मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
अतिथि देवो भव ! अर्थात् पाहुना भगवान् हुन भनिन्छ । हाम्रो देशमा पर्यटक विदेशी मुद्राको स्रोत त हो नै साथै पर्यटनले अन्य विषयमा पनि सहयोग गर्छ । जस्तो कि हस्तकला, घरेलु उत्पादनको बजार, गाउँको विकास गाउँलेको आयस्रोत समेत बढ्छ ।
केही समय अगाडि काम विशेषले दोलखा चरिकोट गएको थिएँ, त्यहाँ होटलमा धेरै विदेशीहरू भेटें । अनि आफू बसेको होटलको मालिकलाई सोधें – दाइ विदेशी त धेरै आउँदा रहेछन्, व्यापार राम्रो होला । उहाँको उत्तर थियो, ‘४ जना विदेशीले एउटा बियर बाँडेर पिउँछन् । नेपाली गेस्टले त एउटैले ४ वटा बियर पिउँछन्, हामीलाई त गोराभन्दा नेपाली नै राम्रो ।’
‘होटललाई दोस्रो घर’ पनि मानिन्छ । त्यसैले हामी घरमा जे पाउँछौं, होटलमा त्यो पाउने अपेक्षा राख्छौं । यो अनर्थ होइन, किनकि होटलका लागि पाहुनाले शुल्क तिरेको हुन्छ, त्यसबापत ऊ सेवा चाहन्छ ।
आफू पनि पर्यटन क्षेत्रमा काम गरिसकेको भएर होला होटलमा भए गरेका गतिविधिबारे मेरो चासो रहन्छ नै । साथै म पर्यटनबाट देशलाई उँभो लगाउन सकिन्छ भन्ने मान्यता बोकेको मानिस भएकाले यस क्षेत्रमा सुधार, स्तरोन्नति र विकास चाहन्छु ।
घुम्ने क्रममा राजधानीदेखि झण्डै ११० किलोमिटर परको एकस्थानमा रात्री विश्राम गर्ने जमर्को मिल्यो । हामी ७ जना थियौं । रातिको समय भएकाले होटल पाउन मुुस्किल थियो । धेरै होटल चहारेपछि एक होटल भेटियो । अचम्मको कुरा के भने त्यो होटलमा अधिकांश कुरा मालिक स्वयंले गर्दथ्यो तर कर्मचारीहरू पनि थिए । लोकल कुखुराको मासु खान मन लागेको बताएपछि होटल मालिकले स्वयं हातमा जिउँदो कुखुरा झुण्ड्याएर हामीलाई कुखुरा देखाएर कस्तो कुन रंगको कुखुरा खाने भनेर सोधे ।
करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा पौडीपोखरी समेत थियो तर मालिकको व्यवहार देखेर ताजुब लाग्यो । सामान्यतया मालिकहरू आफैं यसरी खटेको देखिन्न ।
राति अबेरसम्म रमाइलो गरेर खाइपिई गरियो । हामी मध्येकै साथीलाई ‘हट लेमन हनि’ खान मन लाग्यो र वेटरलाई भन्यौं र वेटरले तातो पानी ग्लासमा र २ वटा प्लेटमा हनि र कागती ल्यायो । यो अर्को रमाइलो थियो । यसरी खाइपिई गरेर अबेर सुतियो । बिहान सबेरै उठ्नुपर्छ, उठाइदिनुहोला । हामी सबेरै जाने हो भनेर वेटरलाई जानकारी समेत गराइयो तर बिहान उठेर ‘चेकआउट’ गर्न तयारी गर्दासम्म होटलका न गार्ड न कर्मचारी न मालिकको अत्तोपत्तो थियो । एक मन त केही नभनी भागौं जस्तो लाग्यो तर फेरि यस्तो गर्नुहुन्न उनीहरू प्रोफेसनल नभए पनि हामीले इमान छाड्नहुन्न भन्ने लाग्यो ।
चारैतिर खोजियो । बल्लबल्ल वेटर आँखा मिच्दै आए तर उनलाई बिल काट्न आउँदो रहेनछ । मालिकलाई बोलाए, हामीसँग पैसा थिएन । बिल तिर्न होटलमा क्युआर कोडबाट तिर्ने व्यवस्था रहेछ ।
