माघ २१, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरू मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताए ।
थपलियाले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेश हुने उनले बताए ।
‘आयोगको प्रयत्न भनेको हामी १९ गते सम्ममा अहिले प्रारम्भ भइरहेका सबै मत गणना कार्यहरू सम्पन्न गर्नेगरी तयारी गरिराखेका छौँ । र त्यो विवरण प्राप्त भएको दुई दिनभित्र हामी सबै राजनीतिक दलहरूलाई तपाईंहरूको हैसियत यस्तो रह्यो, प्रतिनिधि सभामा । प्रदेश सभामा एकदेखि सुदूरपश्चिम सम्ममा तपाईंहरू यो–यो अवस्थामा रहनुभयो । तपाईंहरूको यहाँ यहाँ थ्रेसहोल्ड कट्यो । यहाँ यहाँ कटेन यो अवस्था रह्यो । त्यसकारण तपाईंहरूले आयोगमा बुझाएको बन्दसूचीको आधारमा कानूनले तोकेको क्लष्टर र तपाईंले दिएको मर्यादाक्रम नमिचिने गरी तुरुन्तै आफ्ना माननीय सदस्यहरू निर्वाचित गरेर पठाइदिनुस् भनेर चिठी लेख्छौँ’, थपलियाले भने, ‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौँ । सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै भने, ‘एकै चरणमा यत्तिको शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होला र भनेर हामीलाई प्रस्ताव गर्दैगर्दा भनिएको विषय थियो । तर, हाम्रोजस्तो मुलुकमा जहाँ सुरक्षाको प्रत्याभूति सधैँ चाहिन्छ । चुनावमा मात्रै सुरक्षा चाहिने त होइन, सधै जरुरी छ । निर्वाचनको बेलामा फरक किसिमको सुरक्षा अनुभूति हो । आयोगले व्यवस्थापन गर्ने कुरा सम्पूर्ण व्यवस्थापन गर्नसक्छौँ भनेपछि अरु कुनै तर्क गरेर यो निर्वाचनलाई दुई वा तीन चरणमा लगिरहनु पर्दैन भन्ने हाम्रो जोड थियो । यसले अब के कुरा स्थापित गर्यो भने आगामी दिनहरूमा पनि निर्वाचन त भइरहन्छन् । ति निर्वाचनहरूमा पनि यो कुराहरू प्रमाणित गर्नुपर्दछ । हुन्छ भन्ने एउटा मानक यसले स्थापित गरेको छ ।’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम ब...
२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अ...
राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । सङ्घीय संसद्को ल्होत्...
सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्री कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमि...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...