×

NMB BANK
NIC ASIA

सभामुखको चुनावअघि कांग्रेस नेता पौडेल प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे बालुवाटार

माघ ५, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा सभामुखको निर्वाचनअघि बिहीवार बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

Muktinath Bank

बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बसेर सभामुख चयन हुनुअघि पौडेल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर भेटमा सभामुखको निर्वाचनभन्दा पनि राष्ट्रपति निर्वाचनमा छलफल केन्द्रित भएको जानकारी पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले दिए ।  


Advertisment
Nabil box
Kumari

‘हुनलाई आज सभामुखको निर्वाचन हो तर प्रधानमन्त्री र कांग्रेस नेता पौडेलबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बुझेका छौं,’ अधिकारीले लोकान्तरलाई भने, ‘प्रधानमन्त्रीले पनि यसअघिदेखि दलबीच सहमति हुन्छ भने छलफल गरेर सहमतिमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सहितका पदमा अघि बढ्न सकिन्छ कि भन्दै आउनुभएको छ । यसैले भेटघाट भएको हो ।’

Vianet communication

आधा घण्टा भएको भेटमा कुनै सहमति नभए पनि यसअघिदेखिकै छलफलको निरन्तरता भएको जानकारी अधिकारीले दिए । 

बिहीवार प्रतिनिधिसभा सभामुखका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट देवराज घिमिरे र विपक्षबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् । 

अघिल्लो सत्ता गठबन्धन नभत्किएको भए नेता पौडेलको राष्ट्रपति हुने सम्भावना धेरै रहेको बताइन्छ । यसैले पनि पौडेलले अझै राष्ट्रपतिको निर्वाचनमा सहमतिमा कांग्रेस, माओवादी सहितका दल मिलेर अघि बढ्न सकिन्छ कि भनेर भेटघाट गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x