माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बैशाख ८, २०८०
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ७ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।
देशकै धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कूल कालिकामा नयाँ शैक्षिक शत्रका लागि भर्ना हुन प्रवेश परीक्षाको फर्म लिन आएका अभिभावकको भीडले चर्चित संस्थागत विद्यालयको झल्को मेटाइदिन्छ । नेपाली/अंग्रेजी दुवै माध्यममा पढाइ हुने यस विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म हरेक कक्षामा ५ भन्दा बढी ‘सेक्सन’ छन् ।
आइतवारदेखि नयाँ शैक्षिक शत्रका लागि ६०० विद्यार्थी भर्ना लिने गरी वितरण गरिएको प्रवेश परीक्षाको फर्म बिहीवारसम्म ३ हजारभन्दा बढीले भरिसकेका छन् । ९ गते प्रवेश परीक्षा राखिएको छ ।
आफ्ना बालबच्चा कालिकामा भर्ना गराउन लागि अभिभावकको चाप थेगिनसक्नु छ । भर्नाका लागि आउने ९५ प्रतिशत संस्थागत (बोर्डिङ) स्कूलका बालबालिका हुन् ।
‘यो वर्ष एसईई परीक्षामा ६७८ विद्यार्थी सहभागी भए,’ विद्यालयका प्रधानाध्यापक दिनेश थापा भन्छन्, ‘अहिले ६०० मात्र विद्यार्थी थप्ने हो । बढी विद्यार्थी लिएर रिजल्ट राम्रो दिन सकिँदैन । फर्म त ३ हजारभन्दा बढी विद्यार्थीले भर्छन् होला । गत वर्ष पनि ३ हजार ४०० जनाले फर्म भरेका थिए । आएका सबै विद्यार्थी राख्न नसक्ने भएपछि प्रवेश परीक्षा लिने गरिएको हो । भर्नाका लागि यहाँ कसैको भनसुन लाग्दैन ।
३३७ शिक्षक/कर्मचारी कार्यरत स्कूलमा विद्यार्थीका लागि विशाल छात्रावाससहित सुविधासम्पन्न पूर्वाधार छन् । आफ्नै १० वटा गाडीबाट टाढा–टाढाका विद्यार्थी ल्याउने गरिएको छ ।
स्कूलमा देशका ७० जिल्लाका विद्यार्थीहरू पढ्छन् । विद्यालयमा शिक्षा, विज्ञान, कानून, प्राविधिक र व्यवस्थापन विषयहरूमा अध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ थापाका अनुसार वि.सं. २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित भएको हो ।
वि.सं २०७५ मा बुटवल–१० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको हो । ‘हामी विद्यार्थीलाई पढाउने भन्दा आफैं सिक्न प्रेरित गर्छौं र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौं, यो नै हाम्रो सफलताको आधार हो,’ प्रअ थापा भन्छन् ।
विद्यालयमा अवलोकन र शिक्षण सिकाइका लागि हरेक दिन देशका विभिन्न स्कूलबाट शिक्षक तथा विद्यार्थी आउने गर्छन् ।
***
रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयले यो वर्ष नयाँ शैक्षिक सत्रका लागि ५५० जना विद्यार्थी मात्र भर्ना लिन सक्ने क्षमता छ ।
चैत २६ गतेदेखि भर्नाका लागि वितरण गरिएको फर्म भरेर २ हजार जनाले प्रवेश परीक्षा दिए, जसमा ६०८ जना उत्तीर्ण भएका छन् ।
विद्यालयमा अहिले ५ हजार ४०० विद्यार्थी अध्ययनरत छन् भने ४६६ जना एसईईमा सहभागी भएका छन् । विद्यालयले नयाँका लागि वैशाख ७ गते प्रवेश परीक्षा (इन्ट्रान्स) राखेको छ ।
इन्ट्रान्सपछि विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेको मोबाइल अफ हुन्छ । ‘मेरो बच्चा भर्ना गरिदिनुपर्यो भन्दै सांसद, मन्त्री र नेताहरूको फोनले हैरान बनाउँछ,’ प्रअ लामिछाने भन्छन्, ‘हाम्रोमा सोर्सफोर्स चल्दैन । नाम निकाल्ने विद्यार्थी पढ्न पाउँछ । भर्ना गर्नुपर्यो भन्ने नेताहरूको दबाब सुन्दिनँ, बरु मोबाइल नै अफ गरेर बस्छु ।’
विद्यार्थी बोक्नका लागि विद्यालयका ८ वटा बस छन् । १९८ जना शिक्षक कर्मचारी छन् । यो वर्ष विद्यालयले १० जना शिक्षकलाई निजी स्रोतबाट राख्दैछ । विद्यालयका शिक्षकहरूले वि.स. २०६७ मा आफ्ना सबै छोराछोरीलाई स्कूलमा भर्ना गरेर विद्यालय सुधारको अभ्यास थालिएको थियो । अभिभावकको रूचि र चाहनालाई ख्याल गरेर अगाडि बढेपछि विद्यालयले शैक्षिक स्तरमा निकै सुधार गरेको हो ।
