×

NMB BANK
NIC ASIA

सरकार गठनकाे कसरत

डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित

पुस ३, २०७९

NTC
Premier Steels

चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतवार काठमाडौंकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘वसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो । 

Muktinath Bank

समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो । यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा. गौतमलाई अर्पण गरेका थिए । 

Vianet communication

सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । उनलाई वसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाका टोपी लगाई समारोहमा केक काटेर जन्मदिन मनाइएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै श्री लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले डा. गौतम साहित्यका नित नवीन र घतलाग्दा प्रयोगहरु गर्ने सर्जक रहेका बताए । ‘उहाँप्रति आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो’, चौधरीले भने, ‘महान कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा. गौतम ‘एक युगमा एकदिन एकचोटि जन्मिने’ प्रतिभा हुनहुन्छ ।’

डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाइ थियो । 

आफूलाई डा. गौतमको सान्निध्य प्राप्त भएको र आफूहरुबीचको सम्बन्धको लामो कालखण्ड व्यतित भएको सो अवसरमा चौधरीले बताए । ‘उहाँसँगको साक्षात्कारले मलाई एउटा असीम सम्भावनायुक्त लेखकसँग मात्र होइन, एउटा सहृदयी व्यक्तिसँग भेटेको पनि अनुभूति हुन्छ । उहाँ यस उमेरमा पनि सिर्जनामा उत्तिकै सक्रिय हुनुहुन्छ’, कवि तथा गीतकार समेत रहेका चौधरीले भने, ‘यही प्रेरणाले मलाई पनि लेख्न ऊर्जा मिल्छ ।’ 

हालसम्म ३२ वटा उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जकसमेत रहेको चौधरीको दाबी छ । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् ।

चौधरीले नेपाली साहित्यमा प्रयोगवादी आख्यान र अन्य कृतिहरु डा. गौतमकै तपस्याबाट वरदान पाएर जन्मिएका समेत दाबी गरे । ‘त्यसैले उहाँ साहित्यका एक महान तपस्वी हुनुहुन्छ’, चौधरीले थपे । 

डा. गौतमले आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित हुन पाएकोमा आफूलाई खुशी लागेको बताए । उनले लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य र कला क्षेत्रको उत्थान तथा प्रवद्र्धनमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x