×

NIC ASIA

समितिको पहिलो बैठकमा प्रदीप पौडेलले उठाए १७ वटा विषय

जेठ २, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांगेसका सांसद प्रदीप पौडेलले पूर्वाधार विकास समितिको पहिलो बैठकमा पूर्वाधार विकासबारे विभिन्न १७ वटा विषय उठान गरेका छन् । 

Muktinath Bank

नेपाल सरकार अन्तर्गतका मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रममा निम्न विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै पौडेलले १७ बुँदामा सुझाव प्रस्ताव गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी नीति कार्यक्रममार्फत भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने, उपत्यकाको विकासका लागि अधिकारसम्पन्न पूर्वाधार विकास प्राधिरकणको व्यवस्था, विकास निर्माणमा संघीय मन्त्रालयसँग समन्वयन गर्नुपर्ने, विकास निर्माणमा तीन तहका सरकारबीच समन्वय हुनुपर्नेसहितका विषय उठाएका हुन् । ​


Advertisment
Nabil box
Kumari

असारे विकासलाई अन्त्य गर्नुपर्ने, सडक छेउका पोल र तारहरूको व्यवस्थापन गर्नुपर्ने, खानेपानीको पर्याप्त व्यवस्था गर्नुपर्नेसहितका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

Vianet communication

यस्ता छन् पहिलो बैठकमा पौडेलले उठाएका विषय 

१. सरकारले आगामी नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।

२. उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।

३. योजना निर्माण र कार्यान्वयन गर्दा संघीय मन्त्रालयहरूका बीचमा अनिवार्य समन्वय हुनुपर्ने ।

४. काम कारवाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तह बीचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने ।

५. योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारवाहीका लागि कानूनी व्यवस्था गरिनुपर्ने ।

६. पूर्वाधार विकासमा सुशासन कायम गर्न नीतिगत र कानूनी व्यवस्था गरी संसदमा विधयेक निर्माण गर्नुपर्ने साथै यहाँ भित्रको भ्रष्टाचार अन्त्य गर्नका लागि हस्तक्षेप गर्नुपर्ने । 

७. मन्त्रालयहरूले दिगो कार्यविधि बनाएर परिणाममुखी काम गर्नुपर्ने ।

८. जुनसुकै योजना निर्माण गर्दा विकासको दिगो मोडल र  प्राथमिकता तय गर्नुपर्ने । 

९. समुदाय र नागरिकलाई असर पुग्ने वा सास्ती हुने गरी पूर्वाधार विकास गर्ने स्थितिको अन्त्य गर्नुपर्ने । 

१०. काठमाडौं उपत्यकामा खानेपानी र विद्युत प्राधिकरणले भत्काएका सडकहरू असार अगाडि सम्पन्न गर्न सरकारले तत्काल निर्देशन गर्नुपर्ने । 

११. काठमाडौंमा ढल व्यवस्थापनका लागि विशेष योजना बनाउनुपर्ने ।

१२. मेलम्ची खानेपानी आयोजना अन्तर्गत रहेको खानेपानी वितरणलाई १२ महिना आउने गरी व्यवस्था गर्नुपर्ने साथै खानेपानीको पाइपलाइन र सन्जाल तत्काल उपत्यका भरि  विस्तार गर्नुपर्ने ।

१३. सडकबीचमा रहेका बिजुलीका पोलहरू तत्काल हटाउने साथै नाङ्गा तारलाई प्रतिस्थापन गर्दै सबैतिरका बिजुलीका तारलाई भूमिगत गर्ने व्यवस्था छिटो कार्यान्वयन गर्नुपर्ने ।

१४. उपत्यकामा रहेका खानेपानीका स्रोतहरू संरक्षण गर्ने र समान उपयोग गर्नका लागि उचित नीति ल्याइनुपर्ने । 

१५. पूँजीगत खर्च सतप्रतिशत हुने गरी नीति अख्तियार गर्नुपर्ने ।  

१६. असारे विकासको पुरानो परम्परालाई अन्त्य गर्ने गरी कार्ययोजना बनाउनुपर्ने । 

१७. रिङ रोड विस्तारलाई अविलम्ब कार्यान्वयन गर्ने साथै सडक र यातायात क्षेत्रको गुणस्तर वृद्धि र सुशासनलाई सुनिश्चित गर्नुपर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x