कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
चैत २१, २०७९
आफूबाट फुत्किएको सत्ता प्राप्त गर्न निकै पापड बेलेको नेपाली कांग्रेस सरकार विस्तार गर्दा मन्त्री चयनको किचलोमा फस्न पुगेको छ ।
राष्ट्रपति निर्वाचनमा माओवादीलाई आफूतिर तानेर सत्ता समीकरण फेर्न सफल भएको कांग्रेस आन्तरिक भागबण्डा मिलाउन नसक्दा समस्यामा परेको हो ।
झण्डै एक महिना १६ वटा मन्त्रालय आफैंसँग राखेपछि गत शुक्रबार बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गरेका थिए । तर, अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या गरी ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । कांग्रेसको आन्तरिक किचलोले गर्दा प्रचण्डले चाहेर पनि फेरि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।
गत शुक्रबार कांग्रेसभित्रको किचलोका कारण ६ वटा मन्त्रालय आफैंसँग राखेर प्रधानमन्त्रीले १० वटाको जिम्मेवारी बाँडफाँट गरेका थिए ।
कांग्रेसमा सभापति शेरबहादुर देउवाले २ वटा मन्त्रालय लिन आग्रह गरे पनि शेखर पक्षले ३ वटामा दाबी गरेको छ । तर देउवा तत्काल मन्त्री चयन नै नगर्ने र ढिलोचाँडो गलाउने नीतिमा लागेका छन् । शेखर पक्षले अझै पनि तीनवटा मन्त्रालय नदिए आफ्नो पक्षले सरकारमा नाम नपठाउने अडान लिइरहेको छ ।
‘साथीहरूको व्यवस्थापनमा समस्या हुन्छ भनेर शेखर दाइले शुरूदेखि नै तीनवटा मन्त्रालयका लागि अडान राख्दै आउनुभएको छ । यो अडानबाट हाम्रो पक्ष अलिकति पनि यताउता गर्ने पक्षमा छैन,’ सहमहामन्त्री जीवन परियारले भने, ‘तीनवटा फूल मन्त्रालय नदिएसम्म हाम्रो पक्ष सरकारमा सहभागी हुँदैन । हामी सभापतिले कतिखेर तीनवटा मन्त्रालयको प्रस्ताव गर्नुहुन्छ भनेर कुरेर बसेका छौं ।’
सभापति देउवाका स्वकीय सचिव भानु देउवा अबको ३/४ दिनमा कांग्रेसका सबै मन्त्री टुंगिने बताउँछन् । ‘पहिले नै एकैपटक सरकार विस्तारको तयारी थियो । तर, त्यतिखेर सबैको शपथ सम्भव भएन,’ भानुले भने, ‘अब ३/४ दिनभित्र बाँकी मन्त्री पनि टुंगो लगाउने तयारी सभापतिको छ ।’ तर सभापतिले कसरी मिलाउँदै छन् भन्ने कुरा भने उनले खुलाउन चाहेनन् ।
कांग्रेसले पाउने ८ मन्त्रालयमा शेखर पक्षले कुनै समय २ वटामा पनि मान्ने मानसिकता बनाएको थियो । तर, देउवाले कांग्रेस प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला पक्षलाई पनि हिस्सा नदिएपछि शेखर पक्षले तीनवटै मन्त्रालयको अडान बलियो चर्काएको हो ।
‘पार्टीमा सबै पक्ष समेटिन्छन् र सम्मानजनक हिस्सा सबैको हुन्छ भने पहिले २ वटा मन्त्रालय पनि लिएर जान सकिन्छ भन्ने भएको हो । तर हामीलाई दुईवटा दिएर बाँकी ६ वटा संस्थापनले राख्न खोजेपछि समस्या भएको हो,’ सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘मिलाउनुको सट्टामा एकलौटी गर्न खोजेपछि कुरा मिल्न सकेन । २ वटा मात्र दिने अडानमा बसे अझै कुरा मिल्दैन ।’
दुईवटा मन्त्रालयमा शेखरले नमान्ने भएपछि देउवाले एउटा राज्यमन्त्री दिने प्रस्ताव पठाएका थिए । तर उनीहरूले यो प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका छन् ।
‘मिलाउने नाममा राज्यमन्त्रीको कार्ड फालेर निर्वाचित सहमहामन्त्रीलाई मनाउन सकिन्छ कि भन्ने पनि सुनियो । यो सत्य हो भने ममाथि अपमान हो,’ परियार भन्छन्, ‘मसँग क्षमता छैन भने भन्नुपर्यो । नत्र लडेरै महामन्त्री जितेको, केन्द्रीय सदस्य जितेको, पार्टीमा योगदान गरेको व्यक्तिलाई अपमान गरे सांसदबाट पनि राजीनामा दिन्छु भनेर मैले चुनौती दिएको हो ।’
प्रत्यक्ष टिकट नदिने, आफू निकटकालाई पटक–पटक मन्त्री बनाउने तर योगदान गरेकालाई अन्याय गर्ने परिपाटी बन्द हुनुपर्ने परियार बताउँछन् ।
के छ देउवासँग विकल्प ?
