×

प्रचण्डको स्पष्टीकरण

फेरि कांग्रेससँग किन मिल्नुपर्‍यो ? प्रचण्डले दिए यस्ता कारण

फागुन १३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिल्नुपर्नाको कारण खुलाएका छन् ।

केपी ओलीसँगको सत्ता सहकार्य अब पुनगर्ठन हुने भन्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनले नयाँ कोर्स लिने प्रस्ट्याए। 


Advertisment

कांग्रेस नेता महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा नै आयोजित कार्यक्रममा कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपरेको कारणबारे पनि उनले लामो व्याख्या गरे । 


Advertisment

‘राजनीति के हो भन्ने चिन्ताबाट पनि हामी पूरै मुक्त हुने अवस्था छैन । संविधानले नचिनेका नारा फागुन ७ मा गते लागे । हाम्रो गणतन्त्रात्मक संविधान हो । राजा महाराजालाई संविधानले कुनै स्थान दिएको छैन । तर कहीँ कहीँ कुनै कोणबाट संविधान र यसको मर्मलाई अपमानित गर्ने काम भएको छ । ७० वर्षको उपलब्धिलाई अपमान गर्ने काम भयो । यो लोकतन्त्रवादीको निम्ति चुनौती हो भन्ने महसुस गरेँ’, प्रचण्डले भनेका छन्, ‘यसैले स्वाभाविक बाटोतर्फ हिँडेका हौं । सहज र स्वाभाविक प्राकृतिक कोर्स के हुन सक्छ भनेर हेर्दा १२ बुँदेका सहयात्री, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता, संविधान घोषणा गर्दाका सहमत भएका शक्ति मिलेर अगाडि बढे मात्रै देशलाई स्थायित्य र विकास र समृद्धि दिन सकिन्छ भन्नेमा पुगेका हौं ।’

एमाले अध्यक्ष केपी ओलीले पटकपटक संसद विघटन गर्दा पनि धेरै संशय देखिएको उनको भनाइ थियो ।

‘पटकपटक संसद विघटन गर्ने कुरा भयो । संविधानमाथि प्रहार गर्ने स्थिति देखापर्‍यो । म प्रधानमन्त्री भएपछि जुन शक्तिले बडो हैसिएर गतिविधि गतिविधि गरे यो राष्ट्रको हितमा छैन भन्ने मेरो बुझाइ हो,’ उनले भने । 

गणतन्त्रलाई स्वीकार गर्न नसक्नेसँग दुई महिनाको सहकार्यपछि आफू ८ दलीय गठबन्धनबाट अगाडि बढ्नुपरेको उनको भनाइ छ । 

‘बेला बेला उताचरढाव भए पनि फेरि हामी ठीक ठाउँमा आइहाल्छौं । हिजो मैंले निकै खुशी र गर्व महसुस गरें । मैंले प्रधानमन्त्री ८ दलको सहमतिभन्दा अघि नै पाएको थिएँ । तर मेरा लागि मुख्य कुरा देश, जनता, स्थायित्व  र विकास कुन राजनीतिक प्रक्रियाबाट हुन्छ भन्ने मुख्य हो । यसैका निम्ति फेरि एकपटक पहल लिनुपर्छ भन्ने विश्वासको लागि नयाँ अवस्थामा पुगेका हौं ।’

सबैसँग मिलेर जाने प्रयासका लागि एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव गरे पनि उनले नमानेको प्रचण्डले बताए ।  

‘तपाईं र म राष्ट्रिय सहमतिको सूत्रधार बनौं भनेर यही बालुवाटारमा केपी ओलीसँग प्रस्ताव गरें । दुवैले गएर राष्ट्रपति कांग्रेसलाई दिऊँभन्दा मान्नुभएन,’ प्रचण्डले भने ।

ओली नमानेको कारण नै अब सत्ता समीकरण पनि बदलिने स्थितिमा पुगेको प्रचण्डले तर्क गरे। 

‘८ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाइ छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जानु सक्नुहुन्छ । करिबकरिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’, उनले भने, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ ।  सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर फेरि पनि एमालेको सभामुख हुनुहुन्छ । यहाँबाट फुत्किएर जाने अवस्थामा छैन ।’

लोकतन्त्र र राष्ट्रिय हितविपरीत कतै नझुकेकोले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको प्रचण्डले बताए ।

‘रामचन्द्र जी लोकतन्त्र र विचार दर्शनप्रति पाको र प्रतिवद्ध हुनुहुन्छ । यसैले उहाँ लोकतन्त्र र राष्ट्रको हितविपरीत कतै झुक्नुहुँदैन भन्ने मेरो विश्वास छ । यसैले हामीले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं’, प्रचण्डले भने, ‘यसैले ८ दलको सहमति सिंगो देशकै सहमति हो भन्ने मेरो बुझाइ छ ।’

पटकपटक संविधानमाथि प्रहार गर्न थाल्दा सहकार्यमा गएको, गठबन्धन बनाएको, प्रदेश र संघको निर्वाचन गरेको भन्दै उनले कांग्रेससँगको सहकार्य आफ्नो लागि सहज भएको बताए । 

महेन्द्रनारायण निधि नेपाली राजनीतिका अग्रज, विशिष्ट दार्शनिक पहिचान भएका नेता भएको भन्दै प्रचण्डले उनका योगदानलाई आउने पिढींहरूका लागि निरन्तर प्रेरणाको स्रोत बनाउन यस्ता कार्यक्रम आवश्यक भएको पनि बताए ।

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x