बाँच्नु मात्र पर्छ, दुनियाँमा के–के मात्र देख्न पाइन्छ भनेझैं एक संस्थामा काम गर्दा संस्थामा आएका पाहुनालाई मःम खुवाउन भनेर अर्डर गर्न नजिकैको सानो खाजा पसलमा गएँ । पढे–लेखेका मानिस जागिर खाएर, जागिर छाडी मःम पसल शुरू गरेका ती मःम पसले दाइ, जसको पसलमा हामी दैनिक खाजा खाने गर्दथ्यौं, उहाँलाई मःमको अर्डर लिनुहोस् भन्दा उहाँले मेरो पसलको क्षमता जम्मा ५० प्लेट मःमको हो, दैनिक आउने ग्राहकलाई दिनै पर्यो, तपाईंको धेरै अर्डर लिँदा कि त मःमको संख्या घटाउनुपर्यो कि साइज । मलाई बेइमानी गरेर पसल चलाउनु छैन भन्नुभयो । त्यो दिनदेखि उहाँप्रति मेरो श्रद्धा अझ बढ्यो । सबैले ठाउँ पाउनासाथ लुट्छन् भन्ने मेरो सोचमा परिवर्तन गर्न बाध्य भएँ ।
करीब १८ वर्ष अगाडि होटल तालिम केन्द्रमा काम गर्ने अवसर मिलेको थियो । त्यसबेला होटल तथा रेस्टुराँ वेटर, कूक, हाउस किपरको तालिम सीप र योग्यताबारे धेरथोर बुझ्ने अवसर मिलेको थियो । भलै आफूमा त्यो विषयको शैक्षिक अध्ययन थिएन । यस क्रममा काठमाडौंका सम्भ्रान्तले आफ्नो घरको भान्से बाहुनलाई मिठो खाना पकाउने तालिम दिन अनुरोध गरेको राम्रै स्मरण छ ।
पर्यटक आए देशमा विदेशी मुद्रा भित्रिने त पक्का हो, त्यसमा द्विविधा छैन तर साँझ भए पनि बेकरी शपमा ५० प्रतिशत छुटमा बेकरी किन्न लाम लाग्ने विदेशी पर्यटकको संख्या पनि उल्लेख्य छ । हुन त केही पर्यटकहरू एयरपोर्टबाट सिधै फाइभ स्टार होटल अनि माउन्टेन फ्लाइट गर्छन् ।
२ वर्ष अगाडि हलेसी महादेव घुम्न गइयो, त्यो बेला दूधको चिया खान मन लागेर रेस्टुराँमा जाँदा पिउने पानी त पाउन मुस्किल छ, कहाँ पाउनु पानी । वस्तुभाउलाई खुवाउन पानी नै नभएपछि कसरी वस्तु पाल्ने ? यस्ता अचम्मका अनुभव यात्रामा पाइन्छ । हाम्रा देशका अमूल्य निधिलाई पर्यटनसँग जोड्न सके मुलुकको उन्नतिमा सहज हुन्थ्यो होला ।
मुलुकको नजिकका छिमेकी पर्यटक आए मात्र पनि हामीलाई पुग्छ भनेको सुनिन्छ । नेपालमा आउने पर्यटकमा भारतीयको संख्या उल्लेख्य छ तर दुवै पर्यटक कम खर्च गर्छन्, भारतीयहरू गाडीमै यावत कुरा बन्दोबस्ती बोकेर आउँछन् । उता चिनियाँहरू सस्तो कोठा होटल खोज्दै हिँड्छन् । अमेरिकी तथा युरोपियनहरू हामी कहाँभन्दा पनि राम्रा पर्यटकीयस्थल त्यहाँ नै छन् । ट्रेकिङ गर्ने भने पनि सबैतिर डोजर स्काइभेटर लगाएर धुलाम्य र हिलाम्य छ, जसमा पर्यटक आकर्षण छैन । उनीहरूकोमा प्राकृतिक सौन्दर्य नभए पनि ‘म्यान मेड ब्युटी’ छ । हामीकहाँ प्राकृतिक सौन्दर्य त छ तर हामी स्वयं भूत भएर कुरूप पार्दैछौं । अर्कोतर्फ सडकमा फोहोर प्लाष्टिकको डंगुर छ, दुर्गन्ध फैलिएको छ, सुरक्षा छैन, यातायात हवाई होस् या स्थल अव्यवस्था छ । गाडी र प्लेन चढेर गन्तव्यमा पुगिन्छ या पुगिन्न भन्न गाह्रो छ ।