शेखर पक्ष ३ वटा मन्त्रालयको अडानबाट टसमस नहुने भएपछि देउवामाथि विकल्प खोज्न दबाब परेको छ ।
एउटा मन्त्रालय थप दिएर जाँदा सहजता हुन्छ भने लफडालाई नतन्काउने पक्षमा पनि देउवा पुगेको बताइन्छ । सत्ता गठबन्धनको भागबण्डामा परेका ८ मन्त्रालयमा ४ वटा लिएपछि अब ४ वटा कांग्रेसको भागमा छन् । तर प्रधानमन्त्रीसँग रहेका ६ वटा मन्त्रालयमा देउवाले ५ वटा मागेर भए पनि शेखरलाई मनाउने प्रयास गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
‘माओवादीले चारको सट्टामा ५ वटा मन्त्रालय लियो । माओवादी धारकै डा. बाबुराम भट्टराईको पार्टीबाट महिन्द्ररायलाई पनि मन्त्री बनाएर प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ८ वटा पुर्यायो,’ कांग्रेस सांसद श्याम घिमिरे भन्छन्, ‘जनमतले छाडेको खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीसँगै छ । यो एक मन्त्रालय थपेर शेखर पक्षलाई सहमतिमा ल्याउन सक्ने ठाउँ छ ।’
यसरी शेखर पक्षलाई मन्त्री दिँदा धनराज गुरुङ, डीगबहादुर लिम्बू मन्त्री बन्नेछन् । सहमहामन्त्री जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकजना मन्त्री थपिने बताइन्छ ।
संस्थापनबाट भने एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ । यसअघि नै यी दुवै नेता मन्त्री बन्ने सूचीमा थिए । तर, शेखर पक्षले नाम नदिएपछि देउवाले आफूतिरका २ मन्त्रीलाई पनि रोकेका थिए ।
मन्त्रीमा देउवा होइन, आरजू हावी !
संस्थापन निकटकै एक नेता यसपटकको मन्त्री चयनमा सभापति शेरबहादुर देउवाभन्दा उनकी श्रीमती एवं नेता आरजू राणा हावी भएको बताउँछन् ।
‘यसपटक सभापति नेविसंघका नेता, गाउँ समितिको सदस्य पनि भेट्नुहुन्छ, कुरा बुझेंबुझें भन्नुहुन्छ । सभापतिसँग भेट भयो भनेर खुशीले फोटो खिचाउँछन् र फर्किन्छन् अनि सामाजिक सञ्जालमा पोस्ट गर्छन्,’ ती नेता भन्छन्, ‘तर, कांग्रेसमा मन्त्री बन्न शेरबहादुर दाइलाई जति कुरा गरे पनि अर्थ छैन, भाउजूसँग राम्रो सम्बन्ध भए पुग्छ । यसपटकदेखि त सबै अह्रनखटन भाउजूबाटै चलेको छ ।’
यसपटक अर्थमन्त्री चयनमा पनि आरजू नै हावी भएको बताइन्छ । गृह मन्त्रालय नपाउने भएपछि अर्थका लागि उपसभापति पूर्णबहादुर खड्काले पनि जोडबल गरेका थिए ।
तर, आफ्नो ट्युनिङ मिल्ने भएपछि आरजुको जोडबलमा डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाइएको चर्चा देउवा पक्षभित्रै छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...