×

NMB BANK
NIC ASIA

न्यायालय

टुकुचाबारे उच्च अदालतको फैसला : व्यक्तिका सम्पत्तिमा राज्यले जथाभाबी अतिक्रमण गर्न सक्दैन

बैशाख १९, २०८०

NTC
Premier Steels

उच्च अदालत पाटनले व्यक्तिका सम्पत्तिमा राज्यले जथाभाबी हस्तक्षेप वा अतिक्रमण गर्न नसक्ने ठहर गरेको छ । ‘संवैधानिक र अन्य कानुनको व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतबाट भएका व्याख्याका आलोकमा व्यक्तिको सम्पत्तिमा राज्यले जथाभाबी हस्तक्षेप वा अतिक्रमण गर्न नसक्ने देखिन्छ’, टुकुचा क्षेत्रको संरचना हटाउनेसम्बन्धी मुद्दामा उच्च अदालतको फैसलामा भनिएको छ, ‘राज्यलाई सार्वजनिक हितका लागि आवश्यक पर्ने अवस्थामा पनि कानुनको प्रक्रिया पूरा गरी विधिसम्मत रुपमा मात्र व्यक्तिको सम्पत्ति प्राप्त गर्न सकिने हुन्छ ।’

Muktinath Bank

उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले सम्बन्धित व्यक्तिको सहमति बेगर काठमाडौँ महानगरपालिकाको घरजग्गा नभत्काउन नमिल्ने ठहर गर्दै निवेदक विश्व प्रकाश साखको पक्षमा फैसला गरेको हो ।  टुकुचा क्षेत्रको जग्गामा बनेको संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध साख अदालत गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रस्तुत निवेदनमा उल्लिखित घरजग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका र विपक्षी नगरपालिकाबाट नै नक्सा पास भइ घर निर्माणसमेत भएको अवस्था भई निवेदकको हकभोगको घरजग्गा देखिएको छ । सो जग्गाको दर्ता र निवेदकको हक कानुनबमोजिम बदर भएको अवस्था पनि छैन’, फैसलामा भनिएको छ, ‘यस अवस्थामा निवेदकको सहमति नभइ वा सो जग्गा कानुन बमोजिम प्राप्त नगरी सार्वजनिक प्रयोजनकै लागि भएपनि विपक्षीलाई सो घरजग्गा भत्काउने वा अन्य कुनै किसिमले त्यसमा असर गर्ने कार्य गर्न मिल्ने हुँदैन ।’


Advertisment
Nabil box
Kumari

फैसलामा निवेदकको सहमति बेगर कानुन बमोजिम बाहेक निवेदकको घरजग्गामा असर पर्ने कार्य नगर्न नगराउन पनि निषेधाज्ञाको आदेश जारी गर्नुपर्ने देखिएको उल्लेख छ । 
फैसलामा भनिएको छ, ‘.... जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट निवेदनमा उल्लेखित जग्गा निवेदकको हकको भन्ने देखिएको र सो श्रेस्ता बदर नभइ यथावत कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिई सो जग्गा र जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्नु, नगराउनु भनी विपक्षीको नाममा निषेधाज्ञाको आदेश जारी गरिदिएको छ।’ 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x