×

NMB BANK
NIC ASIA

संकटमा सरकार

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत पाएनन् भने के हुन्छ ?

माघ २६, २०७९

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त गर्न सकस परेको छ ।

Muktinath Bank

संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र उनले विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । यसअनुसार बिहीवार रावल मुख्यमन्त्री भएको ३० दिन अर्थात् विश्वासको मत लिने अन्तिम दिन हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस २० गते प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८(२) अनुसार पुस २७ गतेभित्र प्रदेश सरकार गठनका लागि २ वा २ भन्दा बढी दललाई गठबन्धन बनाएर सरकारमा दाबी गर्ने समय दिएका थिए । 


Advertisment
Nabil box
Kumari

पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री चयन भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा रावलले माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन पाएका थिए । संविधानको १६८ धाराको उपधारा (१) अनुसार कुनै एउटा मात्र दलले बहुमत प्राप्त गर्न नसक्दा १६८ (२) अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए । 

Vianet communication

यसरी बनेका मुख्यमन्त्रीले धारा १६८ उपधारा ४ अनुसार १ महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

रावल मुख्यमन्त्री बने पनि सरकारलाई समर्थन दिएको ७ सिटको नागरिक उन्मुक्ति पार्टीले विभिन्न शर्त तेस्र्याएपछि प्रदेश सरकार अप्ठ्यारोमा परेका हुन् । विश्वासको मत लिन दिउँसो १ बजेलाई प्रदेशसभा बैठक बोलाइए पनि उन्मुक्तिका ७ सांसद काठमाडौंमा छन् । 

सत्ता गठबन्धनसँगको छलफल र आफ्नै पार्टीसँगको छलफलमा उनीहरू काठमाडौंमा भएकाले विश्वासको मत दिनेमा शंका बढिरहेको छ । दिउँसो १ बजेलाई बोलाइएको संसद बैठक अपराह्न ४ बजेसम्मलाई सारिएको छ तर उन्मुक्तिले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीको रिहाइलाई मुख्य शर्त बनाएको छ ।

बिहीवारै ३ बजेलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ । बैठकबाट उन्मुक्तिको मागलाई सम्बोधन गर्न सकिने वा नसकिनेबारे एउटा निर्णय आउने बुझिएको छ । यो बैठक पूर्व नै उन्मुक्तिलाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली सहितले पहल गरिरहेका छन् । 

यसअघि सरकार गठनमा दाबी गरेका दलका सबै सांसदको समर्थन पाए रावलको निरन्तर मुख्यमन्त्री हुनेछन् । विश्वासको मत नपाए सरकार ढल्नेछ । पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले माओावादीका खगराज भट्ट र एमालेका सन्तोष थापालाई मन्त्रीमा नियुक्त गरेका थिए तर अहिलेसम्म पनि जिम्मेवारी दिन सकेका छैनन् । यहीबीचमा नागरिक उन्मुक्तिले झन् माग तेस्र्याएपछि मुख्यमन्त्री सकसमा परेका हुन् । 

विश्वासको मत नपाएको अवस्थामा के हुन्छ ?

संविधानमा १६८(२) अनुसारको सरकारले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशमा सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । रावलले संसदमा विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेशमा १९ सिट रहेको कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

कांग्रेस सुदूरपश्चिमको संसदीय दलको नेता कमलबहादुर शाह छन् । 

संविधानअनुसार यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके १६८(५) अनुसार संसदको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ तर नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नुपर्नेछ । 

कांग्रेसलाई विश्वासको मत पाउन कति सहज छ ? 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्रका १ गरी ५३ सासद छन् । 

अहिलेको गठबन्धनले बहुमत नपुर्‍याएर सरकार ढले ठूलो दलका रूपमा १९ सिट भएको कांग्रेसलाई यो अवसर आउनेछ । १९ सिट भएको कांग्रेसलाई ४ सिट भएको नेकपा एस र एक स्वतन्त्र सांसदको समर्थनले मात्रै पनि पुग्ने छैन । यस्तो मत २४ मात्रै हुनेछ । यस्तोमा असन्तुष्ट नागरिक उन्मुक्तिले मत दिए ३१ सिटसहित कांग्रेसले बहुमत पुर्‍याउन सक्छ । 

उन्मुक्तिकी अध्यक्ष भन्छिन् – अहिलेसम्म विश्वासको मत दिने अवस्थामा छैनौं

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग सम्बोधन नभएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न सम्भावना कमजोर रहेको बताएकी छन् ।

लोकान्तरसँग कुरा गर्दै चौधरीले रेशम चौधरीको रिहाइ सहितका आफूहरूको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभएकाले विश्वासको मत दिने सम्भावना कम रहेको बताएकी हुन् । 

‘सत्तारुढ दल रेशम चौधरीको रिहाइ सहितका हाम्रो माग पूरा गर्न बाटोमा देखिएको छैन । हाम्रो मुख्य माग नै यहीँ हो,’ चौधरीले भनिन्, ‘यसैले हामीले अहिलेसम्म कसैलाई पनि विश्वासको मत दिने तयारी गरेका छैनौं । माग सम्बोधन नभए विश्वासको मत दिन्नौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x