×

NMB BANK
NIC ASIA

सभामुख चयन

को हुन् नवनिर्वाचित सभामुख देवराज घिमिरे ?

माघ ५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभामा बिहीवार भएको मत विभाजनमा १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल २६८ सांसद उपस्थित भएकोमा उनको विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत पर्‍यो ।


Advertisment
Nabil box
Kumari

घिमिरेलाई उनकै दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मत दिए ।

Vianet communication

अन्य ३ स्वतन्त्र सांसदको मत समेत उनको पक्षमा पर्दा नेपाली कांग्रेस, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । नेमकिपा मत दिन्नँ भन्नेमा उभियो ।

ताप्लेजुङ जिल्लाको हाल सिरिजंघा गाउँपालिका वडा नं ३ मा पर्ने भूगोलमा बुवापदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रूपमा २०१३ साल जेठ १३ गते घिमिरेको जन्म भएको थियो ।

निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कूलबाट प्रारम्भिक शिक्षा लिए ।

पछि ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कूलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातकसम्मको अध्ययन पूरा गरे ।

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए। 

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगी संगठन निर्माणमा खटिएका उनले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका घिमिरे २०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका थिए। 

२०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख बनेका घिमिरे २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए। 

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इञ्चार्ज बनेका घिमिरे २०५८ सालमा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज भएका थिए। 

त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जसमेत भएका थिए। 

०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष बनेका उनी २०७८ सालमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज भएका थिए। 

भूमिगत राजनीतिमा होमिएका उनको राजनीतिक गतिविधि नियन्त्रण गर्न पञ्चायत सरकारले पटक–पटक पक्राउ गरेको थियो। 

घिमिरे महाकाली सन्धि पारितका लागि पार्टी (एमाले)भित्र निर्णायक मत दिने नेता थिए ।

२०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका उनी अहिले २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनी झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निकतटम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत ल्याएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x