×

द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच सम्झौता

पुस ६, २०७९

द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरूलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउने छ । 

बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ । यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरूले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् । 


Advertisment

उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत सञ्चालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ । यो सम्झौताअनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ । उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धी सुविधाहरू व्यवसायिक स्वाथ्यकर्मीहरूबाट मिल्नेछ । 


Advertisment

यस प्लेटफर्मबारे जानकारी दिँदै प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिँदैन । ९० प्रतिशत स्वास्थ्य समस्याहरू प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ । आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ ।’

ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै, उपकेयर हेल्थकेयरकी सिईओ र सह–संस्थापक डा. सुमित्रा काफ्ले भन्छिन्, ‘ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिबद्ध रहेको हामीले पायौँ । आमाबाबुका आफ्ना सन्तानका लागि दुईवटा कुराहरू राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपूर्ण ठान्छन् । अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ ।’

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरू र कार्यरत कर्मचारीहरूलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रूपमा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्दै आइरहेको छ । विद्यार्थीहरूको लागि नयाँ सम्भावनाहरू अगाडि बढाउन कलेजले विभिन्न क्षेत्रसँग हातेमालोसमेत गर्दै आइरहेको छ । ब्रिटिस कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले भने, ‘युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान हो ।  हामी आफैँले पनि यो सम्झौतामार्फत हाम्रा विद्यार्थीहरूलाई ब्रिटिश अनुभव दिने प्रतिबद्धता गरेका छौँ । यसका लागि उपकेयरबाहेक अर्को विकल्प हुनसक्दैन ।’

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x