नलाग्ने विकट क्षेत्रमा प्रहरीसँग भएको वाकीटकी र स्याटेलाइट मोबाइलको प्रयोग गरेर सञ्चार आदानप्रदान गर्न लागिएको छ ।

प्रहरीसँग अहिले ३२ वटा स्याटेलाइट फोन रहेको र ती सबै प्रयोग गरेको प्रवक्ता राईले बताए । प्रहरीले यसपालि पनि निर्वाचनमा आवश्यक पर्ने हतियार नेपाली सेनाबाट सापटी लिएर काम चलाएको छ । 

निर्वाचनमा खटिने अधिकृतहरूका लागि साना हतियार अपुग हुने भएपछि सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता हुने गरी) लिएर काम चलाइएको हो ।

स्थानीय तह निर्वाचनमा प्रहरीले हतियार सापटी लिएर काम चलाएको थियो । प्रहरीले लामो समयदेखि हतियार खरिद गर्न सकेको छैन । हतियार खरिदमा विवाद आएपछि खरिद प्रक्रिया रोकिएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार मागेको थियो । सेनाले झन्डै २ हजार ५ सय साना हतियार उपलब्ध गराएको छ ।

यस्तै सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षाका लागि खटिएको छ ।

निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेको सशस्त्र प्रहरीले निर्वाचनका लागि ३४ हजार ८३८ जना खटाएको सशस्त्रका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

‘हामीले सबै प्रक्रिया पूरा गरेर डिप्लोएड गरिसकेका छौं,’ प्रवक्ता थापाले लोकान्तरसँग भने । 

सशस्त्रले ७७ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रहरी परिचालन गरेको छ । 

निर्वाचनका लागि छुट्ट्याएको बजेटबाट ६० वटा खरिद, ४० वटा अनुदान र १ हजार १७१ वटा भाडामा लिएर सवारी साधन परिचालन गरेको प्रवक्ता थापाले बताए ।

सशस्त्र प्रहरीले निर्वाचन अवधिका लागि नेपाल–भारत र नेपाल–चीनका सीमा नाकाहरूमा आवतजावत बन्द गर्ने काममा पनि सहजीकरण गरिरहेको छ । 

निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टाका लागि नाका बन्द गरेको प्रवक्ता थापाले बताए । ‘हामीले अत्यावश्यक बिरामीबाहेक अन्यलाई सीमा नाकाबाट आउजाउ गर्न दिएका छैनौं,’ प्रवक्ता थापाले भने ।

उनका अनुसार बिरामी भएका व्यक्तिहरू पनि अनुमति लिएर मात्र नेपाल प्रवेश र नेपालबाट बाहिर जान पाउने छन् । अन्यलाई भने रोक लगाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x