२० असार २०८३, शनिबार

दक्षिण भारतीय फिल्मको तुलनामा निरीह बलिउड

माघ ६, २०७९
दक्षिण भारतीय फिल्मको तुलनामा निरीह बलिउड

जमाना कहाँबाट कहाँ पुगिसक्यो तर बलिउड अर्थात् मुम्बईया फिल्मिस्तान त्यहीँको त्यहीँ छ । त्यसको दिमाग खाली भइसकेको छ । 

बलिउडले कथा पाउन छोडेको छ । दक्षिण भारतीय फिल्मको अनुवाद गरेर नै बलिउड चलिरहेको छ । चलेको पनि के भन्नु ? घिस्रिरहेको छ । 

जमानाअनुसार त दक्षिण भारतीय फिल्म चलिरहेको छ । त्यसैले त्यहाँका फिल्महरूलाई दर्शकले मन पराइरहेका छन् । 

समीक्षकहरू भन्छन्– फिल्मका नायकहरू गोरा र सुन्दर हुनुपर्छ भन्ने जमाना गयो । फिल्ममा मात्र नभई राजनीति र समाजमा पनि मानिसहरूलाई आफू जस्तै देखिने हिरो चाहिएको छ । आफूहरूसँग घुलमिल गर्न सक्ने हिरो चाहिएको छ । त्यस्तो हिरो मात्र उनीहरू मन पराउँछन् । 

राजनीतिमा पनि त्यही हो । सेतो महंगो कुर्ता पाइजामामा सजिएका राजनेताहरू हेलिकप्टरबाट ओर्लँदा मानिसहरू लुटेरा अंग्रेजहरू सम्झिन्छन् । आफू जस्तो नदेखिने नेतालाई उनीहरू दुःखपीडा पनि सुनाउन मान्दैनन् । 

बलिउडको कुरा गर्दा यो जम्मा ८ हजार करोड रुपैयाँको उद्योग हो । भारतमा त्यसभन्दा ठूलो त जुत्ताको बजार छ । टीभी र न्युज इन्डस्ट्री पनि बलिउडभन्दा ठूलो छ । 

बलिउड फिल्म वितरणलाई बढाउने काम कसैले पनि गरेन । सरकारले पनि यसमा ध्यान दिएन । 

पहिलापहिला बलिउड फिल्म धेरै देशमा हेरिन्थे । तर अहिले त्यो बजार खुम्चिएको छ । हलिउडले २० अर्ब रुपैयाँको फिल्म बनाएर ५० अर्ब कमाइदिन्छ किनकि उसको वितरण प्रणाली बलियो छ । बलिउडका बारेमा कसैले पनि यसरी सोच्दैन । 

बरू बलिउड फिल्मलाई विरोध गर्ने बजार चाहिँ बढेको छ । पठान फिल्मको घोर विरोध यसको ताजा उदाहरण हो । अजीत राय नामक फिल्म समीक्षकले यो फिल्मको नभई शाहरुख खानको विरोध भएको बताए । 

किन यसरी बलिउड फिल्मको विरोध भइरहेको छ भन्नेमा गम्भीर विचारविमर्श भएको छैन । अल्पसंख्यक उग्रेहरूले विरोध गरेर कुनै अर्थ छैन भनी बलिउडवालाहरू घमण्डी कुरा गर्दैछन् । तर बलिउड डुबिरहेको डुंगा साबित हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्