२६ जेठ २०८३, मंगलबार

आईपीएल क्रिकेटमा कोलकातालाई १ रनले हराउँदै लखनऊको जीत

जेठ ७, २०८०
आईपीएल क्रिकेटमा कोलकातालाई १ रनले हराउँदै लखनऊको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १ रनले हराउँदै लखनऊ सुपर जोइन्ट्स विजयी भएको छ ।

कोलकाताका रिंकु सिंहको सानदार ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३३ बलमा ६ चौका र ४ छक्का हानेर ६७ रनको योगदान गरे । 

शनिवारको खेल अन्त्यसम्म रोमाञ्चक थियो । शुरूआती ब्याटिङ गर्दै लखनऊले १७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै कोलकाताले लक्ष्य भेट्टाउन सकेन । अन्त्यसम्म खेल्दा कोलकताले ७ विकेटमा १७५ रन मात्रै बनाउन सक्यो ।

यससँगै लखनऊ प्लेअफमा पुगेको छ । यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किङ प्लेअफमा पुगिसकेका छन् ।

यसअघि यही समाचारमा कोलकाताका रिंकु सिंह हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सं

salt training

कमेन्ट गर्नुहोस्