घानाकी लेखक लैला गिफ्टी आकिताको अनुसार ‘पर्यटकहरू सफा शहर घुम्न चाहन्छन्’ । हामी यो कुरा मान्न तयार छौं त ? फोहोरलाई सामान्य मान्ने, फोहोरमा सरकार गिराउने र फाल्ने हाम्रो संकीर्ण, निकृष्ट सोच पर्यटनका लागि बाधक छ ।
यदाकदा मेडिकल टुरिज्मको कुरा सुनिन्छ । हामी उपचार गर्न बैंकक जान्छौं । हामीले सस्तोमा सेवा दिन सक्यौं भने विदेशीहरू हामी कहाँ आउँछन् । हुन त पाल्पाको मिसन अस्पतालमा भारतको लखनउसम्मबाट मानिसहरू आउँछन् र तराईका आँखा अस्पतालमा उपचार गर्न भारतीयहरू आउँछन् । हाम्रा मेडिकल कलेजहरूमा प्रशस्त विदेशी विद्यार्थीहरू छन् ।
सन् २००४ तिर संयोगले १ जना फ्रान्सेली महिलाको पथ प्रदर्शक भएर घान्द्रुकतिर जाँदा ती महिलाले ३ दिनसम्म पानी पिइनन्, केवल कोक मात्र पिइन् । साथै खाना पनि खाइनन् । केवल चिकन टिक्का मसला खाइन्, आफूसँग रहेको चकलेट खाइन् । मैले सोधें, ‘तिमी किन खान्नौ ।’ उनले भनिन्, ‘मलाई पानी र खानाले पेट दुख्छ, सुरक्षित लाग्दैन ।’ अब हामी सोचौं छातिमा हात राखेर हाम्रो पर्यटनको समस्या के हो ?
पर्यटन बोर्डमा राजनीतिक नेतृत्व हुने भएकाले पनि खास उपलब्धिमूलक काम हुन सकेन । किनकि नेतृत्वले राजनीतिक वृत्तलाई खुशी पार्नुपर्छ । पर्यटन उकास्ने काम नगर्दा पनि हुन्छ । अलग्गै अधिकारसम्पन्न निकाय बनाउँदैमा काम हुन्छ, नतिजा आउँछ भन्ने कुरा गलत हो । हामी सबैमा जागिर धान्ने प्रवृत्ति छ, काम गर्ने सोचविचार भावना कम छ ।
नेपालका होटल रेस्टुराँमा सेवाको भावना कमजोर छ । हुन त नेपाल घुमेका विदेशीहरू नेपाली सरल, हँसिला हुन्छन् भन्ने प्रतिक्रिया दिन्छन् तर पर्यटकहरू यहाँबाट खुशी भएर स्वदेश फर्केको र अरु साथीलाई नेपाल घुम्न सुझाएको घटना कम छ ।
केही वर्षयता नेपालमा होटल रिसोर्ट खोल्ने होड छ । बैंकको लगानी छ । चल्ने–चलाउने पर्यटक ल्याउने योजना शून्य छ । मन्त्री आउँछन्, जान्छन्, काम गर्दैनन्, कुरा मात्र गर्छन् । कुराले मात्र पर्यटक भित्र्याउन मुस्किल छ ।
जीवनमा तिमीले सोचेको ठाउँमा भ्रमण गर्न पाएनौं भने जीवन व्यर्थ हुन्छ भन्ने विदेशीहरू भ्रमण जीवनको अभिन्न अंग मान्छन् । त्यस्तो विचार लिनेहरू हाम्रा पाहुना हुन् भने हामीमा त्यो पाहुनालाई दिने सुविधा सत्कार, सम्मान, माया, प्रेम उनीहरूको सोच मुताविक हुनुपर्छ, तब पर्यटन बढ्छ । पर्यटक ल्याउन बसाई लम्ब्याउन सबै क्षेत्रले पहल गर्नुपर्छ, क्षेत्रहरूमा बुकिङबाट शुरू भएर पर्यटक नेपालबाट जहाज चढेर आफ्नो मुलुक नफर्किंदासम्म हुन्छ । जहाज बुकिङ, होटल बुकिङ, ट्रेक टूर बुकिङ, साहसिक खेल, यात्रा बुकिङ आदि समेत पर्दछन्, हरेक विन्दुमा सबैले अनुशासन र सत्कार तथा इमान्दारितापूर्वक कार्य गर्नुपर्छ । हामी कहाँ हरेक विन्दुमा लुट्ने कुसंस्कार छ, त्यसपछि अर्को पर्यटक आउने सम्भावना कम हुन्छ । किनकि उनीहरूमा सञ्चार व्यापक छ, यो मननीय पक्ष हो । अनुगमन र नियमन शून्य हाम्रो देशमा पर्यटन व्यवसाय धरापमा छ । हामी सम्भावना बोकेको क्षेत्र त भन्छौं तर व्यवहारमा ‘वन सट बिजनेस’ जस्तो गर्छौं, सरकारको प्राथमिकता छैन । कुरामा पर्यटन भनिन्छ तर पर्यटन उकास्ने व्यवहार पटक्कै छैन ।
