×

Dabur
MG

उहिलेको जमानामा रेडियो नेपालमा 'म तिम्रो शहर छोडी टाढा जाँदैछु…' भन्ने गीत निकै सुनिन्थ्यो । त्यही गीतको झल्को दिनेगरी टोपबहादुर रायमाझी यतिखेर काठमाडौं शहर छाडेर कतै टाढा गएका छन् । फर्किने गरी गएका हुन् कि नफर्किने गरी गएका हुन्, कुनै अत्तोपत्तो छैन । 

yONNEX
Sagarmatha Cement

बिचरा भोकभोकै कुन गाउँको कुन ठाउँमा अनुहारमा मास्क लगाएर हिँडिरहेका होलान् टोपबहादुर । बटुवाहरूले मनमनै गम खान्छन् होला, 'यो मान्छेलाई त अझै पनि कोरोनाको डर रहेछ ।'


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

कहिले कोरोनाको डर, कहिले पुलिसको डर, सबै डर लुकाउन मास्कको काम निकै प्रभावकारी देखिएको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

जे होस्, उनी सकुशल फर्किने आशामा पुगनपुग ३ करोड नेपाली जनताहरू विश्वस्त छन् । एउटा हँसिलो अनुहार भएको, चुच्चो नाकधारी राष्ट्रप्रेमी नेता अनि एउटा कुशल 'डान्सर' हराएको कसलाई पो मन पर्छ र ?

Vianet communication
Laxmi Bank

मानिसहरूले कुकुर हराउँदा त फोटो पोस्ट गरेर फेसबूकमा रुवाबासी गर्छन्, प्रहरीमा उजुरी गर्छन्, टोपबहादुर त मान्छे हुन् । मान्छे हराउँदा मान्छेहरू चिन्तित हुनु स्वाभाविक हो । 

रेडियो नेपालमा बज्ने त्यही गीतको दोस्रो अन्तराले भन्छ, 'तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।'

टोपबहादुरले हामीसँग कहिल्यै भेट नहुने कसम त किन खाए होलान् र ? तर, कुखुरोको मासु पकाएर राख्नु, म रातिसम्म आउँदैछु भनेर बुटवलको होटल बूक गरेका टोपबहादुर अहिलेसम्म आएनन् ।

यस्तो लाग्छ, खुला सिमाना भएतिर टाप कसेका टोपबहादुरसँग अब फेरि यो जुनीमा हाम्रो भेट हुँदैन क्यारे । अर्घाखाँचीको प्रख्यात सुपादेउराली भगवानसँग हाम्रो यही प्रार्थना छ, टोपबहादुर जता हराए पनि, जे जस्तो अवस्थामा रहे पनि कुशलमंगल रहन सकुन् । हाम्रो यही कामना छ, अझै केही दिन नेपाल प्रहरीलाई छक्याउन सक्ने शक्ति प्रदान होस् ।

फेरि पनि गीतकै कुरा आयो । 'पर्खी बसें आउला भनी…' भन्ने बोलको गीत इयरफोनमा सुन्दै नेपाल प्रहरीका सकलदर्जाहरू विमानस्थलको प्रवेशद्वारमा पर्खेर बसिरहे । तर स्वार्थी, निर्दयी टोपबहादुर आएनन् । प्रहरीलाई दु:ख मात्रै भयो ।

पूर्व हिँड्छु भनेर पश्चिम हिँड्ने तालिमप्रप्त पूर्व लडाकू कमान्डरलाई प्रहरीले बागबजारको पटके चोरलाई जस्तै च्याप्प समात्छु भनेर सोचेको थियो होला । तर त्यतिञ्जेलसम्म टोपबहादुर कतै टाप कसिसकेका थिए । यिनको गाडी मलेखुमा रोकिएर तारेको माछा अर्डर गर्‍यो, तर गाडीमा आउने त ड्राइभर मात्र पो रहेछन् ।

अघिल्लो दिनसम्म 'म आफैं चौकी आउँछु, दु:ख गर्नुपर्दैन' भनेर फोन गरेका टोपबहादुरले प्रहरीको आँखामा छारो हालिदिए । टोपबहादुरले झुक्याएपछि काठमाडौंमा रहेका आईजीपीसा'बले मनमनै भने होलान्, 'तोरी' मलाई भागीभागी नसताऊ, कानमा आई सुटुक्क बताऊ … ।'

अघिल्लो दिनसम्म 'म आफैं चौकी आउँछु, दु:ख गर्नुपर्दैन' भनेर फोन गरेका टोपबहादुरले प्रहरीको आँखामा छारो हालिदिए । टोपबहादुरले झुक्याएपछि काठमाडौंमा रहेका आईजीपीसा'बले मनमनै भने होलान्, 'तोरी' मलाई भागीभागी नसताऊ, कानमा आई सुटुक्क बताऊ … ।'

टोपबहादुर यतिसम्मको तोरी होलान् भनेर सोचिएको थिएन । अरे, गल्ती छैन भने सिधै प्रहरी वा अदालतमा जानु नि ! रवि लामिछाने कसरी गएका थिए ? केही त सिक्नु नि !

