×

NMB BANK
NIC ASIA

आम-चुनाव २०७९

६ क्षेत्रमा राप्रपाको फराकिलो अग्रता, कहाँको अवस्था कस्तो ?

मंसिर ६, २०७९

NTC
Premier Steels

पूर्वपञ्चको पार्टी राप्रपाले यसपकटको निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रारम्भिक मतगणनाको रुझानले राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५ देखि ६ सिटसम्म जित्ने संकेत देखिएको छ । 

Muktinath Bank

अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ बाट अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्ण सिटौलालाई उनले पछि पारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिङदेनले ८ हजार ७३४ मत पाउँदा सिटौला ६ हजार ५५३ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । २०७४ सालमा पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।


Advertisment
Nabil box
Kumari

चितवन–३ बाट राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ५ हजार ७ सय २५ मत पाउँदा स्वतन्त्र पार्टीकी जीता वरालले ४ हजार ४ सय मत पाएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी तेस्रोमा छन् । उनले ४ हजार २९० मत पाएका छन् । 

Vianet communication

पटक–पटक चुनाव जितेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पछि पार्दै राप्रपाका ध्रुबबहादुर प्रधानले पश्चिम नवलपरासीबाट अग्रता लिएका छन् । नवलपरासी पश्चिम–२ बाट प्रधानले ६ हजार ८९७ मत पाउँदा कँडेलको २ हजार २६३ मत छ । 

एमालेका दीपेन्द्रकुमार अधिकारीले १ हजार ५२५ मत प्राप्त गरेका छन् ।

रुपन्देही–३ मा राप्रपा उपाध्यक्ष दीपक बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणसँग टक्कर लिइरहेका छन् । बोहोराले खाणलाई पछि पारिरहेका छन् । 

बोहोराले ५ हजार ६५७ मत पाउँदा खानले ४ हजार ९१० मत मात्रै पाएका छन् । 

बाँके–२ मा महामन्त्री धवल शमशेर जबराले अग्रता बढाइरहेका छन् । धवलले १३ हजार ३५५ मत ल्याउँदा जसपाका मोहमद इस्तियाक राइले ८ हजार ५५९ मत पाएका छन् । 

जुम्लामा ज्ञानेन्द्र बहादुर शाहीले ६ हजार ९५७ मतसहित अग्रता लिइरहेका छन् । काठमाडौं–१ मा रवीन्द्र मिश्र झिनो मतले हारेका छन् ।

अग्रता लिन नसके पनि काठमाडौं–२ मा पनि राप्रपा उम्मेदवार कुन्ती शाहीले राम्रो प्रदर्शन गरिरहेकी छिन् । 

कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङदेन अध्यक्ष बनेपछि पूर्वपञ्चको पार्टीले पुर्नजीवन पाएको छ । राप्रपाले समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउने संकेत गरेको छ । 

त्रिशंकु संसद बन्ने अबस्थामा सत्ता समीकरणका लागि राप्रपा निर्णायक बन्ने संकेत देखिएको छ । भ्रष्टाचारविरुद्ध दिएको अभिव्यक्तिका कारण लिङदेन चर्चामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x