‘विगत ७ वर्षदेखि हाम्रा विद्यार्थी शत् प्रतिशत उत्तीर्ण छन्,’ लामिछाने भन्छन्, ‘अहिले त फेल भन्ने छैन । तर, हाम्रा सबै विद्यार्थीहरूले कलेज पढ्न पाउँछन् ।’
अंग्रेजी नेपाली माध्यममा पढाइ हुने स्कूल अटिमज, श्रवण/दृष्टिविहीन, बौद्धिक अपांगता भएका विद्यार्थीहरूको पनि सिकाइ केन्द्र हो ।
स्कूलमा कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन, कानून, होटल म्यानेजमेन्टको पढाइ हुन्छ, जसले गर्दा विद्यार्थीले अन्य कलेज रोज्नुपर्ने अवस्था पनि छैन । भौतिक पूर्वाधार र विद्यालयका भवन चिटिक्क छन् । जसले गर्दा अभिभावकहरू पनि आकर्षित हुन्छन् र विद्यालयप्रति चासो दिन्छन् । ।
यस विद्यालयका पढेका विद्यार्थीले उच्च शिक्षामा पूर्ण छात्रवृत्तिमा हरेक वर्ष १० जनाभन्दा बढीले नाम निकाल्छन् ।
***
बुटवल हाटबजारस्थित कान्ति मावि नेपालकै धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा दोस्रो नम्बरमा पर्छ । विद्यालयमा अहिले ५ हजार ३६६ जना विद्यार्थी अध्ययनरत छन् ।
यो वर्ष ५०० विद्यार्थी नयाँ भर्ना गरेर ५ हजार ५५५ जना विद्यार्थी संख्या पुर्याउने मात्र विद्यालयको क्षमता छ ।
‘यो वर्ष हाम्रोबाट एसईई परीक्षा दिएर ३७० जना विद्यार्थी गए,’ प्रअ गोविन्द ज्ञवाली भन्छन्, ‘हाम्रोमा ५ हजार ५५५ जना पुर्याउने हो । त्योभन्दा बढी राख्न कक्षाकोठा पुग्ने अवस्था छैन ।’
बुधवार भएको प्रवेश परीक्षामा १ हजार ८०० जना सहभागी भएर ५०० जनाले नाम निकालेका छन् । विद्यालयमा ५० किलोमिटर टाढाबाट विद्यार्थी पढ्न आउँछन् । विद्यालयले टाढाबाट आउने विद्यार्थीका लागि १५ वटा गाडी प्रयोग गर्दै आएको छ ।
विद्यालय सुधारको ढोका २०६७ को तत्कालीन एसएलसी परीक्षामा २७ जना विद्यार्थीले विशिष्ट श्रेणी ल्याएपछि खुलेको हो ।
‘त्यो बेलाको रिजल्टपछि हामीले आफ्ना बच्चा विद्यालयमा पढाउन थाल्यौं,’ ज्ञवाली भन्छन्, ‘शिक्षकको मेहनत नै सफलताको स्रोत हो । त्यसपछि अभिभावकले हामीलाई विश्वास गर्नुभयो । हामीले भर्नामा स्थानीय र विद्यालयबाहिर रहेका बालबालिकालाई प्राथमिकता दिन्छौं ।’
***
बुटवलको नवीन औद्योगिक कदरबहादुर रिता माविले पनि यो वर्ष धेरै विद्यार्थी भर्ना लिन सक्ने क्षमता छैन ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले थप ४०० विद्यार्थी भर्ना लिन सक्ने मात्र क्षमता रहेको बताए ।
‘२५ गतेबाट फर्म वितरण गरिएको छ । ८ गते इन्ट्रान्स हो,’ बस्नेत भन्छन्, ‘विद्यालयमा फर्म भर्नेको भीड थामिनसक्नु छ । विद्यालयले धेरै विद्यार्थी लिने क्षमता छैन ।’
विद्यालयमा अहिले ४ हजार १०० विद्यार्थी अध्ययनरत छन् । नविन पनि यस क्षेत्रको अब्बल सामुदायिक स्कूल हो ।
विद्यालयका ५ वटा बस छन्, जसले टाढा टाढाबाट विद्यार्थी ल्याउँछन् । बुटवलको सुकुम्बासी बस्ती क्षेत्रका बालबालिका यो विद्यालयमा पढ्ने गरेका छन् । ‘विद्यालयबाट हरेक वर्षको एसईई परीक्षामा ४० प्रतिशतले ‘ए’ ग्रेड ल्याउँछन् । सबै रिजल्ट क्याम्पस पढ्न लायक आउने गर्छ,’ प्रअ बस्नेतले भने ।
‘पाँच/सात वर्ष अघिसम्म घरपरिवारको आर्थिक अवस्था कमजोर भएका अभिभावकले सकिनसकी आफ्ना बालबच्चालाई बोर्डिङ पढाउँथे,’ बस्नेत भन्छन्, ‘अहिले सामुदायिक स्कूलले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ । सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ ।’
रूपन्देहीका यी चारवटा मात्र होइन, विद्यार्थी संख्या, उत्तीर्ण विद्यार्थी र उनीहरूले प्राप्त गरेको श्रेणीका आधारमा लुम्बिनी प्रदेशका दर्जनौं सामुदायिक स्कूलहरू अब्बल देखिएका छन् ।
बुटवलको नहरपुर मावि, दाङको पद्यमोदय मावि, बुटवलकै उजिरसिंह माविले पनि आफूलाई अब्बल प्रमाणित गरेका छन् । सामुदायिक विद्यालयहरू अहिले निजीसँगको प्रतिस्पर्धामा अब्बल ठहरिन थालेका छन् ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...