छोरालाई पक्राउ गरेपछि यिनी निकै आत्तिएजस्तो छ । सन्तानको माया कति लाग्छ भन्ने कुरा बिहे नै नगरेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्राक्टिकल्ली थाहा छैन । पहिले बाउलाई समातेर छोरो समातेको भए राम्रो हुन्थ्यो । यो त 'बाउलाई सक्दिनँ, छोरोलाई राख्दिनँ' भनेजस्तो भयो । 

जे भए पनि त्यो सन्दीप रायमाझी सोझो केटो हो । डाम्नाहरूले फसाए । हिरासतमा उडुसको टोकाइले कति गाह्रो भएको होला । बिहे नगरेको भए उसले केटी पाउन पनि गाह्रो हुन्थ्यो, धन्न पैसाको हार लगाएर उहिल्यै बिहे गरेका हुन् ।

वास्तवमा बाउ नै बेकार हो । आफूले लामो हात गरे पनि छोरालाई किन गलत काम गर्न लगाउनु ? छोराको नाममा किन चेक कटाउनु ? बरु मेरो नाममा चेक काटेको भए उतिखेर चेक काट्ने मान्छेलाई अमेरिका हैन, हनुमानढोका पुर्‍याइदिन्थें ।

यो लेखक पैसामा बिक्ने मान्छे नै हैन । बरु एक गिलास अनारको जुसमा बिक्न सक्छ । अझ यो शरणार्थी भन्ने शब्द सुन्दा नै वाक्क लाग्छ । यो पृथ्वीमा कोही पनि शरणार्थी हुँदैनन् यार । कुन भतुवाले हो, बाहुनलाई शरणार्थी भनेर भाषण गरेको सुनेको थिएँ । त्यो नमकहरामी भतुवालाई चारपाटा मुडेर डाँडै कटाउनुपर्छ ।

उहिले म गोठमा बस्दा भैँसी हराउँथ्यो । हराएको भैँसी भेट्टाउन सहज होला भनेर भैँसीको घाँटीमा भेल झुन्ड्याइन्थ्यो । भेलभित्र रालो झुन्ड्याउनुपर्थ्यो । रालो अर्थात् घण्टी । रालोको आवाज सुनेर आफ्नो भैँसी कुन पाखामा चर्दैछ भन्ने पत्ता लाग्थ्यो । तर यतिखेर भैँसी हैन, मान्छे हराएको छ ।

मान्छेको घाँटीमा भेल झुन्ड्याउन नमिल्ने । रालोजस्तै मानिएको मोबाइल अफ ठोकेछन् । टोपबहादुर कुन पाखामा चर्दैछन्, थाहा पाउनै गाह्रो भयो । तर केही बेतलबी सुराकीहरू भन्छन्, 'टोपबहादुर लखनउ पुगेका छन् ।'

'अरे यार नेताजी, आप इसीका लायक हो क्या ? जल्दी नेपाल आईए । इधर माओवादी बदनाम हो गया, यार ।' मलाई अचानक हिन्दी बोल्न मन लाग्यो । मानिसहरू भन्छन्, टोपबहादुर एमाले हो । तर, त्यो कुरा म मान्दिनँ, टोपबहादुर माओवादी नै हो । रेडियोलाई काठको खोल हालेर यो काठको रेडियो हो भन्न मिल्छ र? मिल्दैन नि ! टिनको पातालाई खोल हाल्दैमा त्यो सिरक हुन्न नि !

