×

NMB BANK
NIC ASIA

म १ रुपैयाँ, चौवन्नी पैसा राज्यको कुनै ठाउँबाट गलत आर्जन गर्ने छैन : मुख्यमन्त्री शाह

फागुन २२, २०७९

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् ।

Muktinath Bank

मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगर समितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले जनप्रतिनिधिको गतिविधिका कारण संघीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, ‘हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईंहरूसँगै थिए, आज पनि तपाईंहरूको साथमा छु । भोलि पनि तपाईंसँगै रहनेछु ।’


Advertisment
Nabil box
Kumari

बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्त रूपमा अगाडि बढ्ने बताए ।

Vianet communication

‘जनताको इच्छा आकांक्षा विभिन्न छन् तर पनि प्रदेश सरकारले सीमित स्रोतसाधनका बाबजुद सही सदुपयोग, सही परिचालन गरी अगाडि बढ्नुको विकल्प छैन,’ मुख्यमन्त्री शाहले भने ।

संघीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले संघीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठूलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए ।

उनले भने, ‘म तपाईंलाई भ्रष्टाचारका विषयमा विश्वास दिलाउन चाहन्छु, तपाईंलाई भन्न चाहन्छु मैले जीवनमा केही लिएको छैन, दिएको मात्र छु । म १ रुपैयाँ, चौवन्नी पैसा समेत राज्यको कुनै ठाउँबाट गलतरूपले आर्जन गर्ने छैन, सकभर कसैलाई आर्जन गर्न दिने पनि छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x