माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
पुस ३, २०७९
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको नतिजा आइसकेर सरकार गठनको प्रक्रिया शुरू हुँदैछ । यो चुनावी परिणामको सन्देश भनेको कुनै पनि दल वा गठबन्धनको जीत भएन । खास लक्ष्य प्राप्त गर्न कसैले सकेनन् । यो सन्देश नेताहरूले बुझ्न सकेका छैनन्, या चाहेका छैनन् ।
पाँच दलको गठबन्धन बनाएर जाँदा पनि स्पष्ट बहुमत ल्याउन नसक्नु, अर्कातर्फ प्रत्यक्षमा १०० सीट ल्याउँछु भनेका केपी ओलीको दम्भमा कमी नआउनु आश्चर्यको विषय बनेको छ । सरकार गठनका लागि ७–८ वटा दलको समीकरण गर्नुपर्ने अवस्था अस्थिरताको कारक हो ।
देशमा स्थिरता र समृद्धि भन्ने कुरा फगत सोच र नारा भयो । संविधान लेखन र समानुपातिक प्रणालीदेखिका कमजोरीलाई मनन गरेर केही विषय पुनर्विचार गर्नुपर्ने अवस्था छ । न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका छरपस्ट छन् । हाम्रो मूल्यमान्यता, नैतिकता र इमान अहिलेसम्म देखिएको छैन । मूल्यको राजनीतिक लोकतन्त्रको प्राण हो, जुन स्खलित भइसकेको छ । मूल्यको राजनीति हराइसकेको अवस्थामा पुग्नु लोकतन्त्रका लागि खतराको घण्टी हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र राप्रपाको पुनर्उदय सचेतनाको घण्टी हो भनेर बुझ्दा सुधारको ठाउँ छ– संविधान संशोधनसम्मको सुधारका लागि । रास्वपा र राप्रपाको उदय स्थापित दुईवटा दल (कांग्रेस–एमाले) विरुद्धको खतरा हो । दुवै दलले यो कुरा मनन गरी अब सुधार गर्नुपर्छ भनेर गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।
विदेशी शक्तिहरू नेपालमा संविधान बन्दाको बेलादेखि नै अस्थिरताको बीजारोपण गर्न र आफ्नो अनुकूल वातावरण बनाउन लागेका थिए । त्यसले अहिले मूर्तरूप लिएको मात्र हो ।
राष्ट्रिय शक्तिहरू जति आपसमा विभाजित हुन्छन्, विदेशी शक्तिका लागि त्यति अनुकूल हुन्छ । देशका मुख्य शक्तिहरू एउटा मार्गचित्र बनाएर र सच्चिएर जाऊन् भन्ने कुरा उनीहरू चाहँदैनन् । नेपालमा यस्तै अस्थिरता रहोस् भन्ने उनीहरूको चाहना छ ।
स्पष्ट शब्दमा भन्नुपर्दा २०५१ सालको संसदीय विकृत अभ्यासको पुनरावृत्ति नेपालमा फेरि हुने देखियो । त्यही किसिमको चरित्र र आचरण राजनीतिमा देखिँदैछ । संसद्भित्र एक किसिमको द्वन्द्व र संसद्बाहिर अर्को किसिमको द्वन्द्वको अवशेष रहिरहने खतरा छ ।
संसद्भित्र पहिलाजस्तो सहज छैन । नयाँ आएका पार्टीले अरू केही गर्न नसके पनि संसद्भित्र धर्नामा बस्न सक्छन् । विरोध प्रकट गर्न सक्छन्, केही त गर्लान् । त्यो समयको माग पनि हो । संसद्मा उदाएका धेरै दलका कारण राजनीतिको आगामी दिन झन् कष्टकर बन्ने देखिन्छ । राजनीति अस्थिर बन्दा देश परनिर्भरताको बाटोमा निरन्तर अगाडि बढेको छ । त्यसलाई सुधार्ने चिन्तन कसैमा देखिएन ।