मूलतः आफू होटल रेस्टुराँमा संलग्न भएको अनुभवले गर्दा सफा, स्वस्थकर, समयमा उपलब्धता, सही मूल्य, उपयुक्त सत्कारलाई ध्यान दिनुपर्छ ।
चाहे होटल रेस्टुरामा खाना ढिलो हुँदा होस् वा हल्लाखल्लाको वातावरण या चर्को मूल्य, खानामा शुद्धता, सत्कारमा कमी, बोलीमा शिष्टता र नम्रता, समयमा प्रतिबद्धता आदि खास कुराहरू हुन्, जुन हामीकहाँ बिरलै भेटिन्छ ।
हस्पिटालिटी उद्योग भनेपछि अरु कुरा व्याख्या गर्न जरुरी छैन, यद्यपि हामी हरेक विषयमा चुकेका छौं । यो प्रत्यक्ष मानवसँग सम्बन्धित भएकाले अरु व्यवसाय जस्तो होइन । पक्कै पनि मानिस आफूले भोग्ने र देख्ने भएपछि तत्काल मूल्याकंन हुन्छ । हामी हरेक विषयमा टालटुल, लटरपटर, झारा टार्ने काम गर्छाैं, त्यो घातक हुन्छ, जसबाट हामी धेरै गुमाउँछौं ।
हाम्रा होटल र रेस्टुराँमा दिइने सेवाबारे महात्म्य नै लेख्न सकिन्छ, हुन त यो कुरा गर्दा नेपालमा कुन क्षेत्र राम्रो छ र होटलको मात्र टीकाटिप्पणी गर्ने भन्ने कुरा पनि अवश्य आउँछ तर हामी हाम्रो एकमात्र भरपर्दो सम्भावना भएको कुरा उठिरहँदा सुधारका लागि सोच्नु, बोल्नु, कुरा उठाउनु अपराध होइन ।
केही समय नेपाल र केही समय विदेशमा काम गर्दाको अनुभवका आधारमा हामी पर्यटन क्षेत्रमा रहेका कमीकमजोरी केलाउन सकिन्छ, जसमा सरसफाइ, भाषागत ज्ञान, गुणस्तर, सेवा प्रदायकको समर्पण, कानूनी तथा नियमहरूको दबाब, सुरक्षा चुनौती, प्रदूषण, फोहोर, बन्द हड्ताल, जुलुस, चक्काजाम, मजदुर आन्दोलन आदि हुन्, जसमा काबु बाहिरको परिस्थितिबाहेक अन्य कुराहरूमा सुधार सम्भव छ । जुन हामी सेवा प्रदायक मुलुुकले पेशाकर्मी र व्यवसायीको पहलबाट मात्र पनि विना पैसा धेरै कुराको सुधार गर्न सकिन्छ ।
‘लोन्ली प्लानेट’ हेरेर नेपाल आएका पर्यटकलाई पाइलैपिच्छे ठग्ने, लुट्ने कमजोर सेवा दिने तर मूल्य गुणस्तरको लिने, बढी असुल्ने सोचमा परिवर्तन आवश्यक छ । किनकि उनीहरूले नेपाल आउनुपूर्व नेपालबारे अधिक जानकारी लिएर, बुझेर पढेर आएका हुन्छन् ।
होटलमा हाउस किपिङदेखि किचन, ट्वाइलेट, तन्ना, बेड, पिलोसम्म गाइडदेखि पोर्टरसम्म, ड्राइभरदेखि कूकसम्म, स्टार्टरदेखि डिर्जटसम्म, ट्रेकदेखि माउन्टेनियरिङसम्म, रिसेप्सनदेखि रुमसम्म सुधार गर्न आवश्यक छ ।
