×

NMB BANK
NIC ASIA

मनोरञ्जन

दोस्रो फिल्मका लागि शुभेच्छालाई किन लाग्यो ४ वर्ष ?

चैत १८, २०७९

NTC
Premier Steels

४ वर्षअघि प्रदर्शनमा आएको ‘रणवीर’बाट फिल्म उद्योगमा भित्रिएकी हुन् शुभेच्छा खड्का । सन् २०१२ मा मिस नेपाल इन्टरनेसनलको ताज पहिरिएकी शुभेच्छाले त्यसको झण्डै ७ वर्षपछि फिल्ममा पदार्पण गरेकी थिइन् । 

Muktinath Bank

शुक्रवारबाट उनी अभिनित ‘प्रेमा’ प्रदर्शनमा आएको छ, जुन उनको दोस्रो फिल्म हो । ४ वर्षपछि दोस्रो फिल्म रिलिज हुँदा यसबीचमा कतिपयले उनलाई ‘अफर’ नै नआएर हो कि समेत भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि शुभेच्छा भने कोरोनाका कारण केही ग्यापजस्तो देखिएको बताउँछिन् । ‘ग्याप भयो तर कोरोनाका कारण पनि अलि धेरै वर्षजस्तो देखिएको हो,’ उनले लोकान्तरसँग भनिन्, ‘२०१८ मा पहिलो फिल्म रिलिज भएको थियो । २०१९ मा १ वर्ष ग्याप भयो । त्यसपछि त कोरोनाका कारण खास्सै गतिविधिहरू नै भएनन् ।’


Advertisment
Nabil box
Kumari

त्यसबीचमा उनले केही फिल्मको स्क्रिप्ट नसुनेकी होइनन् । यद्यपि उनलाई खास्सै चित्त बुझेन ।

Vianet communication

‘लीड कलाकारको रूपमा, टाइटल क्यारेक्टर भएको फिल्मका अफरहरू नआएका होइनन् तर ती स्क्रिप्टमा म कनेक्ट हुन नै सकिनँ । खास्सै चित्त नबुझेको महसूस भएर काम गरिहालौं भन्ने लागेन,’ उनको दाबी छ, ‘म हिरोइन हुन्छु, पपुलर हुन्छु भनेर काम गरेको भए ६–७ वटा फिल्म गरिसकेकी हुन्थें तर मैले त्यसरी कहिल्यै पनि सोचिनँ ।’ 

उनको पहिलो फिल्मले प्रशंसा पाए पनि व्यावसायिक सफलता पाउन सकेको थिएन । फिल्ममा शुभेच्छाको भूमिका पनि अलि छोटो थियो ।

दोस्रो फिल्ममा उनी लीड क्यारेक्टरमा छिन् । करिअरको दोस्रो फिल्ममै टाइटललाई प्रतिनिधित्व गरेर अभिनय गर्न पाउँदा उनी उत्साहित छिन् । ‘फिल्मको कथा एकदमै राम्रो छ, त्यसमाथि टाइटल आफैंले बोकेर हिँड्दा एकदमै खुशी छु,’ उनी सुनिन्छिन्, ‘तर टाइटल क्यारेक्टरमा हुँदा जिम्मेवारी पनि महसूस हुँदो रहेछ ।’ ‘प्रेमा’मा धेरै मेहनत गरेको र राम्रो बनेको बताउँदै शुभेच्छाले फिल्म चल्नुपर्छ भन्ने आफ्नो मनमा खेलिरहेको बताइन् ।

शुभेच्छालाई लाग्छ, फिल्ममा भूमिका लामोभन्दा पनि क्यारेक्टर ‘पावर फूल’ हुनुपर्छ । बक्स अफिसमा जे जस्तो व्यापार गरे पनि हेर्ने दर्शकले भूमिकालाई वाह भनून् भन्ने उनी चाहन्छिन् । ‘रोल सानो थियो तर राम्रै काम गरेछ भन्ने होस् भन्ने पहिल्यैदेखि सोँच्थें,’ उनी भन्छिन् ।

