×

NMB BANK
NIC ASIA

थमन विक हत्या प्रकरण

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशित

बैशाख १९, २०८०

NTC
Premier Steels

संघीय संसदले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशित गरेको छ ।

Muktinath Bank

हत्या अभियोगमा कोइरी फरार अभियुक्त रहेको भन्ने व्यहोराको प्रहरीको पत्र सभामुखसमक्ष पुगेपछि मंगलवार कोइरीलाई निलम्बन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख देवराज घिमिरेले निलम्बनको निर्णय गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

प्रहरीले संसद् सचिवालयलाई गत पुस ७ गते र यही वैशाख १७ गते कोइरीका सम्बन्धमा पत्र पठाएको थियो । संसद् सचिवालय स्रोतका अनुसार यसअघि आएको पत्र सभामुखकोमा पुगेको थिएन । 

Vianet communication

यसबीचमा कोइरीले बिरामी बिदा स्वीकृतिका लागि माघ २५ गते संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए । यो विषयले प्रतिनिधिसभा बैठकमा समेत चर्को विवाद र वादप्रतिवाद भएको थियो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकलाई घेरा हालेर कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो तर कोइरी पक्राउ परेका छैनन् ।

फरार अभियुक्त रहेकै बेला चुनाव लडेर उनी निर्वाचित भएका थिए ।

यस्तो छ सूचना –

null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x