×

हाम्रो पात्रोले ल्यायो डिजिटल पेमेन्ट सिस्टम ‘हाम्रो पे’, घर र गाडी किन्न सकिने

फागुन ५, २०७९

 लोकप्रिय एप ‘हाम्रो पात्रो’ले नयाँ फिचर थपेको छ । डिजिटल एपमा विभिन्न फिचर राखेर लोकप्रिय भएको हाम्रो पात्रोले पछिल्लो पटक ‘हाम्रो पे अनलाइन पेमेन्ट सिस्टम’ फिचर थपेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी निर्देशक सुदिना गौतमले सपर एपको रुपमा विकास गर्ने योजनाका साथ बैंकिङ ट्रान्सफर, मोबाइल बैंकिङ, खानेपानीको बिल भुक्तानी, विद्युतको बिल भुक्तानी, मोबाइलमा टपअप लगायतका फिचर ‘हाम्रो पे’मा रहेको जानकारी दिइन् । 


Advertisment

हाम्रो पेले नेपालमा रहेका ६ वटा भाषामा सेवा उपलब्ध गराएको छ । कम्पनीका सीईओ शिशिर खनालका अनुसार अङ्ग्रेजी, नेपाली, मैथिली, नेपाल भाषा (नेवारी भाषा), थारु र डोटेली भाषामा सेवा उपलब्ध गराइएको छ । 


Advertisment

‘हामीले युजर फ्रेन्डली होस् भनेर अहिले सुरुमा ६ वटा भाषामा सेवा उपलब्ध गराएका छौँ । यसले नेपाली भाषा तथा संस्कृतिलाई पनि जगेर्ना गर्न सहयोग पुग्छ भन्ने विश्वास हो,’ खनालले भने, ‘प्रयोगकर्तालाई पनि सहज हुने विश्वास लिएका छौं ।’

यो अनलाईन पेमेन्ट सिस्टमले अफलाइन सेवा पनि उपलब्ध गराएको छ । जसले गर्दा इन्टरनेट नहुने ठाउँमा पनि क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न मिल्छ । जसले गर्दा इन्टरनेट खोजिरहनु पर्ने झन्झटबाट मुक्ति मिल्ने खनालले बताए ।

हाम्रो पेमा विश्व भरबाट नेपालीहरूले पैसा पठाउन सक्ने गरी रेमिट्यान्स सुविधा रहेको छ । त्यसमार्फत आफ्नो खातामा कति पैसा छ र कारोबार बारेको जानकारी नेपाली मितिमा हेर्न सकिन्छ । यसको अर्को फिचरका रुपमा मासिकरूपमा भएको खर्च र आम्दानीको लेखा राख्ने काम पनि गर्छ ।

‘हामीले यसमा एउटा फिचर लेखाको रुपमा राखेका छौँ, जसमा महिनाभरी गरेको खर्च केमा कति खर्च गरियो, कसलाई दिइयो भन्ने सबै कुराको तथ्याङ्क राख्छ, जसले आफ्नो मासिक हिसाब किताबको बारेमा जानकारी पाउँछौँ, सीईओ खनालले भने ।

यस एपमा आउने समस्या समाधानका लागि कम्पनीले २४ सै घण्टा कस्टमर सपोर्ट सर्भिस पनि उपलब्ध गराएको छ । यो एपमा ३ प्रकार पैसा लोड गर्न सकिन्छ । पहिलो मोबाइल बैंकिङबाट, दोस्रो विभिन्न बैकहरुबाट र तेस्रो आइपीएस कनेक्टबाट लोड गर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

हाम्रो पेबाट घर र गाडी किन्न सकिने
हाम्रो पेको सिस्टम भविष्यमा घर र गाडी किन्न सकिने गरी विकास गरिएको छ । नेपाल राष्ट्र बैकबाट अनुमति लिएर सेवा सुरु गरेकाले त्यसलाई सुपर एपको रुपमा विकास गरेर अघि बढ्ने योजना रहेको हाम्रा पात्रोकी निर्देशक सुदिना गौतमले बताइन् ।

‘अहिले सानो फिचरबाट सुरुवात गरेका छौँ भविष्यमा यसलाई सुपर एपको रुपमा विकास गरेर घर र गाडी पनि यसैबाट किन्न सक्ने गरी विकास गर्न लागेका छौँ, निर्देशक गौतमले भनिन् ।
 नेपालको डिजिटल नेपाल भन्ने भिजनलाई सहयोग हुने हिसाबले सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने गौतमले बताइन् । अहिले देशभरमा १ करोड भन्दा धेरै जनाले हाम्रो पात्रोको एप डाउनलोड गरेका छन् । त्यो नेपालीहरुको माया भएको र त्यसलाई सधैं नै पाइरहन नयाँ सुविधाहरु ल्याएको उनले बताइन् ।

सन् २०१० देखि डिजिटल पात्रोका रुपमा सुरु भएको नेपाली पात्रोले पछिल्लो समयमा एउटै डिजिटल प्लेटफर्ममा विभिन्न सेवाहरु दिँदै आएको छ । हाम्रो पात्रोले सन् २०१२ बाट राशिफल, स्वास्थ्य लगायतका सेवा सुरु गरेको थियो । यस्तै सन् २०१९ बाट ज्योतिषी सेवा उपलब्ध गराउँदै आएको छ  । यस्तै नेपाली मिडियाहरुसँग सहकार्य गरेर संसारभर समाचारहरू पनि उपलब्ध गराउँदै आएको छ ।

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x