×

प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले दियो प्रशिक्षण

पुस २०, २०७९

स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ ।
 
परम्परागतरूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय  परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी सात सय ५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना रहेको  छ ।

स्तरीय परीक्षण निर्माणमा विज्ञको समूहबाट प्रश्नपत्र निर्माण,सुधार, पूर्वपरीक्षण, उपयुक्त प्रश्न छनोट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालनजस्ता कुरा पर्दछन् । स्तरीय परीक्षामा निर्माण गरिएका प्रश्न वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्यामप्रसाद आचार्यले बताए । उनले वैधता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताए ।
 
कार्यशालामा सहभागी ३३ जिल्लाका अङ्ग्रेजी, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेकामा बागमती प्रदेशका १३, गण्डकीका ११, लम्बिनीका छ, मधेस प्रदेशका तीन जिल्लाका प्रशिक्षक सहभागी छन् ।  तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अङ्ग्रेजी विषयमा डा टीकाराम भट्ट र पशुराम तिवारी, गणित विषयमा रमेशप्रसाद अवस्थी तथा विज्ञान विषयमा जयप्रकाशलाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन् । रासस


Advertisment

Advertisment
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x