मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए, तिमध्ये कुनैले हलमा दर्शक तान्न सकेनन् ।
२ गते ‘चोर र पुलिस’ नामक फिल्म प्रदर्शनमा आयो । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेतलगायतको अभिनय रहेको यो फिल्म हलमा केही दिन पनि टिक्न सकेन । ९ गतेदेखि अर्को फिल्म ‘मीलन’ प्रदर्शनमा आयो । सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापालगायतको अभिनय रहेको यस फिल्मले पनि हलमा दर्शक तान्न सकेन ।
१६ गतेदेखि प्रदर्शनमा आएको रिस्ता बस्नेत अभिनित ‘पासो’लाई पनि पहिलो दिनबाटै दर्शकको खडेरी देखियो । गत शुक्रवारदेखि प्रदर्शनमा आएका दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित ‘सोल अफ द कमाण्डाे’ र भोलाराज सापकोटा, नम्रता सापकोटा अभिनित ‘डेसान’को अवस्था पनि उकेदलाग्दो देखियो । यसरी हेर्दा समग्र मंसिर महिना नै नेपाली फिल्मका लागि उकेदलाग्दो देखियो । मंसिरमा रिलिज भएका पाँचवटै नेपाली फिल्मका निर्माताले लगानीको सानो अंश पनि फिर्ता पाउने देखिँदैन ।
कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि हलमा कुनै नेपाली फिल्मले दर्शक तान्न सकिरहेका छैनन् । व्यापारिक खडेरी लागिरहेको अवस्थामा अब कुन नेपाली फिल्मले दर्शकको साथ पाउँछ त्यो पनि यसै भन्न सकिने अवस्था छैन ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...