कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
पुस २५, २०७९
मंसिर ४ को निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरु अपवादबाहेक शालीन ढंगले प्रस्तुत भएका छन् । यस्तै नयाँ पार्टीका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले उत्साहपूर्ण सम्बोधन गरे । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने सामान्य घोचपेचमा उत्रिए ।
प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शीर्ष नेताहरूलाई बोल्न समय दिएका थिए । सो क्रममा नेताहरु सम्हालिँदै शालीन ढंगले प्रस्तुत भएका हुन् ।
बैठकको सुरुवातमा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ दल र अनुहार संसदको पुँजी रहेको भन्दै जनताको परिवर्तनको आशाप्रति ऐक्यबद्धता जनाए ।
‘जनताको हामीमाथि सशर्त जिम्मेवारी छ । निःशर्त छैन । सुशासन दिन सक्छौं । जनताको जीवनलाई सार्थक बनाउन सक्छौँ कि सक्दैछौ । हामीमाथि असाधारण अपेक्षा छ भन्ने बिर्सन हुँदैन । हामी निरन्तर जनताको निगरानीमा छौं ’ प्रचण्डले भने, ‘संसदमा नयाँ दल र अनुहार थपिनुभएको छ । नयाँ दल र अनुहारको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो । केही नयाँ गर्ने हुटहुटी हुनु यो संसदको पूँजी हो । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा आशा र उत्साह जगाउने काम भएको छ ।’
प्रचण्डले नयाँ संसदसँग राष्ट्र र जनताका असाधारण अपेक्षा रहेको भन्दै कसैप्रति पनि असन्तुष्टि र अरुचिको संकेत गरेनन् । बरु नयाँ संसद परीक्षाको केन्द्र भएको भन्दै नसच्चिए नयाँ वेगले परम्परागत दललाई अप्ठ्यारो पार्ने संकेत उनले गरे ।
मुखैमा आएको सत्ता गुमाउनुपरेको पीडा संसदको सबैभन्दा ठूलो दलका रुपमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएनन् । लोकतन्त्र र विकासका लागि संविधानको रक्षाका साथसाथै नैतिक आचरणले देश र जनतालाई बलियो बनाउने टिप्पणी गरे ।
देउवाले संसदलाई धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने जिम्मेवारी भएको आएको समेत बताए । ‘नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सवलीकरणको योगदान गर्न सक्नुपर्छ’ देउवाले भने, ‘हामी सबै सफल हुन सकौं ।’ देउवाको यो अभिव्यक्ति दुईपटक प्रतिनिधिसभा विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित थियो ।
देउवापछि बोलेका ओलीले यसप्रति तत्काल प्रतिक्रिया नदिने तर पछि बोल्ने बताए । देउवाले आफू १८ महिनाअघि अप्रत्याशित रुपमा प्रधानमन्त्री बन्नुपरेको प्रसंगप्रति भने ओलीले फरक मतको संकेत गरे । शुभकामना दिने पहिलो बैठक जवाफ फर्काउने थलो नभएको भन्दै ओली पन्छिन खोजेका थिए । तर पनि उनले नयाँ गठबन्धनको पक्षपोषण गर्दै प्रतिनिधिसभा भंग गर्ने कदमको बचाउमा समय खर्चिए ।
‘प्रतिनिधिभसा भंग गरिनु प्रतिगमन होइन बरु जनताको अधिकार खोनिुचाहिँ प्रतिगमन हो’ ओलीले भने, ‘जनताको अभिमत लिन जनतामा जानु र सार्वभौमसत्ताबाट आदेश पाउनु प्रतिगमन होइन’ ओलीले थपे, ‘संसदबाट सरकार बन्नु र ढल्नुलाई प्रतिगमन भनिँदैन । बरु अन्तैबाट सरकार ढाल्न खोजिन्छ भने त्यसलाई प्रतिगमन भन्छन् ।’ अहिलेको सरकारले विश्वासको मत पाउनेमा कुनै शंका नरहेको पनि उनले दाबी गरे । तर जनतालाई परिवर्तनको बोध गराउन सक्नु सबैभन्दा ठूलो चुनौती देखिएको उनको भनाइ थियो ।
ओलीपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि पहिलो सम्बोधनमा उत्तिकै विनम्र र संयमित देखिए । नयाँ पार्टीलाई विश्वास गरेको भन्दै आम मतदातालाई धन्यवाद दिएका लामिछानेले आफूहरूले पाएको मतलाई निराशा मात्रैको मत भनेर नबुझ्न आग्रह गरे । ‘कतिपयले तपाईंहरुको प्राप्त गर्नुभएको मत निराशाको मत हो भन्नुभएको छ । तर म जनताले दिएको मतलाई आशाको मत हो भन्छु । यो हाम्रो दलको लागि मात्रै होइन’, उनले भने, ‘सम्पूर्ण दलमाथि गरिएको आशाको मत हो । योपटक जनताले जानेर वा नजानेर जसरी मत दिएका छन् । यसमा हामी जस्ता दललाई नमात्तिने गरी र पुरानालाई सच्चिने गरी मत दिनुभएको छ । यसलाई स्वीकार गरेर जानुपर्छ ।’
घण्टीको ध्वनीलाई संसदले सुन्ने भन्दै गृहमन्त्रसमेत रहेका लामिछानेले भ्रष्टाचारविरोधी अभियान चलाउने उद्घोष गरे । आफ्नो मिसन उत्साही जनतालाई नतिजा दिएर अघि बढ्ने रहेको भन्दै लामिछानेले काम गर्न नदिए एमाले र माओवादीको गठबन्धनमा टाँसिएर बसिरहने पक्षमा आफू नभएको पनि बताए ।
यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बरु आफूहरूले पाएको मतलाई पनि स्वीकार्न अन्य दलहरुलाई आह्वान गरे ।
‘हामी कसैले कसैलाई निषेध गरेर मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । देशलाई शिरमा राखेर समस्या सामूहिक रुपमा समाधान गर्न अग्रसर हुन सकौं,’ उनले भने, ‘राप्रपा संसदमा यही जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झैं दृढताका साथ उभिनेछ । राप्रपा मुलुकमा अस्थिरताको कारक बन्ने छैन ।’
जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले नागरिकताको सवालमा मधेसले अझै विभेद सिकार हुनुपरेको भन्दै यसको सम्बोधन गर्न आग्रह गरे । नागरिकता विधेयक तुरुन्तै पारित गरेर वातावरण बनाउनुपर्ने उनको मत थियो ।
चुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूहरू छिनछिनका सरकार परिवर्तनको खेलमा नलाग्ने बताए । उनको अभिव्यक्तिले एकीकृत समाजवादीले मंगलबार प्रचण्डलाई विश्वासको मत दिन खोजेको हो कि भन्ने भान दिन्थ्यो । बरु उनी केपी ओलीले पटकपटक गरेको संसद विघटनविरुद्ध बोले ।
यस्तै संसदमा पहिलो पटकको प्रस्तुतिमा जनमत पार्टीका सिके राउत संयमित देखिए । कुनै समय स्वतन्त्र मधेसको नाममा अभियान चलाएका राउतले गणतन्त्र, संघीयता र लोकतन्त्रले देश र नागरिकलाई बलियो बनाउने बताए ।
‘मेरो नाम लिनै निषेध गरिएको ठाउँमा म आज आउन सफल भएको छु । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो । यसलाई ऊर्जाको रुपमा परिमार्जन गर्न सकौँ । सकारात्मक परिवर्तन गरौं भन्ने आशा र विश्वासले म यहाँ आएको छु’ राउतले भने, ‘विश्वकै उत्कृष्ट व्यवस्था गणतन्त्रलाई संस्थागत गर्न जनमत सधैं तत्पर छु । मधेसमा पहिले नै गणतन्त्र थियो तर खोसियो । खोसिएको गणतन्त्र फेरि प्राप्त हुँदा नागरिकको छोरा पनि आज उच्च पदमा पुग्न सक्छ । यसैले गणतन्त्र, संघीय र लोकतन्त्रप्रति हाम्रो उच्च सम्मान छ ।’
राउतपछि बोलेकी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले टीकापुर घटना बन्द कोठामा नघटाइएको भन्दै रेशम चौधरीलगायतविरुद्ध झुठा मुद्दा लगाइएको आरोप लगाइन् । टीकापुर घटनामा सहभागी नभएका चौधरीलाई मुद्दा लगाएर जेल हाल्नु प्रतिशोध भएको उनले बताइन् । कांग्रेस, एमाले र माओवादी जस्ता ठूलो दलको नेता नहुँदाको कारण चौधरी जेलमा रहेको भन्दै उनको रिहाई आफ्नो बटमलाइन भएकोसमेत प्रष्ट्याइन् ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले गणतन्त्र, संघीयता जस्त मुद्दा अघि सारे पनि दलका नेताले भ्रष्ट मानसिकता अझै नगएको आरोप लगाए । नेताहरूले सत्ता र शक्तिको दुरुपयोग गरेकै कारण मन्त्री, नेता र सांसदप्रति नागरिकमा सम्मानभाव नरहेको उनले बताए ।
यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई प्राज्ञिक थलो बनाउन माग गरे । संसदलाई सरकारको रबर स्ट्याम्प नबनाउन पनि उनले आग्रह गरे ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...