चुनावबाट कांग्रेस ठूलो पार्टी त भयो, तर पपुलर भोट लुज गरेको छ । पार्टी संगठनमा सभापति शेरबहादुर देउवाजीको पकड छ । निर्वाचनमा पनि आफू पक्षधरलाई टिकट दिएका कारण संसदीय दलमा उनैको पल्ला भारी हुने देखिन्छ । स्वास्थ्य र उमेरका कारण अनरेबल एक्जिट (सम्मानजनक बर्हिगमन) लिनुपर्छ भनेर आफैंले सोचेको अवस्थामा बाहेक फेरि देउवा नै दलको नेता बन्नेछन् ।
संस्थापनइतरबाट संसदीय दलमा धेरै उम्मेदवार बन्नु भनेको महाधिवेशनमा जस्तै देउवाजीलाई फाइदा हुनु हो । उहाँले चाहेसम्म आफैं या उहाँले प्रस्तुत गरेको व्यक्ति नै संसदीय दलको नेता बन्ने हो ।
सरकारको नेतृत्वमा प्रचण्डको दाबी अस्वाभाविक
अहिले सरकार चलाइरहेको गठबन्धनमा मुलुकका सामु रहेका चुनौती सामना गर्ने विषयमा साझा दृष्टिकोण देखिएको छैन ।
गठबन्धनको दोस्रो र समग्रमा तेस्रो पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि प्रधानमन्त्री बन्ने अडानमा देखिनुभएको छ । त्यसका लागि आदर्श र मूल्यमान्यताका कुरा बिर्सेर लाजै पचाई सत्ताको बार्गेनिङ गर्ने खालको दृष्टिकोण उहाँमा देखिएको छ ।
हाम्रो कारण अन्य पार्टी (कांग्रेस)को समेत पपुलर भोट घट्यो र पार्टी पनि खुम्चियो भनेर उहाँ जनताले जे हैसियत दिएका छन्, त्यसैमा चित्त बुझाएर बस्नुपर्ने हो । त्यो चेत उहाँमा देखिएन ।
मूल्य मान्यताको राजनीति गर्दा नैतिकताले कमान्ड गर्ने हो । तेस्रो दलले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक होइन ।
मैले २०५१ सालको कुरा गरें, त्यो बेला निर्णायक शक्ति रहेको राप्रपा दुईपटक सरकारको नेतृत्वमा पुग्यो । उनीहरूलाई पालैपालो बोकेर सरकार बनाउने काम कांग्रेस र एमालेबाट भएको थियो ।
अहिले पनि सरकार बनाउँदा साना दलका अस्वाभाविक शर्त र बन्देज मान्नुपर्ने अवस्था रहन्छ । दुईवटा दल मिलेर सरकार गठन गरेको भए एकअर्काको कुरा थाहा हुन्थ्यो, तर साना दलका पनि स्वार्थ छन् । साना दलका नाजायज शर्त स्वीकार्दा नै भ्रष्टाचार मौलाउन सक्छ ।
प्रचण्डले सत्तामा बार्गेनिङ गर्दा १० सीट रहेको माधव नेपालको पार्टीले पनि दाबी गर्छ । अरू दलले पनि गर्छन् । अहिलेसम्म भावी सरकार कस्तो भन्नेबारे गठबन्धनको मार्गचित्र आएको छैन ।
पार्टीका घोषणापत्रको त कुनै अर्थ छैन । गठबन्धनबाट साझा कार्यक्रम बनाएर पाँच वर्षमा यो–यो गर्छौं भन्ने पनि देखिएको छैन ।
जसरी होस् आफू सत्ताको केन्द्रमा रहनुपर्ने, चाहे कसैलाई धोका दिएर होस् या अर्को गठबन्धन बनाएर होस्, आफैं आउनुपर्ने प्रवृत्ति देखिएको छ । यसले देशलाई के निकाश देला ? आफूले बोलेका शब्दको कसैले हेक्का राख्नेवाला छैन । मूल्य मान्यता र आदर्श रहनेवाला छैन । जसरी हुन्छ आफू सत्तामा पुग्नु छ, अरू जेसुकै होस् ।
कसले सम्हाल्ने देश ?