‘प्रेमा’ले बक्स अफिसमा कस्तो कमाइ गर्छ ? त्यो त उनलाई थाहा छैन तर हेरेका दर्शकले फिल्मलाई मन पराउने विश्वास उनको छ । उनी भन्छिन्, ‘हलमा वा यूट्युबमा राखिसकेपछि फिल्म हेर्ने दर्शकले वाह ! राम्रो काम गरेछ भन्नुहुनेछ भन्नेमा ढुक्क छु ।’

nullउसो त शुभेच्छा मिस नेपाल इन्टरनेसनल हुँदासम्म फिल्ममा आउनेमा ढुक्क थिइनन् । त्यसपछि कार्यक्रम होस्ट एवं टेलिभिजन कार्यक्रम र विज्ञापन मोडलिङमै सक्रिय थिइन् । त्यसबखत पनि उनलाई थुप्रै फिल्मबाट ‘अफर’ पुगेका थिए । थुप्रै फिल्मको कथा उनले सुनेकी थिइन् तर फिल्ममा आइहाल्ने निर्णय गर्न सकिरहेकी थिइनन् । फिल्म खेल्दा दर्शकले आफूलाई अपनाउने होलान् कि नहोलान् भन्ने डरका कारण शुरूमा काम गर्न मानिनन् उनले । 

त्यसपश्चात निर्देशक गोविन्दसिंह भण्डारी ‘रणवीर’को कथा लिएर उनीसँग पुगे । ‘जब गोविन्द दाइलाई भेटें, फिल्ममा आउने कन्फिडेन्ड आयो । त्यसमाथि जुर्नु पनि पर्दो रहेछ जस्तो लाग्छ,’ उनी भन्छिन् ।

पहिलो फिल्मबाट धेरै कुरा सिक्न पाएको उनले बताइन् । त्यसपछि उनमा फिल्मप्रतिको मोह बढेर गयो । उनले वरिष्ठ रंगकर्मी अनुप बरालसँग ३ महिनाको अभिनय प्रशिक्षण कोर्स लिइन् । ‘किनकि म अब फिल्म गर्नु छ, अब अभिनय सिकेरै फिल्म गर्छु, नत्र फिल्म नै खेल्दिनँ भन्नेसम्म पुगेकी थिएँ,’ उनले अभिनय प्रशिक्षण लिनुको कारणबारे अगाडि भनिन्, ‘कलाकार भइसकेपछि सबै क्यारेक्टर गर्नुपर्छ । हाँस्ने, नाच्ने, ब्युटीफूल सट देखाउने मात्रै हुँदैन नि फिल्म । त्यहाँ कति धेरै भावना देखाउनुपर्छ । त्यसको लागि अभिनय क्लास लिएकी हुँ ।’

पहिलोभन्दा दोस्रोमा आफ्नो अभिनयमा ‘ग्रोथ’ भएको दर्शकले देख्न पाउने उनी बताउँछिन् । ‘प्रेमा’मा शुभेच्छाको अपोजिटमा ‘महापुरुष’ फ्रेम्ड अभिनेता अरुण क्षेत्री छन् । अभिनेत्री सृष्टि श्रेष्ठले पनि फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी छन् । 

null

अभिनेत्री शुभेच्छा ‘प्रेमा’ प्रदर्शन भइरहँदा नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेकी छन् । ‘स्क्रिप्ट मन परिरहेको छ । हेरौं के हुन्छ,’ उनी भन्छिन्, ‘फिल्म अभिनयलाई त निरन्तरता दिनेछु । अन्य फिल्मका कुराहरू पनि भइरहेको छ । राम्रो काम गर्ने अठोट छ ।’ शुभेच्छाले २ महिनाअघि मात्रै प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । विवाह १–२ वर्षभित्र गर्ने उनको योजना छ ।

शुभेच्छा व्यवसायमा पनि सक्रिय छिन् । ललितपुरको पुल्चोकमा रहेको ला प्लाजा नामक रेस्टुरेन्टसँगै पानीको व्यवसायमा उनी आवद्ध छिन् । ‘कार्यक्रम उद्घोषण, अभिनयसँगै व्यवसायमा पनि सँगसँगै लगिरहेकी छु,’ कुराकानीको विट मार्दै उनले भनिन्, ‘आगामी दिनमा पनि यिनै क्षेत्रमा व्यस्त हुनेछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x