टोपबहादुरको आदेशमा हजारौं मान्छे मर्ने, हजारौं बालबच्चा टुहुरा हुने अनि अहिले आएर एमाले हो भन्न मिल्छ ? नाना रे बाबा ठाकुरे, बिल्कुल मिल्दै मिल्दैन । दु:खी गरीब जनता र शहीद परिवारको श्रापबाट यिनी जता गए पनि भाग्न मिल्दैन । कहिल्यै नभेटिने गरी हराएछन् भने पनि मिल्दैन ।

मन्त्री भैसकेका मान्छे कसरी मानव तस्कर भए त ? यिनलाई के पुगेको थिएन ? तपाईं हामीलाई जस्तो खान पुगेको थिएन कि, लाउन पुगेको थिएन कि, मासु खान पाएका थिएनन् कि, ऋषि धमलाले चिनेका थिएनन् कि, सरकारी बडी गार्ड मिलेको थिएन कि ? जनताको सपना खाएकै थिए, सबैथोक पाएकै त थिए । 

यसकारण भेलुबाजेको छिमेकी सूर्य थापा नचम्किए हुन्छ, महेश बस्नेत नलम्किए हुन्छ, नाता प्रमाणित हुनै नसक्ने केपीबा नबम्किए हुन्छ । टोपबहादुरसहितका पूर्वमाओवादी नेता जो यो प्रकरणमा मुछिएका छन्, तिनीहरूलाई अदालतको कठघरामा खडा गराएर, हर्जना असुलेर, तिनको घरजग्गा, लुगाफाटो,  नगद जिन्सी सबै लिलामी गरेर ठगिएकाहरूको चित्त बुझाइदिनुपर्छ ।

यसैगरी नेपाली नागरिकता साथमा हुँदाहुँदै पनि शरणार्थी बन्न खोजेका ती पटमूर्खहरूलाई समेत आफ्नै अनुहार देखिने दालको झोलसँग कुहिएको चामलको भात खुवाउनैपर्छ । काम गराउने, तर काम तमाम नभएपछि म ठगिएँ भन्ने ? ठगिने सोझो मान्छेको हातमा करोडौं पैसा कताबाट कसरी आयो ? हुन त 'पैसा भएको मान्छेसँग दिमाग हुँदैन' भन्छन् । 

रोलेक्स घडी हराएको, बाख्रा हराएको, सिक्री हराएको, जुत्ता हराएको समाचार त बेलामौकामा आई नै रहन्छन्, तर केही दिनयता मन्त्री भैसकेका मान्छे हराएको दु:खद् समाचार आइरहेको छ । मोबाइल अफ गरेर टोपबहादुरले कुन कुनामा भारु तिरेर दारु तन्काइरहेका छन् होला ? पक्कै पनि रक्सीविरोधी प्रहरी जवानहरू जान्न चाहन्छन् ।

टोपबहादुर कहाँ छन् भनेर केपीबालाई थाहा छ किनकि केपीबालाई त डायनोसर कहाँ छ भन्ने पनि थाहा छ । एलियन कहाँ बस्छ भनेर पनि उहाँलाई थाहा छ । हिमानीको फेक ट्विटर खाता पनि थाहा छ । भगवान् राम चितवनमा नै जन्मिएका हुन् भन्ने पनि थाहा छ ।  रामले खाना खाएको, नुहाएको ठाउँ यही हो भनेर किटानीका साथ ठोकुवा गर्ने केपीबालाई जाबो एउटा टोपबहादुर कहाँ छन् भनेर थाहा हुँदैन ? पक्कै पनि थाहा हुन्छ । 

तर, टोपबहादुर यहीँ छन् भनेर अहिले नै भन्न मिल्दैन किनकि भन्नेबित्तिकै ऋषि धमला दाजुले थाहा पाउँछन् । तिनले थाहा पाए भने त क्यामेरा बोकेर जता पनि जान सक्छन् । पानीमुनि गएर भए पनि अन्तर्वार्ता लिन सक्छन् । 

हिन्दी भाषामा राम्रो दख्खल भएका धमला दाजुलाई टोपबहादुर कता छन् भनेर कहिल्यै थाहा नहोस् । थाहा पाए भने तिनले त मोदीको पावर लगाएर नेपाल प्रहरीलाई थर्काउन पनि सक्छन् ।

खैर, मन शान्तिका लागि टोपबहादुर केही दिन जता हराए पनि एक न एक दिन प्रहरीको भ्यान नचढी सुखै छैन । संसारको कुनै पनि माइकलालले अब टोपबहादुरलाई जोगाउन सक्दैन । 

हुन सक्छ, टोपबहादुरले गोप्य नम्बरबाट शक्ति केन्द्रहरूलाई फोन हानिरहेका होलान् । तर अब यस्तो दृश्य निर शाहद्वारा अभिनीत चलचित्रमा मात्रै चल्छ । 