अहिले देशको नेतृत्व त्यसले गर्छ, जसले भिजन दिन सक्छ । हामी सुशासनका कुरा गर्छौं । सुशासन भनेको के हो ? आर्थिक सामाजिक रूपमा के गर्न सक्छौं ? कानूनमा के–के सुधार्नुपर्ने हो ?
बेलायतकी प्रधानमन्त्रीले आफूले भनेको काम गर्न नसकेपछि पदबाट राजीनामा दिइन् । लोकतन्त्रले यस्तो परिकल्पना गरेको हुन्छ ।
संसदीय व्यवस्था रहेको नेपालका नेताबाट त्यो स्तरको नैतिकताको हामीले के अपेक्षा गर्नु ? नेपालमा अहिले गहिरो आर्थिक संकट छ । उद्योगी व्यवसायी आकुलव्याकुल छन् ।
नेताहरूले म इमान्दार बन्छु, आफ्नो आचरणमा कमी कमजोरी ल्याउँदिनँ भनेपो विश्वास हुन्छ । पाँच या आठ पार्टीको सरकार बने पनि यही कुशासनको पराकाष्ठा रहन सक्छ । यो अवस्थामा केही हुनेवाला छैन । यत्रो खर्च गरेर चुनाव गर्दा पनि नेताहरूले चेतेनन् भने मानिसमा नैराश्यता बढ्छ ।
सरकारको नेतृत्व गर्छु भन्ने नेता सच्चिनुपर्यो । सच्याउनुपर्यो । नेतृत्वमा रहेका व्यक्तिले देशलाई अगाडि बढाउने मार्गचित्र बनाउनुपर्यो । त्यसमा अरूलाई सहमत गराउनुपर्यो ।
नेपालमा शक्तिकेन्द्रको चलखेल
नेपालमा आफू अनुकूलको सरकार गठनमा विदेशी शक्तिको चलखेल भइरहेको छ । संविधान बनाउने बेलादेखि उनीहरूले त्यही गरेका हुन् । नेपालमा राष्ट्रिय शक्तिहरू मिलेको उनीहरू मन पराउँदैनन् । देशलाई संकटमा पार्ने हामीहरू हो, तर दोष विदेशीलाई दिइरहेका छौं ।
विदेशीलाई दोष दिनुको के अर्थ ? हाम्रा नेताले समय नदिए उनीहरू आउँदैनन् । समय नदिए उनीहरूले भेट्दैनन् ।
अहिले नेपालमा विदेशीले वामपन्थी गठबन्धन बन्न दिएनन् भन्ने चर्चा सुनिन्छ, त्यो सत्य होइन । नेपालका वामपन्थी पश्चिमा शक्तिहरूका लागि अनुकूल छन् । यस्तो अनुकूल विश्वका अन्य कम्युनिस्ट छैनन् ।
आईएनजीओ र लगानीकर्ताको तर्फबाट सुसम्बन्धमा छन् नेपालका कम्युनिस्टहरू । बरू कांग्रेस उनीहरूका लागि असजिलो छ । नेपालका वामपन्थी शक्ति हाम्रो प्रतिकूल छैनन् भनेर उनीहरूले नै भनेको सुनेको छु ।
एमसीसी लगायतमा देखियो नि, बाहिर नारा लगाउँछन्, भित्र गएर तुरुन्तातुरुन्तै मिलिहाल्छन् । द्वैध चरित्र नभई कम्युनिस्ट होइँदैन भन्ने छाप उनीहरूले बनाएका छन् । त्यसको भरपूर फाइदा अन्तर्राष्ट्रिय शक्तिले उठाएका छन्, अझै उठाउनेवाला छन् ।
(कांग्रेस नेता दीपकुमार उपाध्ययसँग गरिएको कुराकानीमा आधारित)
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...