सन् १९९८ मा भएको भिजिट नेपाल अभियानबाट आजसम्म आइपुग्दा टुरिस्ट या क्वालिटी टुरिस्ट खुल्न सकेको छैन । सन् १९९८ मा नै ६ लाख पर्यटक आएका थिए, त्यो बेला भारतीय पर्यटकको संख्या एकतिहाइ थियो । पर्यटकको नेपाल बसाइ लम्ब्याउने भनिन्छ तर पर्यटक अल्मल्याउने क्षेत्र, सेवा, स्थान, माध्यम खै ? हामीले सोचेको होमस्टे, एडभान्चर टुरिज्म अग्र्यानिक फूड, जे भने पनि नेपाल बसाइको दिन लम्ब्याउन र बढाउन खासमा बढी मेहनत गर्नुपर्छ, हामी आफू सुध्रिन कोही तयार छैनौं ।
हाम्रा सगरमाथा, लुम्बिनी, बुद्ध, पशुपतिनाथ, चरा, फूल, उच्च शृंखलालाई ब्रान्डिङ गर्न सके हामी पर्यटन उठाउन सक्छौं । निकाय नै नहुनु या बढी निकाय हुनु आफैंमा गलत हो । हामी कहाँ यही भइरहेको छ, पर्यटन भन्छौं तर १० बजे रेस्टुरा बन्द, बार, डिस्को आदिमा अनेकन नियमन, क्यासिनोमा सधैं मजदुर विवाद, लिकर्समा कडाइ आदि यी त सामान्य उदाहरण हुन्, अझ विशिष्ट उदाहारण धेरै छन् ।
प्रोफेसनालिज्मको अभावमा कामचलाउ पारामा पर्यटन व्यवसाय चलेको छ । जसमा पर्यटन पुनः फर्किने, अरुलाई सिफारिस गर्ने अवस्था कम छ । बरु आन्तरिक पर्यटनलाई पनि विकास गरेमा केही राहत होला । हुन त सरकारले कर्मचारीलाई पर्यटन काज दिएको छ । दुर्लभ विदेशी मुद्राका लागि बाह्य पर्यटनमा जोडिनुपर्छ साथै राष्ट्रिय ध्वजाबाहक सुधार्नुपर्छ ।
जहाँतहीँ होटल र रेस्टुरा खुलेका छन् तर सेवामा कमी छ । पेशागत दक्षता छैन । ज्ञान, सीप, अनुभव, लगाव, समर्पण छैन । भए भरको चर्को व्याजमा लगानी छ । त्यस लगानी उठाउने केवल लालशा छ । जसबाट पर्यटनमा नकारात्मक प्रभाव पर्दछ । झूटो बोल्नुलाई पेशागत दक्षता मानेको अवस्था छ । इमान्दारिता, दीर्घकालको सोच बिल्कुल छैन । क्षणिक पैसा कमाउने होड र लगाव छ । सेवा दिएर पैसा लिनु स्वाभाविक हो तर हामीकहाँ सेवा विना पैसा लिइन्छ ।
सरी, थ्यांक यू, पार्डन मि, बाई, हलो, हाई, ग्रिटिङ्स, हँसिलो बोली अनिवार्य शर्त रहेको पर्यटनमा सेवा प्रदायकले सेवाग्राहीलाई कसरी सेवा दिने भन्ने विषयमा तालिम, ज्ञान, सीप, दक्षता दिएर प्रोफेसनल बनाएमा पर्यटन क्षेत्र सुधार सम्भव छ, त्यो मुख्य कमी छ ।
घरबाहिर खाने चलन बढेको अवस्थामा रेस्टुरा, होटलमा सेवा गुणस्तर सुधार, मूल्य परिमार्जन, सरसफाईमा सोच्ने बेला भएको छ । ग्राहक बढेसँगै सेवा उद्योगमा विदेशी व्यवसायी आउने क्रम छ । जसबाट हाम्रो पाई अर्थात् भाग खोसिन सक्छ, बेलैमा होस गरौं । ग्राहकलाई सेवा चाहिएको छ, राष्ट्रियता भनेर सम्झौता गर्दैनन् ।
वातावरण पर्यावरण बिग्रेर, हिउँ पल्लेर, हाम्रा हिउँ शृंखलाहरू दिनानुदिन उजाड बन्दैछन् । हिमालमा हिउँ छैन । हिमालमा हिउँ नपरेपछि खेती पनि हुन्न, हिमालीको जीवन कष्टकर हुँदैछ ।
धुवाँरहित सेवा उद्योगमा आकर्षण बढी छ तर पर्यटकलाई सन्तुष्टि दिने खालको गुणस्तरीय सेवा कम छ । तसर्थ पर्यटन क्षेत्रका नियमक निकायले खाली लाइसेन्स मात्र होइन, अनुगमन, नियन्त्रण, व्यवस्थापनमा जुट्न जरुरी छ ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...