एउटा कुराचाहिँ पक्का हो, टोपबहादुरले कमरेड प्रचण्डलाई फोन गर्ने हिम्मत गर्दैनन् । गरेका पनि छैनन् किनकि भ्रष्टाचारीसँग कुरा गर्न प्रचण्डलाई मन पर्दैन । भ्रष्टाचारीहरू प्रचण्डको वरिपरि देखा पर्ने हिम्मत पनि गर्दैनन् । प्रचण्डको नाम सुन्नेबित्तिकै भ्रष्टाचारीहरू तर्सेर सात कोस पर भाग्छन् । टोपबहादुर सात कोस टाढा भाग्नुको कारण पनि प्रचण्डकै डर हो ।

टोपबहादुरले नयाँ सिमकार्डबाट कता-कता फोन घुमाएका होलान्, जता फोन घुमाए पनि रि-चार्ज कार्डको सत्यनास मात्रै हो । केटीको बाउले मार्छ भनेर गोप्य नम्बरबाट गर्लफ्रेन्डलाई कल गरेर, गोप्य नम्बरबाट नै सल्लाह गरेर बिहे गर्न राजी भएजस्तै टोपबहादुरको पनि एकदिन डिल्लीबजार कारागारतिर लगनगाँठो कसिने निश्चित छ । 

खै किन हो कुन्नि, केही दिनदेखि सामाजिक सञ्जालमा टोपबहादुरको मुजुरा नाच भाइरल भइरहेको छ । स्रष्टाको सम्मान त मरेपछि पो गरिन्छ, टोपबहादुर ज्युँदै छँदा यिनको नृत्य भाइरल गर्ने को हो ? बरु यसको खोजीनीति हुनुपर्छ ।

के भ्रष्टाचारीलाई नाच्ने अधिकार छैन? कुन संविधानमा लेख्या छ भ्रष्टाचारीहरू नाच्नु हुँदैन भनेर ? हुन त टोपबहादुर पनि उस्तै हो, कतै बाजागाजा बज्नै नहुने, जुरुक्क उठेर नाचिहाल्नुपर्ने । गीतको बोल एकातिर छ, कम्मरको हाउभाउ अर्कोतिर । थप त्यसमाथि महिलाको हात समातेर निकै बेरसम्म नाच्न मन पराउने यिनी । यति मात्रै हो र ? केपीबालेजस्तै काखमा कार्यकर्ता राखेर फोटो समेत खिचाउन पछि पर्दैनन् । अंग्रेजीमा एउटा कथन छ नि Like father like son. (जस्तो बाउ उस्तै छोरा) ।

एक वर्षअगाडि माघ महिनातिर हो, तम्घास घर भएकी पार्टीकै एक महिला कार्यकर्ताले टोपबहादुर दाइको पैसा खेलाउँछिन् अरे भन्ने सुनेको थिएँ । यसो चाल बुझ्न ती दिदीलाई सम्पर्क गर्दा 'खेलाएँ त खेलाएँ, तिमीलाई के सकसक ?' भनेर झपारेकी थिइन् । 

हिजो ती दिदीले फेसबूकमा बडो भावुक हुँदै स्टाटस लेखेकी रहिछिन्, 'यो शरणार्थी काण्डमा पक्कै पनि आरजु देउवाको हात छ । नेपालका नेताहरूलाई तिनको श्रीमती र गर्लफ्रेन्डले नै भ्रष्टाचारी बनाएका छन् ।'

त्यति बेला म्याग्दीतिरका केटाहरूले चालिस लाखजति पैसा बुझाएका रहेछन् । पर्दाफास गरिदिनुपर्‍यो भनेर मलाई आग्रह गरेका थिए । एकबारको जुनीमा ज्यानको खतरा हुनसक्छ भनेर मैले उनीहरूलाई तत्काल ब्लक गरें । खै किन हो, मलाई दश लाखभन्दा धेरैको कुरा गर्ने मान्छेसँग बोल्न पनि 'डेन्जर फील' हुन्छ । 

यदि त्यो बेला मैले डेन्जर फील नगरेको भए मेरो नाम पनि लोकान्तर अनलाइनमा प्रकाशित हुन्थ्यो होला । त्यसपछि त मेरो इज्जत पनि माटोमा मिल्ने थियो होला । 

टोपबहादुर भागेर कता जाने हो र ? बाह्र वर्षसम्म लुकेर लडाईं गर्दा त सहमति गरेर आउनुपर्‍यो, अहिले सानो कुरामा किन भूमिगत हुनु ? पानीमुनि गएर बसेको मान्छेलाई पनि नेपालीले सजिलै चिन्छन् । उस्तै परे नेपालीले दाउद इब्राहिम कहाँ छन् भनेर समेत पत्ता लगाइदिन सक्छन् । टोपबहादुरचाहिँ कुन डालीको चरा हुन् र ?

