×

NMB BANK
NIC ASIA

मदन भण्डारी स्पोर्टस् एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै

बैशाख ४, २०८०

NTC
Premier Steels

मदन भण्डारी स्पोर्टस् एकेडेमीले विभिन्न खेल विधाका राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

Muktinath Bank

एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्ट्याक्ट लगायतका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता गर्दैछ ।


Advertisment
Nabil box
Kumari

एक कार्यक्रमबीच राष्ट्रियसँगै प्रदेशस्तरीय वार्षिक खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमीका अध्यक्ष धुर्व आचार्यका अनुसार आउँदो जेठ २३–३० गतेसम्म पोखरामा केपी ओली रनिङ सिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने हुनेछ । प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले ५ लाख  एवं बेस्ट बलर र ब्याट्स म्यानले २५–२५ हजार रुपैयाँ नगद पुरस्कार पाउने जानकारी दिए ।

Vianet communication

वैशाख ५ देखि ६ गतेसम्म काडमाडौंको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ । १५ र  १९ वर्षमुनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्वितीयले १० र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

जसअन्तर्गत वैशाख २५ र २६ गते भक्तपुरमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ५० हजार  र तृतीयले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । भेन्ट्रासतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैया नगद पुरस्कार दिइनेछ ।

जेठ ३१ गते सुर्खेतमा राष्ट्रिय रेसलिङ प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा हेभीवेट च्याम्पियनलाई १ लाख ५ हजार, हार्ड कोर च्याम्पियनलाई ७५ हजार, मिडल वेट च्याम्पियनलाई ६० हजार, ट्याग टीम च्याम्पियनलाई ५० हजार र लाइट वेट च्याम्पियनलाई ४० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

बुटवलमा जेठ २–४ गतेसम्म राष्ट्रिय चेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथमलाई २० हजार नगदसहित १०औं स्थानसम्मलाई पुरस्कार राखिएको छ ।

nullजेठ ४–१० गतेसम्म काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बास्केटबल पुरुष र महिला रनिङ शिल्ड प्रतियोगिता आयोजना हुनेछ । जसमा विजेताले १ लाख ५० हजार रुपैयॉ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले सातै प्रदेशमा प्रदेशस्तरीय खेल प्रतियोगिता आयोजना गर्दैछ । जसअन्तर्गत वैशाख २७ देखि जेठ १५ गतेसम्म ७ वटै प्रदेश मुकाममा मदन भण्डारी अन्तरमावि रनिङ शिल्ड फूटबल प्रतियोगिता गर्नेछ । जसमा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

आउँदो असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेश स्तरीय मदन भण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

nullवैशाख २८ देखि असार १० गतेसम्म ७ वटै प्रदेश मुकाममा मदन भण्डारी अन्तरमावि रनिङ शिल्ड भलिबल प्रतियोगिता गर्नेछ । प्रतियोगितामा प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । वैशाख २५ र २६ गते काठमाडौंमा बाग्मती प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

एकेडेमीले मधेश प्रदेश स्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा गर्दैछ । असार २२ गते हुने प्रतियोगितामा प्रथमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

बुटवलमा असार ३–५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिनेछ । खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नेछ ।

एकेडेमीले अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा वैशाख २३ गते बुद्धजन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको शुरूआत गरेको थियो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह र विभिन्न संघसस्थाहरूले समन्वय गर्ने अध्यक्ष आचार्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x