×

NMB BANK
NIC ASIA

वर्षमान पुन रोल्पाबाट दोस्रोपटक विजयी

मंसिर ८, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रूपमा दोस्रो पटक विजयी भएका छन् ।

Muktinath Bank

यसअघि विक्रम संवत् २०७४ सालमा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम संवत् २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा उनी ललितपुर–१ बाट विजयी भएका थिए ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए । पूर्व अर्थमन्त्री समेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

Vianet communication

उनले कूल ४१ हजार ७१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरे । विजयी भएका नेता पुनले २५ हजार २२९ मतको अग्रता कायम राखेका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले २ हजार ५५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८०३ र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह््योम्बाले १५२ मत प्राप्त गरेका छन् ।

संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए । पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रूपमा थिए । सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा एमाले र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे ।

यसपटक पूर्व सहकर्मी बीचको प्रतिस्पर्धालाई राष्ट्रिय रूपमा नै महत्त्वका साथ हेरिएको थियो । 

शुरूआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम मात्रै राखेनन्, फराकिलो मतान्तरले विजयी भए । रोल्पामा कूल मतदाता संख्या १ लाख ४५ हजार ४७१ रहे पनि मंसिर ४ गते भएको निर्वाचनमा ६१ हजार ७१० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार ७१० हुँदा बदर मत भने ५ हजार ३११ रहेको छ । 

प्रदेश सभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका छन् भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भएका छन् ।

निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विक्रम संवत् २०२८ जेठ १८ गते भएको हो । उनका बुवाको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उनकी जीवन संगीनी ओनसरी घर्ती काठमाडौं–२ बाट गठबन्धनको साझा उम्मेदवार भए पनि जीत निकाल्न सकिनन् ।

प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेता पुनले २०४९ सालमा नेपाल ल क्याम्पसबाट बीएल गरेका छन् ।

पञ्चायकालमै अनेरास्ववियुमा आवद्ध हुँदै वाम आन्दोलनमा सक्रिय भएका उनी विक्रम संवत् २०५२ सालदेखि नै जनयुद्धमा सहभागी भए । उनी तत्कालीन माओवादीको तर्फबाट काठमाडौं उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए । ‘अनन्त’को नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् । – रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x