टोपबहादुर भागेर कता जाने हो र ? बाह्र वर्षसम्म लुकेर लडाईं गर्दा त सहमति गरेर आउनुपर्‍यो, अहिले सानो कुरामा किन भूमिगत हुनु ? पानीमुनि गएर बसेको मान्छेलाई पनि नेपालीले सजिलै चिन्छन् । उस्तै परे नेपालीले दाउद इब्राहिम कहाँ छन् भनेर समेत पत्ता लगाइदिन सक्छन् । टोपबहादुरचाहिँ कुन डालीको चरा हुन् र ?

ठाउँ र मान्छे पत्ता लगाउन नेपालीलाई कुनै जीपीएसको सहारा चाहिन्न । पाइलटले म्याप र कम्पास हेर्नुपर्छ, तर नेपालीलाई कुहिरो मात्रै नलागे पुग्छ । एकदिन बहराइनबाट जहाजमा नेपाल फर्किँदा झ्यालको सीटमा बसेका झापाका एकजना ब्रदरले भनेका थिए, 'यो तल देखिने बस्ती अफगानिस्तानको हो । त्यहाँ ढावामा निकै मीठो रोटी पकाउँछन् । चिकेन ग्रेभीसँग कति खाइयो, खाइयो ।' तर, वास्तवमा त्यो बस्ती मुजफ्फरपुरको थियो । 

यदि टोपबहादुर मुजफ्फरपुरतिर नै टाप कसेका हुन् भने यिनलाई एउटा आग्रह छ, त्यहाँको गल्लीहरूमा लुक्नुभन्दा नेपालको हिरासतमा बस्नु धेरै हितकर छ । बरु जेलभित्र पनि घरकोजस्तै खाना खुवाउने जिम्मा हाम्रो भयो ।

हुन त नेपालको जेलमा धेरै सुविधा हुन्छ । यतिसम्मकि जेलरले कहिलेकाहीँ लुकाएर, छिपाएर रक्सी पनि दिन सक्छन् । एउटा गुण्डाले त श्रीमती नै भित्र लगेको थियो अरे ! 

त्यसैले टोपबहादुरजी, छिट्टै फर्किनुपर्‍यो । यसरी दिउँसै रात पारेर हराउनु भएन । रोशन काफ्लेको बिहे हुँदैछ, गएर नाच्नुपर्छ । चार्ल्स शोभराजले हात्ती छिराउँछु भनेको एयरपोर्टबाट जाबो शरणार्थी छिराउन नसकेको त हो । किन यत्तिकै 'मोरल डाउन' गराउनुपर्‍यो र ? खासै ठूलो गल्ती केही भएकै छैन ।  त्यति ठूलो कुख्यात अपराधी शोभराज त आफ्नो देश फर्किसके, तपाईं के लुक्नुहुन्छ यार ? अब भयो, आफ्नै देश फर्किनुस् ।

टोपबहादुर फर्किएनन् भने अन्तिम उपाय छ । हाम्रो गाउँमा एक जना नामी झाँक्री थिए, हराएको मान्छे फेला पारिदिने । त्यसका लागि वीर चलाउनुपर्छ । एउटा काठको लौरो समातेर वीर चल्ने मान्छे काँप्दै हराएको चिज खोज्न थाल्छ ।

नेपाल प्रहरीले टोपबहादुर भेटाउन सकेन भने बरु झाँक्रीकै सहारामा वीर पो चलाउने कि ? तर वीर चलाएर पनि हराएको मान्छे भेटिएको उदाहरणचाहिँ हाम्रो गाउँमा छैन । तर, त्यो झाँक्रीको साथमा लागेर लोकल कुखुराको सपेटाचाहिँ बहुत खाइयो । टोपबहादुर नभेटिए पनि फेरि एकपटक त्यस्तै सपेटा खान मन छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २७, २०८०

मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...

भदौ १४, २०८०

विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...

भदौ ४, २०८०

सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...

भदौ २०, २०८०

कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...

भदौ २०, २०८०

अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...

भदौ १५, २०८०

पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x